Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
कृषि
  • Home
  • कृषि
  • गल्याङबाट चार लाख लिटर दूध निर्यात
गल्याङबाट चार लाख लिटर दूध निर्यात
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २५, २०८०

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिकाभित्रबाट उत्पादित दूध आर्थिक वर्ष २०७९र८० को असार १५ गतेसम्म तीन लाख ९७ हजार चार सय दुुई लिटर निर्यात भएको छ । नगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर रू १५ अनुुदान दिएपछि किसान दूध उत्पादनतर्फ आकर्षित भएका हुुन् ।

पालिकाले उत्पादका आधारमा किसानलाई अनुदान दिन थालेपछि पछिल्लो समय दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाका पशुुशाखा प्रमुख सुुशील अर्यालले बताए । उनका अनुसार पालिकाभित्र उत्पादित दूध बुुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा निर्यात हुँदै आएको छ ।

नगरप्रमुख गुुरुप्रसाद भट्टराईले ‘उत्पादनका आधारमा अनुदान कार्यक्रम’अन्तर्गत नगरपालिका–१, २, ३, ६, ७, ८, ९ र ११ का सात सय १२ जना दुुध उत्पादक किसानलाई रू ५९ लाख ६१ हजार २२ अनुदान वितरण गरिएको जानकारी दिए । उनले सहकारी, दूध सङ्कलन केन्द्र तथा फार्म गरी १९ वटा समूहमा आबद्ध किसानलाई प्रतिलिटर रू १५ का दरले खनुदान रकम वितरण गरिएको बताए।

Hardik health

“कृषि र पशुुपालनले देशको आर्थिक अवस्था सुुधार गर्नसक्ने भएकाले यसमा प्राथमिकता दिएका छौँ”, नगरप्रमुख भट्टराईले भने, “गल्याङमा कृषि तथा पशुपालनको सम्भावना राम्रो भएकाले दूधसँगै कृषि कार्यमा लागेका अरु किसानलाई पनि प्राथमिकता दिएर काम गरिहेका छौँ ।”  

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले यस वर्ष फार्मतर्फ वडा नं १ खाडास्थित विन्ध्यवासिनी कृषि तथा पशुपक्षी फार्मले दुुई हजार आठ सय ८२ लिटर दूध उत्पादन गरेर रू ४३ हजार दुुई सय ३७ र वडा नं ११ जिमुवास्थित कालीगण्डकी दुुग्ध उत्पादक सहकारीले ६१ हजार दुुई सय ९६ लिटर दूध उत्पादन गरेर रू नौ लाख १९ हजार चार सय ४७ अनुदान पाएका जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र सबैभन्दा धेरै दूध उत्पादन गर्ने उक्त दुई फार्म र सहकारी हुन् ।

विन्ध्यवासिनी कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ईश्वर बस्यालले नगरपालिकाले प्रतिलिटर रू १५ का दरले दिँदै आएको अनुुदानले आफूहरुलाई निक्कै राहत मिलेको बताए । उनले पाँच वर्षदेखि भैँसी पाल्दै आएको जनाउँदै उनले यसरी अनुदा प्राप्त गर्दा थप उत्हास जगाएको बताए।

 “काम गर्ने किसानका लागि दिइएको अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ”, बस्यालले भने, “नगरपालिकाले दिँदै आएको निःशुल्क पशु उपचार तथा प्राविधिक सहयोग पाएको छु । दूधमा अझ रू पाँच÷दश बढाइदिए राम्रो हुन्थ्यो ।” उनले पशुपालनका क्रममा जटिल समस्याको सामाना गर्नु नपरे पनि दुुई महिनायता ‘लम्की स्कीन’ रोगले दूध उत्पादन घटेको गुुनासो गरे । उनले दूध बिक्रीबाट २०७९ साउनदेखि २०८० असार १५ गतेसम्ममा रू छ लाख ४३ हजार आम्दानी गरेको जानकारी दिए ।

 वडा नं ११ जिमुवास्थित कालीगण्डकी दुुग्ध उत्पादक सहकारीका अध्यक्ष ज्ञानप्रसाद अधिकारीले रू १५ अनुदान कार्यक्रम राम्रो भए पनि पछिल्लो समय देखा परेको रोगका कारण गाईपालनतर्फ रुचि घट्न थालेको बताए। “गाईपालनमा धेरै समस्या आउने भएकाले भैँसी पालेर उत्पादनलाई दोब्बर बनाउने धेरै किसानको सोंच छ”, उनले भने, “नगरपालिकाले तीन÷तीन महिना किसानको गोठसम्मै पुगेर पशुस्वास्थ्य सचेतनासहित उपचार शिविर सञ्चालन गरिदिए आभारी हुनेछौँ ।” 


प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी शुक्रबार, पुस ११, २०८२
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP