Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पीर
किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पीर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १५, २०८०
Dhan ropai_
Hardik health
बागलुङ -  आज असार १५ देशभर धान दिवस मनाइँदै छ । यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ । भौगोलिक बनाट र भिरालो जमिनका कारण यहाँ पर्याप्त सिँचाइको सुविधा छैन ।   सिँचाइको अभावका कारण किसानले अकाशे पानीको भरमा धान रोप्न बाध्य छन् । वैशाखदेखि असारको पहिलो सातासम्म खडेरी परेकाले यस वर्ष रोपाइँ ढिला भएको किसान बताउँछन् । केही दिनयतादेखि निरन्तर वर्षा हुन थालेपछि कृषक खेतबारीमा पुगेर खनजोतमा लागेका छन् ।   जिल्लाको निसीखोला र गलकोटका अधिकांश ठाउँमा रोपाइँ भए पनि अन्य पालिकामा न्यून मात्रामा रोपाइँ भएको छ । केही दिनदेखि परेको वर्षाले किसानलाई राहत मिलेको गलकोटका कृषक विरबहादुर खत्रीले बताए । “धान र कोदोको ब्याड राखेपछि लामो समय पानी नपर्दा बीउ कसरी  गाउने भन्ने चिन्ता थियो । पानी पर्न थालेपछि यहाँका किसान खनजोतमा व्यस्त छन्”, उनले भने  ।   व्यवस्थित सिँचाइका लागि नहर र कुलो नहुँदा रोपाइँ सकिसक्नुपर्ने बेला बल्ल रोपाइँ सुरु गर्नुपरेको उनले बताए  ।   खेतीयोग्य जमिन हुँदाहुँदै पनि मल र सिँचाइको अभावमा समयमै बाली लगाउन नसकेको कृषक खत्रीले बताए  । उनले वर्षौंदेखि अकाशे पानीको भरमा धान बाली लगाउँदै आएको भन्दै अहिलेसम्म सिँचाइको समस्या समाधान हुन नसकेको गुनासो पोखे ।   गाउँमा धेरै जसो किसानले गोठे तथा प्राङ्गारिक मल प्रयोग गरे पनि पछिल्लो समय पशुचौपाया पाल्न छोडेपछि रासायनिक मलको आवश्यक पर्ने गरेको खत्रीले बताए  । रासायनिक मल जिल्ला सदरमुकामसम्म आएपछि दुर्गम गाउँसम्म नपुगेको उनको भनाइ थियो । उहाँले किसानको लगानीले कुलो बनाउन नसकिने भन्दै कुलो र नहर बनाउन बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए  । “पहाडी क्षेत्र भए पनि हाम्रो ठाउँमा धान राम्रो उत्पादन हुन्छ, सिँचाइ र मल अभावका कारण समयमा रोपाँइ गर्न सकिएको छैन”, कृषक खत्रीले भने , “यसलाई सरोकारवाला निकायले अहिलेसम्म पनि समाधान गर्न सकेनन्, लामो समय खडेरी पर्‍यो भने हामीले धान लगाउँनै पाउँदैनौँ, खोलानाला प्रशस्त छन् तर कुलो नभएकाले खेतमा पानी ल्याउन सकिएको छैन ।”   कृषक नीमप्रसाद पौडेलले सरकारले कृषिमा करोडौँ बजेट विनियोजन गरे पनि कृषकले आवश्यकता अनुसार सेवा लिन नपाएको गुनासो गरे । समयमै मल नपाउँदा मलबिना नै धान लगाउनु परेको भन्दै उनले मलिलो माटो नहुँदा धान उत्पादन घट्ने बताए ।   पोडैलले मल, सिँचाइको अभावका साथै गाउँमा काम गर्ने मजदुरसमेत पाइन छोडेकाले खेतबारी बाँझै रहन थालेको बताए  । “अहिले धान उत्पादन हुने जमिन घट्दै छ, पहिले गाउँभरिका अधिकांश खेतमा धान लगाइन्थ्यो, उत्पादन पनि राम्रो हुन्थ्यो, अहिले न समयमा मल आउँछ, न पानी पुर्‍याउन सकिन्छ”, उनले भने , “काम गर्नलाई मान्छे खोज्यो मान्छे पाइँदैनन्, गाउँ सुनसान हुन थाल्यो, गाउँमा भएका मान्छेले पनि गाईभैँसी पाल्न छाडिसके, कहाँबाट मल हुन्छ ? बजारबाट ल्याउने मल रोपाइँ सकिएपछि बल्ल आउँछ ।”   बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । खेती हुने जमिनमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।   केन्द्रका प्रमुख भानुभक्त भट्टराईले खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार सिँचाइ सुविधा पुगेको जमिनमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । गाउँमा प्रशस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नु परेको कृषकको गुनासो छ ।   प्रमुख भट्टराईले हालसम्म जिल्लाभर २० प्रतिशत रोपाइँ भएको बताउनुभयो । लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उनको भनाइ छ । जिल्लामा गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको प्रमुख भट्टराईले बताए  ।   “केही दिनदेखि परेको अविरल वर्षाले यहाँका किसानलाई रोपाइँका लागि सहज बनाएको छ”, उनले भने “सिँचाइको राम्रो व्यवस्था गर्न सके जिल्लामा रोपाइँ हुने क्षेत्रफल बढ्छ ।” रैथाने जातका धान लगाउँदै आएका किसानलाई ज्ञान केन्द्रले उन्नत जातका बीउ उपलब्ध गराउँदै आएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP