Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
अर्थ
  • Home
  • अर्थ
  • तनहुँका दुई स्थानीय तहको बजेट पारित
तनहुँका दुई स्थानीय तहको बजेट पारित
सम्झना राई
सम्झना राई सोमबार, असार १८, २०८०
budget 2079
Hardik health
तनहुँ– तनहुँका दश स्थानीय तहमध्ये दुई स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् । असार १० गते एकै दिन चार नगरपालिका र छ गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले बजेट पारित गरेका छन् । अन्य आठ स्थानीय तहको बजेट पारित हुन बाँकी छ ।
भिमाद नगरपालिकाले आगामी वर्षका लागि रु ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७० को बजेट पारित गरेको छ । पारित बजेटमध्ये चालुतर्फ रु ४३ करोड ९८ लाख ५६ हजार र पूँजीगततर्फ रु १९ करोड ९१ लाख विनियोजन गरिएको छ ।
नगरपालिकाका उपप्रमुख शारदा खनालका अनुसार सामाजिक विकासतर्फ ३४ करोड ६३ लाख, पूर्वाधार विकासतर्फ रु १३ करोड ३७ लाख, सुशासन तथा अन्तरिकतर्फ रु एक करोड ३२ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु १० करोड ८९ लाख विनियोजन गरिएको छ ।
आम्दानीतर्फ आन्तरिक स्रोतबाट रु एक करोड ८० लाख, राजस्व बाँडफाँटबाट रु १३ करोड ५० लाख ३५ हजार सात सय, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु ४४ करोड ७९ लाख १३ हजार, प्रदेश सरकारमार्फत रु दुई करोड ८७ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ । नगरपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट बनाएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।
म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ५५ करोड ५३ लाख ५० हजारको बजेट पारित गरेको छ । गाउँपालिकाले चालुतर्फ रु २१ करोड ५३ लाख ८५ हजार र पूँजीगततर्फ रु ३२ करोड ५७ लाख ८२ हजार बजेट विनियोजन गरेको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । जसमध्ये चालुतर्फ ३८ दशमलव ७८ प्रतिशत र पूँजीगततर्फ ५८ दशमलव ६६ प्रतिशत बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले चालुतर्फभन्दा विकासतर्फ प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।
आम्दानीतर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरणबाट रु नौ करोड, ससर्त अनुदानबाट रु ८० लाख, राजस्व बाँडफाँडबाट रु ३२ लाख, विशेष अनुदानबाट रु एक करोड पाँच लाख, समानीकरणबाट रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट रु एक करोड २१ लाख, राजस्व बाँडफाँडबाट रु ४० लाख, विशेष अनुदानबाट रु ५० लाख, ससर्त अनुदानबाट रु एक करोड प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक आम्दानीबाट रु सात करोड ४२ लाख हुने अनुमान गरिएको छ ।
गाउँपालिकाले पूर्वाधार विकासतर्फ रु १८ करोड ३६ लाख, आर्थिक विकासतर्फ रु चार करोड ५५ लाख, सामाजिक विकासतर्फ रु १९ करोड ६१ लाख ८५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड, सुशासन र संस्थागत विकासतर्फ रु ११ करोड बजेट विनियोजन गरेको छ ।
समृद्ध गाउँपालिका निर्माण गर्ने ध्येयका साथ प्रस्तुत गरिएको बजेटको सबै पक्षबाट कार्यान्वयनमा सहयोग हुने घिमिरेले बताए । जिल्लाका दश पालिकाले रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट ल्याएका छन् ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP