Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा
बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार १९, २०८०
baglung
Hardik health
बागलुङ - बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो ।   बालबालिकालाई पूर्णखोपको रूपमा लिन १५ महिनाभित्रै १३ प्रकारका खोप लगाइसक्नुपर्ने व्यवस्थाअनुसार बागलुङ जिल्ला पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको हो । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव तथा खोप समन्वय समितिका अध्यक्ष विनोदबिन्दु शर्माले पूर्णखोप जिल्ला घोषणा गरेका हुन्  ।   सो अवसरमा उनले स्वास्थ्यकर्मीको निरन्तरको मेहनतका कारण बागलुङ पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा भएको र छिट्टै गण्डकी प्रदेशलाई पूर्णखोप सुनिश्चिता प्रदेश घोषण गरिने जानकारी दिए  । उनले गण्डकी प्रदेशको स्वास्थ्य प्रणाली देशमै उत्कृष्ट हुनुमा स्वास्थ्यकर्मीको ठूलो सहयोग रहेको जनाउँदै स्वास्थ्य सेवासँगसँगै स्वास्थ्यकर्मीको व्यवहारसमेत सेवामैत्री हुन आवश्यक रहेको बताए  ।   जनस्वास्थ्य सेवा ऐन, २०७५ मा खोप सेवालाई आधारभूत निःशुल्क स्वास्थ्य सेवाको सूचीमा दर्ता भएसँगै खोप ऐन, २०७२ तथा नियमावली, २०७४ र प्रदेश खोप ऐन, २०७५ ले गुणस्तरीय खोप सेवा सुनिश्चितताका लागि तय गरिएको कानुनी प्रावधानअनुसार बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको जनाइएको छ  ।   पन्ध्र महिनाभित्रै पूर्णखोप नलिएका बालबालिकालाई पाँच वर्षभित्रको उमेरमा खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए  ।  “बागलुङ जिल्लामा एक सय ८३  खोप केन्द्रबाट प्रत्येक महिना एक सय ९३ खोप सेसनद्वारा निरन्तर खोप कार्यक्रम गरिएको छ ।   हरेक बालबालिकाले जन्मपश्चात पोख लगाउन पाउनु नैसर्गिक अधिकारको सुनिश्चितता गर्नु तथा गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गमा पुर्याउनु हाम्रो जिम्मेवारी हो”, उनले भने, “जिल्लामा २०६७ सालबाट पूर्णखोप कार्यक्रम थालनी भएको र २०७५ असार २५ गते पूर्णखोप जिल्ला घोषणा भएको थियो ।  त्यसको दोस्रोरूपमा जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा अहिले घोषणा गरिएको छ ।”   उनका अनुसार घोषणा हुँदा पूर्णखोप पाइसके पनि दिगोपनाको सुनिश्चितता नभए पनि अबदेखि पूर्णखोपमात्रै नभएर पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको हो ।   बागलुङमा गत माघदेखि जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घर–घरमा गई खोप छुट भएका पाँच वर्षमुनिका बालबालिकाको खोजी गरी भेटिएका बालबालिकालाई खोप लगाउने कार्य भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको हो ।   बागलुङ जिल्लाका १० स्थानीय तहका सम्पूर्ण वडा, पालिका पूर्णखोप सुनिश्चतता दिगोपना जिल्ला घोषण गरिएको हो । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाको रोहबरमा जिल्लाका जन्मेदेखि १५ महिनासम्मका बालबालिका चार हजार छ सय ७७ र १५ देखि ५९ महिनाका १० हजार तीन सय १८ बालबालिकाले पूर्णखोप प्राप्त गरेपछि बागलुङ पूर्णखोप सुनिश्चिता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको हो ।   तेह्र क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखला, लहरेखोकी, धनुष्टङ्कार, पोलियो, स्टेपटोकोकस निमोनिया, भ्यागुते रोग, हेपाटाइटिस बी, मेनेन्जाइटिस, दादुरा, रुवेला, जापानिज इन्सेफ्लाइटिस र टाइफाइडको खोप लगाइने गरिएको छ । यी सबै रोगबाट बच्नका लागि पूर्णखोपको आवश्यकता हुने स्वास्थ्यकर्मीको भनाइ छ । पूर्णखोप सुनिश्चिता दिगोपना जिल्ला घोषणा कार्यक्रमलाई दिगोपनामा जोड निुपर्ने बागलुङका स्थानीय तहका प्रमुखले प्रतिबद्धता जनाएका थिए ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित शुक्रबार, माघ २, २०८२
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP