Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘स्टन्ट’मा रम्दै पर्यटनमन्त्री किराती 
समाचार टिप्पणी ‘स्टन्ट’मा रम्दै पर्यटनमन्त्री किराती 
जेबी योञ्जन
जेबी योञ्जन आइतबार, असार २४, २०८०

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको हातमा शनिबार बिहानै कुटो देखियो । त्यही कुटोले खनेर ललितपुरको हात्तीवनमा उनले बिरुवा रोपे ।उनका साथमा अभिनेता आर्यन सिग्देलदेखि चर्चित गायक राजेशपायल राईलगायत देखिए । बिरुवा रोप्ने कार्यक्रम मन्त्री किरातीले राखेका हुन् । हर्क साम्पाङको शैलीमा शुक्रबार नै उनले फेसबुकमा लेखेका थिए, ‘बिरुवा रोप्न हात्तीवन जाऔं ।’

बुधबार उनले गृहजिल्ला भोजपुरमा एक जना वृद्धालाई समात्दै हिँडाएको तस्बिर सार्वजनिक गरे । उक्त तस्बिरमा पनि लेखे, ‘भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने दुस्मनको रणनीतिबाट कोही भ्रममा नपर्न अनुरोध गर्दछु ।’

एकातिर प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणबारे चर्को टिप्पणी गरेर पार्टीभित्र आलोचित छन् । यस्तो अवस्थाबीच उनले एक जना वृद्धालाई समातेर डोर्‍याएको एउटा तस्बिर राखेर आफूविरुद्ध घेराबन्दी भएको गुनासो पोखेका हुन् ।

गत साताको शुक्रबार पनि किरातीले भोजपुरकै डाँडागाउँ क्षेत्रमा बाटो किनारको फोहोर टिपे । कहिले उनी कुचो, कोदालो त कहिले साबेल बोकेर हिँडेको देखिन्छन् । उनलाई खासमा ऐन कानुन बनाउन भोजपुरवासीले विधायकको रूपमा तेस्रोपटक संसद्मा पठाएका हुन् । उनी हाल मन्त्री छन् । संस्कृति, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा देखिएका तमाम् नीतिगतदेखि व्यावहारिक समस्याहरू समाधान गर्ने जिम्मेवारी छ । 

Hardik health

तर, उनी भने हातमा कुटो, कुचो र फोहोर बोकेर हिँडिरहेका छन् । किरातीको यस्ता कार्यलाई उनकै एक जना शुभेच्छुकसमेत रहेका अमृत सागरले ‘बढी स्टन्टबाजी’ भएको भन्दै टिप्पणी गरेका छन् । तर, पनि अमृतले ‘राम्रो काम गर्नुहोस्’ भन्दै शुभेच्छा प्रकट गरेका छन् । अमृतले जसरी किरातीको कामलाई ‘स्टन्ट’ देख्नेहरू थुप्रै छन् ।फेरि, मन्त्री किराती नेतृत्वको मन्त्रालयको क्षेत्राधिकारअन्तर्गत समस्याहरू नभएका होइनन् । उ

ड्डयन अधिकारीहरूका अनुसार नेपाल वायु सेवा निगम डुब्न लागेको छ । नेपालमा हवाई दुर्घटना न्यूनीकरण हुन सकेको छैन । युरोपियन युनियनको उडान प्रतिबन्ध फुकुवा भएको छैन । पोखरा क्षेत्रीय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सकेको छैन । धेरै विमानस्थलहरू गौचर भएका छन् । उड्डयन क्षेत्रमा सुधार गर्नुपर्ने यस्ता धेरै समस्या छन् । तर, उनीचाहिँ ‘स्टन्ट’ गरिरहेका छन् ।

गत ५ वैशाखमा भने उनले उड्डयन क्षेत्र र वायु सेवा निगमको क्षेत्रमा अभूतपूर्व परिवर्तनका लागि निगमको र उड्डयन प्राधिकरणको व्यवस्थापन टिम परिवर्तन गर्ने प्रभाव सम्वादातासँग बताएका थिए । नभए व्यवस्थापन पक्षमा पुनःसंरचना गर्ने उनको भनाइ थियो । नभन्दै उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोधे । तर, अधिकारीले जवाफ दिएका छैनन् । बरु, एक प्रकारले मन्त्री र अधिकारीबीच शीतयुद्ध सुरु भयो । 

यसले उड्डयन प्राधिकरणको व्यवस्थापन टिम परिवर्तनमा किरातीले सफलता नपाउने छाँट देखिएको चर्चा हुन थालेको छ । नेपालमै पाइलट उत्पादनका लागि ‘फ्लाइङ स्कुल’ स्थापना गर्ने उनको योजना हो । शुभम् एभिएसन प्रालि र चन्द्रसूर्य एभिएसनलाई कार्यविधि संशोधन गरेर इजाजत दिएका छन् । तर, यसमा प्रगति हुन सकेको छैन ।

‘स्टन्ट’मै व्यस्त रवि

गत ४ मंसिरमा भएको चुनावमा सर्वाधिक मतदाताले रुचाएका नेता हुन्– रवि लामिछाने । उनी एक महिना उपप्रधान तथा गृहमन्त्रीसमेत भए । जनताको अपार अभिमत प्राप्त रवि उनकै शब्दमा ‘बिग्रिएको देशलाई बनाउन’ राजनीतिमा आएका हुन् । यतिबेला भने विभिन्न ‘स्टन्ट’मा रमाइरहेका छन् ।

शुक्रबार मात्रै उनी बाजुरामा एउटा कार्यक्रममा पुगेका थिए । पानी पर्न थालेपछि कार्यक्रममा आएकाहरू प्रांगणमै छँदा उनी भने एउटा पुरानो घरको बरण्डा गएर उपरखुटी लगाएर हाँस्दै बसे । जुन भिडियो यतिबेला टिकटकमा भाइरल छ ।

केही दिनअघि मात्रै उनी नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध हुँदा त्यहीँ पुगेर ढुंगा पन्छाइरहेको भिडियो भाइरल भएको थियो । कहिले उनी पर्यटनमन्त्री सुदन किरातीले जसरी समर्थकलाई बोक्दै गरेका देखिन्छन् । कहिले ट्रकबाट पाइप अनलोड गर्दै गरेको पनि देखिन्छ । जबकि, उनी देश बिग्रिएको र बनाउने जिम्मा देऊ भन्दै जनअभिमत प्राप्त गरेका नेता हुन् ।
 


प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०६:३१
#सुदन किराती #रवी_लामिछाने
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता शुक्रबार, माघ २, २०८२
निर्वाचन प्रहरी भर्नामा देखियाे असन्तुलन
निर्वाचन प्रहरी भर्नामा देखियाे असन्तुलन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा शुक्रबार, माघ २, २०८२
सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम
सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम शुक्रबार, माघ २, २०८२
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट
प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट शुक्रबार, माघ २, २०८२
रास्वपाका सदस्य परियारकाे सवारीमा तोडफोड
रास्वपाका सदस्य परियारकाे सवारीमा तोडफोड शुक्रबार, माघ २, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP