Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • अङ्गदानका लागि समुदायस्तरमा जनचेतना आवश्यक
अङ्गदानका लागि समुदायस्तरमा जनचेतना आवश्यक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १७, २०८०
donation
Hardik health
लुम्बिनी-  मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्याउँदा जटिल खालका दीर्घरोगीको सङ्ख्या बढदो छ । स्वास्थ्यप्रति सचेत नहुने , खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गाैला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पार्र्ने गरेको पाइएको छ ।   त्यस्ता रोगको समयमा उपचार नगर्नाले मिर्गौैला, कलेजो र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको सिकार हुनुपर्ने अवस्थासमेत रहेको जनाइएको छ ।सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार बुटवलमा गरेको मस्तिष्क मृत्युपश्चातको अङ्गदानसम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मानिसले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन खानपान र जीवनशैलीमा सचेत हुनुपर्ने बताए ।   उनले मिर्गाैला प्रत्यारोपण गर्न चाहँदा पनि बिरामीले सहजै मिर्गाैला प्रत्यारोपी पाउन सक्ने अवस्था नहुँदा प्रत्यारोपण केन्द्रले अहिले मरणोपरान्त अङ्गदानको सामाजिक अभियान थालेको जानकारी दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले खेर जान लागेको अङ्गलाई सदुपयोग गरेर अरुको ज्यान बचाउन मर्नुअघि मञ्जुरीनामा दिने अवस्था बनाउन सकिए धेरै मिर्गाैला रोगीको ज्यान बचाउन सकिने जानकारी दिए  ।   “आफू मरे पनि आफ्नो अङ्ग अरूको शरीरमा बाँचिरहन पाउँछ । यो पुण्य काम हामी सबैले गर्नुपर्छ”, उनले भने, “यसले नेपाललाई मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउन निकै मद्दत गर्छ ।” उनले जनचेतनाको कमीका कारण मस्तिष्क मृत्युपछि प्रयोग गर्न सकिने अङ्गहरु खरानी भएर वा माटोमुनि गइरहेको उनको भनाइ छ ।   कार्यक्रममा एक जना मस्तिष्क मृत्युपश्चात आठवटा अङ्ग अन्य मानिसलाई उपयोग हुनसक्ने हुँदा पनि यसबारे आम नागरिकलाई सचेतना जगाउँदै कार्यक्रम समुदायस्तरमा लैजानुपर्ने उनले सुझाव दिए ।  केन्द्रका निर्देशक डा श्रेष्ठले नेपालमा प्रत्येक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको जनाउँदै जनचेतना जगाउन सकिएमा वर्षमा आठ हजार अङ्ग प्राप्त गर्न सकिने सम्भावना रहेको बताए ।   “नेपालमा निकै कममात्र मस्तिष्क मृत्युबाट प्राप्त अङ्ग प्रत्यारोपणमा उपयोग भएको छ”, उनले भने, “एउटा मस्तिष्क मृत्यु भएकोबाट आठ जनाले जीवनदान पाउन सक्छन् ।” स्वस्थ जो–कोही मानिसले पनि अङ्गदान गर्न सक्ने र कानुनले अहिले आफन्तहरूको ५२ नाताबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेको उनले जानकारी दिए  ।   मानव अङ्ग प्रत्यारोपण गर्न सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली २०७३ ले व्यवस्था गरेको छ ।उनले नेपालमा मिर्गौलाका बिरामीको नियमित डायलायसिसभन्दा प्रत्यारोपण गरेकाहरूको जीवन बढ्ने बताए  । उनले नेपालमा महँगो शुल्क तिरेर डायलायसिस गर्ने प्रक्रियाबाट आंशिक हुँदै अहिले सरकारले पूर्णरूपमा निःशुल्क डायलायसिस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए  ।   उनले मिर्गौलाका बिरामीलाई निःशुल्क डायलायसिसको अभियानसँगै बिरामीलाई स्वास्थ्य भएर बाँच्न र परिवारमा पनि सहजताको वातावरणका लागि प्रत्यारोपण नै उत्तम विकल्प हुने विशेष ज्ञान दिने अभियान थालिएको बताए  । प्रत्यारोपणको विकल्प डायलायसिस हुन नसक्ने बरु डायलायसिस गरेका बिरामीलाई पनि एक मुठी पानी पिउँदा सास बढ्ने र कठिन हुने गरेको बताए ।   “ सरकारले डायलायसिस सेवा निःशुल्क गरेको छ । जसको लागत वर्षमा रु दुई लाख ५२ हजार खर्च हुन्छ”, उनले भने , “दुई वर्षको डायलायसिस खर्चबाट मिर्गाैला प्रत्यारोपण गर्न सकिन्छ ।” नेपाल सरकारले विसं २०७३ देखि प्रत्यारोपणका लागि पूर्णरूपमा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको र नेपालमा प्रत्यारोपण सफलताको प्रतिशत ९९ प्रतिशत रहेको उहाँले सो अवसरमा जानकारी दिए ।   देशभर प्रत्येक वर्ष मिर्गौला प्रत्यारोपणको माग तीन हजार जनाको रहे पनि केन्द्रमा भने हप्ताको चार जनाको गरी वर्षको दुई सय जनाको प्रत्यारोपण क्षमतामात्र रहेको निर्देशक डा श्रेष्ठले बताए  । उनले मिर्गाैला प्रत्यारोपणको सेवा केन्द्रमा मात्र नभएर अब यस्तो सेवालाई विकेन्द्रिकृत गर्नुपर्नेमा जोड दिए  । “यो सेवालाई अब सबै प्रदेशमा प्रत्यारोपण सेवा चलाउन जरुरी छ”, उनले भने , “अब बुटवलमा पनि यस्तो स्वास्थ्य सेवा सुरु गर्न आह्वान गर्छु ।”   कार्यक्रममा डा कल्पना श्रेष्ठले अङ्गदान गर्ने व्यक्तिको परिवारलाई बुझाउन धेरै कठिन हुने गरेको बताए । उनले मस्तिष्क मृत्युपछि २४ घन्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको समेत जानकारी दिए  । उनले नेपालमा मिर्गौला प्रत्यारोपणमा पनि लैङ्गिक विभेद रहेको बताए  । “मिर्गाैला प्रत्यारोपणका बिरामी महिलाले पुरुषबाट अङ्ग प्राप्त गर्ने सङ्ख्या निकै कम छ”, उनले भने, “यसको तुलनामा महिलाबाट पुरुष बिरामीले मिर्गौला लिने सङ्ख्या निकै ठूलो छ ।”   लुम्बिनी प्रदेशसभाका प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले आम नागरिकको स्वस्थ्य सेवालाई सरल र सहज बनाउने विषयमा तीन तहकै सरकार गम्भीर भएर लाग्नुपर्ने बताए  । नीतिगत समस्यालाई समाधान गरेर सेवा विस्तारमा सरकारी अस्पतालहरूको ध्यान जानुपर्ने उनले बताए  ।   बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलमा स्वास्थ्य क्षेत्रमा जनतालाई सेवा प्रदान गर्न उल्लेख्य काम भएको बताए  । उनले आम्दा जापानको सहयोगमा बुटवलको आम्दा अस्पतालमम क्यान्सर, न्यूरोसर्जन सेवा सुरु गर्ने छलफल चलाएको बताए  ।   कार्यक्रममा प्रत्यारोपण विशेषज्ञ डा दिपेश श्रेष्ठ, मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले समाजमा प्रत्यारोपणका बारेमा सचेतना जगाउने काम गर्नु आवश्यक रहेको बताए  ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP