Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • विदेशबाट फर्केर कृषि कर्म गर्नेलाई सघाउँदै पालिका
विदेशबाट फर्केर कृषि कर्म गर्नेलाई सघाउँदै पालिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार २०, २०८०
Malaysia
Hardik health
कैलाली - कैलालीको टीकापुर विशालनगरका दानबहादुर विक रोजगारीका सिलसिलामा आठ वर्ष मलेसिया बसेका थिए  । मलेसियाको बसाइ सकेर स्वदेश फर्किएका दानबहादुर आजभोलि कृषि कर्म गरिरहेका छन्  ।   कोरोना महामारी फैलिएपछि स्वदेश फर्किएका विक कृषि कर्ममा पनि जीवन सहज नभएको बताउँछन्  । “आर्थिक अवस्था कमजोर थियो, केही कमाउ, व्यवस्थित बनौँ भनी विदेश गए”, दानबहादुरले भने, “मलेसिया हुँदा कोरोना महामारी फैलियो, महामारी फैलिएपछि कमाइ नहुँदा स्वदेश फर्किए ।”   स्वदेश फर्किएपछि केही समय बेरोजगार बसेका दानबहादुरले आजभोलि आफ्नै बारीमा तरकारी खेती थालेका  छन्  । “तरकारी खेती गर्न थालेको छु, यही केही गरौँ र जीवन चलाउ भन्ने सोचेको छु”, उनले भने, “खेती व्यावसायिक रुपमा गर्न सरकारले बीउ, मल, सिँचाइमा सहयोग गरेको भए सजिलो हुन्थ्यो ।”   टीकापुरकै बलबहादुर विक पनि मलेसियामा रोजगारी गरेर स्वदेश फर्कनुभएको छ । चार वर्ष मलेसिया बसेर फर्किएका बलबहादुर अब स्वदेशमै बाख्रापालन व्यवसाय गर्ने सोचमा छन्  । उनी बाख्रापालन व्यवसायका लागि स्थानीय सरकारले सहयोग गरेको भए सहज हुने बताउँछन्  ।   “आफ्नै देशमा केही गरौँ भनेको वातावरण नै छैन, उन्नत जातका बाख्रा, आधुनिक दानापानी, खोरजस्ता आवश्यक कुरामा सरकारले सघाएको भए हुन्थ्यो”, उनी  भन्छन् , “विदेशमा कमाएर घर गुजारा मात्रै चल्यो, अहिले लगानी गर्ने रकम पनि छैन, सहयोग पाएको भए व्यवसायी बन्न सकिन्थ्यो ।”   दक्षिण कोरियामा १० वर्ष रोजगारी गरेर स्वदेश फर्किएका देवेन्द्रकुमार रावल स्वदेशमा फर्केर व्यापार गरिरहेका छन्  । विदेशमा मोटर कम्पनीमा काम गरेका उनले सिकेको सीपअनुसारको व्यापार टीकापुरमा नभएपछि पुराना मोटरसाइकल मर्मत तथा खरिदबिक्रीको व्यवसाय सुरु गरेका छन्  ।   “विदेशमा ठूला–ठूला मोटर कम्पनीमा काम गरे, त्यहाँ गरेको काम यहाँ पाउँदैन, त्यसैले केही काम गरौँ भनी व्यवसाय सुरु गरेको छु”, उहाँले भन्नुभयो, “सरकारले पनि कृषि कर्म गर्नेलाई सघाउने रहेछ, हामीलाई खासै सहयोग छैन ।”     तीन वर्षअघि व्यवसाय सुरु गरेका उनले कोभिडका कारण खासै व्यवसायमा सफलता पाउन सकेका छैन । अहिले पनि खासै व्यापार नभएको उनको भनाइ छ ।  टीकापुर नगरपालिकाले विदेशबाट स्वदेश फर्केकालाई स्वदेशमै स्वरोजगार बनाउने नीति लिएको छ ।     पालिकाले विदेशबाट फर्केर काम गर्न चाहनेका लागि सघाउने, उनीहरुको सीप सदुपयोग गर्ने र थप सीप दिने नगरप्रमुख रामलाल डगौरा थारू बताउँछन्  । “हामीले विदेशबाट फर्केका, सीप सिकेर आएकाहरुलाई सघाउँछौँ भनी सूचना जारी ग¥यौँ, ४० जनाले निवेदन दिनुभएको छ”, नगरप्रमुख थारूले भने , “अब हामीले कृषि व्यवसाय गर्नेका लागि तालिम दिएर, समूह बनाएर काम गर्नेलाई कृषि औजार, प्राविधिक ज्ञान जस्ता कार्यमा सघाउनेछौँ ।”   टीकापुरका २० हजार बढी नागरिक रोजगारीका लागि विदेशमा छन् । रोगजारीका लागि विदेशमा रहेकाहरु केही वर्ष कमाईपछि स्वदेश फर्कन्छन् । स्वदेश फर्केकाहरु स्वदेशमै केही व्यवसाय तथा रोजगारी गर्न चाहन्छन् । उनीहरुका लागि स्वदेशमा लगानीको वातावरण र सरकारको सहयोग आवश्यक रहेको विदेशबाट फर्केकाहरुको माग छ ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रकोप पीडित किसानलाई राहत उपलब्ध
प्रकोप पीडित किसानलाई राहत उपलब्ध सोमबार, भदौ २३, २०८२
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री आइतबार, भदौ २२, २०८२
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ सुरु
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ सुरु आइतबार, भदौ २२, २०८२
जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ
जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ शुक्रबार, भदौ २०, २०८२
बागलुङका किसानले गराए ७०५ पशुको बिमा
बागलुङका किसानले गराए ७०५ पशुको बिमा शुक्रबार, भदौ २०, २०८२
उखु किसानलाई अनुदान रकम प्राप्त 
उखु किसानलाई अनुदान रकम प्राप्त  बिहीबार, भदौ १९, २०८२
तरकारीखेतीबाट वार्षिक तीन लाख बचत
तरकारीखेतीबाट वार्षिक तीन लाख बचत बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
पच्चीस सयले बढ्याे सुनकाे मूल्य
पच्चीस सयले बढ्याे सुनकाे मूल्य
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP