Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • सन् २०३० सम्ममा एड्स नियन्त्रण सम्भव : राष्ट्रसंघ
सन् २०३० सम्ममा एड्स नियन्त्रण सम्भव : राष्ट्रसंघ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार २९, २०८०

काठमाडौं– संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।

“एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा अन्त्य गर्न सकिन्छ किनकि यसले लगानी, प्रमाणमा आधारित रोकथाम र उपचारको रोडम्याप, नागरिक समाजलाई सशक्तीकरण र असमानताहरूको सामना गर्न प्रगतिलाई रोक्छ,” एचआईभी एड्ससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम (यूएनएड्स) ले भनेको छ । 

युएनएड्सले महामारीको अन्त्य राजनीतिक र आर्थिक विकल्प भएको बताएको छ । एजेन्सीका कार्यकारी निर्देशक विनी ब्यानिमाले भने, “हामी एड्सको अन्त्य गर्ने बाटोमा अझै पुगेका छैनौं, तर हामी त्यो प्रयासमा सफल हुन सक्छौँ ।” 

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा एड्सलाई जनस्वास्थ्यका लागि खतराका रूपमा अन्त्य गर्ने लक्ष्य सन् २०१५ मा लिएको थियो । ब्यानिमाका अनुसार एचआईभी अर्थात् एड्स गराउने भाइरसबारे सबैभन्दा ठूलो प्रगति ती देश र क्षेत्रमा भइरहेको छ, जसले कडा लगानी गरेका छन् । उनले पूर्वी र दक्षिणी अफ्रिकालाई उद्धृत गर्दै भने, “ती मुलुकमा सन् २०१० यता नयाँ एचआईभी सङ्क्रमण ५७ प्रतिशतले घटेको छ ।”

Hardik health

बोत्सवाना, इस्वातिनी, रूवान्डा, तान्जानिया र जिम्बाब्वेले ९५–९५–९५ को लक्ष्य हासिल गरिसकेका छन् । यसको अर्थ एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतलाई आफ्नो अवस्था थाहा छ । एचआइभी भएको थाहा पाएकामध्ये ९५ प्रतिशत उनीहरूले आफूलाई जीवन बचाउने एन्टी–रेट्रोभाइरल उपचार गराइरहेका छन् । सङ्क्रमितमध्ये ९५ प्रतिशत मानिसहरू सङ्क्रमणलाई दबाउन उपचार गरिरहेका छन् । त्यसैले अरूलाई सङ्क्रमित गर्ने सम्भावना छैन ।

कम्तीमा पनि १६ वटा अन्य देश यो लक्ष्य हासिल गर्ने उद्देश्यको नजिक पुगेका छन् । ९५ प्रतिशतको लक्ष्य हाँशिल गर्ने मुलुकमा ६५ प्रतिशत एचआइभी सङ्क्रमित बसोबास गर्ने उप–सहारा अफ्रिकाका आठ र डेनमार्क, कुवेत र थाइल्याण्डलगायत आठ मुलुक रहेका छन् । 

युएनएड्सले एक प्रतिवेदनमा भनेको छ, “दुई दशकअघि एड्सको महामारी रोक्न नसकिने जस्तो देखिन्थ्यो, हरेक वर्ष २५ लाखभन्दा बढी मानिस एचआईभी सङ्क्रमित हुने र एड्सले वार्षिक २० लाख मानिसको ज्यान लिने गरेको थियो । तर अहिले त्यो चित्र नाटकीय रूपमा फरक छ ।”

युएनएड्सका अनुसार सन् २०२२ मा विश्वमा तीन करोड ९० लाख मानिस एचआइभी सङ्क्रमित थिए जसमध्ये दुई करोड ९८ लाखले एन्टी रेट्रोभाइरल थेरापीको प्रयोग गरिरहेका छन् । यो सेवाबाट छुट्टनेमा छ लाख ६० हजार बालबालिका रहेका छन् ।

सन् २०१० मा एन्टी–रेट्रोभाइरल उपचारको सङ्ख्या ७७ लाख रहेकोमा अहिले चार गुणाले वृद्धि भएको छ ।यसबाहेक, एचआईभी सङ्क्रमित ८२ प्रतिशत गर्भवती र स्तनपान गराउने महिलाहरूले सन् २०२२ मा एन्टी–रेट्रोभाइरल उपचारको पहुँच पाएका थिए । यो सङ्ख्यासन् २०१० मा ४६ प्रतिशत थियो ।

गत वर्ष करिब १३ लाख मानिस एचआइभी सङ्क्रमित भएका थिए, जुन सन् १९९५ को तुलनामा ५९ प्रतिशतले कम हो ।यसैबीच एड्ससँग सम्बन्धित रोगका कारण छ लाख ३० हजार मानिसको मृत्यु भएको र मोजाम्बिकलगायतका देशमा यो अझै पनि ‘मृत्युको एक नम्बर कारण’ रहेको ब्यानिमाले बताउए। 

सन् २००४ को तुलनामा एड्सका कारण हुने मृत्युको सङ्ख्या मा ६९ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ । “एड्सको अन्त्य एउटा अवसर हो,” ब्यानिमाले भने । “आजको विश्व नेतृत्वलाई ‘संसारको सबैभन्दा घातक महामारीलाई रोक्नेहरूका रूपमा सम्झने अवसर  प्रदान गर्न यसको नियनत्रणमा उनीहरूले खेल्ने भूमिका रहने छ ।” 

सन् २०२२ मा एचआइभीका लागि दिइने अनुदान २०।८ अर्ब डलरमा झरेको छ, जुन सन् २०१३ को जस्तै हो र सन् २०२५ सम्ममा आवश्यक पर्ने २९।३ अर्ब डलरभन्दा निकै कम हो ।

“मुख्य जनसङ्ख्या वा उनीहरूको व्यवहारबाट मानिसहरूलाई अपराधीकरण गर्ने कानूनहरू धेरै राष्ट्रहरूमा लागू छन्,” लागुऔषध इन्जेक्टरहरूको अपराधीकरण र कलङ्कले उनीहरूलाई उपचारको लागि अगाडि आउनबाट रोक्छ भन्ने उदाहरण दिँदै यूएनएड्सले भनेको छ । 

सन् २०२२ मा १५ देखि ४९ वर्ष उमेर समूहका वयस्कको तुलनामा पुरुषसँग यौन सम्बन्ध राख्ने पुरूष एचआईभीको सङ्क्रमण ११ गुणा बढी देखिएको थियो भने यौनकर्मीहरूमा चार गुणा बढीस लागूपदार्थको सुई लगाउन ेमानिसमा सात गुणा बढीस र ट्रान्सजेन्डर व्यक्तिहरूमा १४ गुणा बढी छ ।


प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP