Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • संसद्‍मा प्रधानमन्त्री दाहालको आत्मालोचना
संसद्‍मा प्रधानमन्त्री दाहालको आत्मालोचना
जेबी योञ्जन
जेबी योञ्जन मंगलबार, असार २६, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल

काठमाडौं– आफ्नै बोली गलपासो बनेपछि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल आत्मालोचनाका लागि संसद्को रोस्ट्रममा उभिए । पटक–पटक पदबाट राजीनामा मागेको सम्झेर होला, रोस्ट्रममा उभिनसाथ दाहाल आक्रोशित सुनिए ।

‘स्पष्टीकरणको मौका नदिई राजीनामा माग्ने ?,’ उनको प्रश्न थियो, ‘संसद्को मर्यादा यही हो ?’ दाहालले प्रश्नमाथि प्रश्न गरे । ‘के प्रतिपक्षीले राजीनामा माग्नेबित्तिकै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने हो ?’ यति सोधेपछि ‘कुल’ भए उनी । आफू ‘काउन्टर’का लागि उपस्थित नभएको उल्लेख गर्दै आत्मालोचनातर्फ अघि बढे ।

‘एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली पनि जानुुभयो । काठमाडौंमा पार्टीका नेताहरूसँग उहाँले लगातार छलफल गर्नुभयो । उहाँ राजनीति सफा भयो भनेमात्रै देश विकास हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ,’ सरदार प्रितम सिंहबारे अघिल्लो साता (१८ असार)मा दिएको यही अभिव्यक्तिका कारण रोस्ट्रममा स्पष्टीकरण्का लागि उभिनुपर्‍याे  प्रधानमन्त्रीलाई ।

थोरै भावनामा म आएँ । मैले त्यो कुरा नभने हुन्थ्यो । भन्नुपर्ने जरुरी थिएन । तर मैले भनें । मनमा आयो भनें । राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ?

पुष्पकमल दाहाल
प्रधानमन्त्री

यही बोलीका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार गरेको संसद् अवरोध र राजीनामाको मागले हैरान भएका दाहालले सुरुमै प्रितम सिंहसँगको साइनो जोडे । ‘छोरी ज्ञानुको उपचारको क्रममा नेपालबाट नेपालबाट दिल्लीको अस्पतालमा जानुपर्ने भयो ।२०६८/७९ सालको कुरा । मेरो छोरा प्रकाश– उसको पनि अवसान भइसकेको छ,’ सरदारसँगको साइनो जोड्दै दाहालले भने, ‘सरदार प्रितम सिंहसँग काठमाडौंमै एक किसिमको सम्बन्ध बनिसकेको थियो । छोरीको उपचारका क्रममा दिल्लीमा मेरो आफ्नै फ्ल्याट छ भने ।’ सोही बेला भावनात्मक कुरा भएको उनको भनाइ थियो ।

उनकै अभिव्यक्तिलाई लिएर एमालेले गरेको संसद् अवरोधले मिटरब्याजपीडितलाई न्याय दिलाउन बनेको विधेयक निष्क्रिय भइसकेको छ । राष्ट्रियसभामा उत्पत्ति भएका केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८० लगायतका अन्य विधेयकलाई पनि टेबुुल गर्न सकिएको छैन । 

सभामुख देवराज घिमिरे पनि एमालेले उठाएको माग सम्बोधन नहुञ्जेलसम्म संसद् बैठक सञ्चालन गर्न नसक्ने भन्दै एमाले कित्तामा उभिए । यसरी संसद् अनिर्णयको बन्दी भएपछि बाध्यतामा परेर प्रधानमन्त्री दाहालले आफ्ना अभिव्यक्तिबारे आत्मालोचना गरेका हुन् । प्रधानमन्त्री दाहालको यस्तो अभिव्यक्तिपछि संसद्को प्रमुख विपक्षी दल एमाले र अन्य विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत दलका सांसदहरूले विरोध गरेका थिए ।

एमाले सांसदहरूले त राजीनामाको मागसमेत गरे । सार्वभौम संसद्लेभन्दा पनि भारतले प्रधानमन्त्री बनाएको भन्ने अर्थमा दाहालको अभिव्यक्तिलाई एमालेले लियो । अन्य दलले पनि यही अर्थमा बुुझे । सत्तारूढ दल कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्मालेसमेत आपत्ति जनाए ।

यसरी चौतर्फी दबाबमा परेपछि प्रधानमन्त्री दाहालले, एमाले अध्यक्ष केपी शर्मा ओली र सत्तारूढमध्येको ठूूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार संवाद गरे । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको संवादका क्रममा प्रधानमन्त्री दाहालले संसद्मा स्पष्टीकरण दिने उनीहरूबीच सहमति भएको थियो ।

तर, ओलीले २१ असारमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा उल्लिखित अभिव्यक्तिप्रति पनि असन्तुुष्टि जनाउँदै उक्त अभिव्यक्तिसमेत फिर्ता लिँदै प्रधानमन्त्रीले माफी माग्नुपर्ने थप अडान लिए । त्यसपछि बिहान सिंहदरबारमा भएको सहमति ओलीबाट तोडियो । जसकारण आइतबार अपराह्न ३ बजेका लागि आह्वान गरिएको संसद् बैठक स्थगित भई सोमबार बस्यो ।

सोही बैठकमा प्रधानमन्त्री दाहालले आफ्ना अभिव्यक्तिबारे आत्मालोचना गरेका हुन् । यद्यपि आफूलाई प्रितम सिंहले प्रधानमन्त्री बन्नुपर्छ भनेर सोही भेटमा भनेको स्वीकारे दाहालले । ‘त्यतिबेला छोरीको अन्तिम–अन्तिम अवस्था । भावनात्मक थियो । त्यही बेला सरदार प्रितम सिंहले नेपालमा प्रधानमन्त्री त तपाईं हुनुपर्छ भने,’ उनले भने । यद्यपि, प्रितम सिंह कुनै शक्ति केन्द्र नभएको र आफूले यो पदका लागि कुनै आग्रह उनीसँग नगरेको ठोकुवा गरे ।

‘उहाँले भनेर म प्रधानमन्त्री हुनेवाला पनि थिइनँ,’ दाहालले भने । यसो त दाहालले आफ्नो लेभलबाट यस्ता अभिव्यक्ति आउनु ठीक नभएकोसमेत बताए । ‘मैले भाषा प्रधानमन्त्रीका रुपमा जसरी बोल्नुपथ्र्यो, त्यस्तो नभएको रियलाइज गर्दै यसप्रति ध्यानाकर्षण गराउने प्रतिपक्ष दलहरुलाई धन्यवाद दिन्छुु,’ दाहालले भने ।

हामीले उहाँ (प्रधानमन्त्री)को पारिवारिक पीडामा मजाक गरेका होइनौं । हामी अरु केहीजस्तो निर्दयी होइनौं र छैनौं । देशको प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति कठोर प्रश्न छन् ।
योगेशकुमार भट्टराई
सांसद, नेकपा एमाले

उनले प्रितम सिंहको पहलमा भारतले प्रधानमन्त्री बनाइदिएको जस्तो अर्थ लाग्ने अभिव्यक्ति भावुक हुँदा मनले बोलेको बताए । तर, राष्ट्रपति घात नगरेको दाबी गरे । ‘थोरै भावनामा म आएँ । मैले त्यो कुरा नभने हुन्थ्यो । भन्नुपर्ने जरुरी थिएन । तर मैले भनें । मनमा आयो भनें । राष्ट्रप्रति नै घात गर्ने कुरा हो त यो ?,’ विपक्षी दलहरूप्रति लक्षित गर्दै प्रश्न गरे । 

उनले सरदार सिंहले भारतमा उपचारको क्रममा आफ्ना छोरी ज्ञानु (दिवंगत भइसकेको)को उपचारका लागि सहयोग गरेको र सिंहको सहयोगप्रति कृतज्ञ हुँदा प्रधानमन्त्रीभन्दा पनि ज्ञानुुको बुुबाको हैसियतबाट बोलिएको बताए । एमाले सचिव योगेशकुमार भट्टराईले भने प्रधानमन्त्री दाहालको स्पष्टीकरणमा चित्त बुुझाएनन् ।

सरकार ढल्ने प्रधानमन्त्रीको संकेत 
प्रधानमन्त्री पुुष्पकमल दाहालले सरकार चाँडै ढल्नसक्ने संकेत गरेका छन् । यसअघि पाँचै वर्ष गठबन्धन सरकार टिक्ने बताउने प्रधानमन्त्री दाहालले सोमबार भने चाँडै सरकार ढल्नसक्ने आशय प्रकट गरे । 

आफूले १२–१३ दिन प्रधानमन्त्री भएका विश्वका नेताहरूबारे पहिले पढेको भन्दै उनले नेपालमा पनि छ महिना, नौ महिना, १० महिना प्रधानमन्त्री भएको शृंखलाबद्ध अनुभव रहेको र लामो समय प्रधानमन्त्री नभए पनि जति दिन हुन्छ, राष्ट्र र जनताको पक्षमा काम गरेर देखाउँछु भन्ने सोचेको बताए । 

दाहाल आफ्नो तेस्रो प्रधानमन्त्रीत्वकालमा भ्रष्टाचार र ठगीजस्ता आपराधिक गतिविधिको विरुद्धमा खरो गरी उत्रिएका छन् । नक्कली भुटानी शरणार्थी काण्डदेखि पछिल्लोपटक उनी नेतृत्वको सरकारले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा हात हालेको छ । यहीबेला प्रधानमन्त्री दाहालले सरकार धेरै नटिक्ने आशय प्रकट गरेका हुन् । 

एमालेसँगको गठबन्धन तोडेर कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी)लगायत दलसँग सहकार्यको समझदारी गर्ने क्रममा दाहाल कम्तीमा दुई वर्ष प्रधानमन्त्री हुने विवरण सार्वजनिक भएको थियो ।

बाँकी दुुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा र एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने भनिएको थियो । तर, सोमबार संसद्मा प्रधानमन्त्री दाहालले व्यक्त गरेको विचारले भने गठबन्धन सरकार धेरै नटिक्ने सन्देश दिएको विश्लेषकहरुले बताएका छन् ।

उनले भावनात्मक पक्षलाई अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट प्रधानमन्त्रीलाई नभएको बताए । ‘हामीले उहाँ (प्रधानमन्त्री)को पारिवारिक पीडामा मजाक गरेका होइनौं । हामी अरु केही जस्तो निर्दयी होइनौं र छैनौं,’ उनले भने, ‘देशको प्रधानमन्त्रीको अभिव्यक्ति र व्यवहारप्रति कठोर प्रश्न छन् ।’

प्रधानमन्त्री दाहाललेभन्दा अघि संसद्मा एमालेको तर्फबाट धारणा राख्दै सांसद गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री दाहालको अभिव्यक्तिको कडा आलोचना गरे । उनले त्यस क्रममा भने, ‘चन्द्र सूर्य नेपालको झण्डा उचाल्ने कि तिरंगा फहराउने हाम्रो प्रधानमन्त्रीले ?’

तिरंगा भारतको राष्ट्रिय झण्डा हो । आफूूलाई प्रधानमन्त्री बनाउन प्रितमले पहल गरेको भन्ने दाहालको अभिव्यक्तिप्रति लक्षित गर्दै बाँस्कोटाले यसो भनेका हुन् । संसद्मा रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्तिलाई घोर आपत्तिजनक भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले खुलेर संसद्मा स्पष्टीकरण दिनुुपर्ने बताएका थिए । उनीपछि संसद्मा बोलेका राप्रपा सांसद राजेन्द्र लिङ्देनले भने इमान अलिकति जीवित भए प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए ।

तर, प्रधानमन्त्री दाहाल माग्दैमा राजीनामा दिनुपर्ने ? भन्दै आक्रोशित भए । उनले आफूूसँग उच्च इमान भएको र इमानकै कारण पहिलोपटक र दोस्रोपटक प्रधानमन्त्री हुँदा राजीनामा दिएको स्पष्ट पारे ।प्रधानमन्त्रीको सोमबारको आत्मालोचनासहितको स्कपष्टीकरणसँगै अब संसद् अवरोध खुलेको छ । 


प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  ०६:२२
#पुष्पकमल_दाहाल_‘प्रचण्ड’
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP