Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • गुणस्तरीय उपचारकाे पहुँच सुनिश्चित गर्न सबैकाे दायित्व आवश्यक : मन्त्री बस्नेत
गुणस्तरीय उपचारकाे पहुँच सुनिश्चित गर्न सबैकाे दायित्व आवश्यक : मन्त्री बस्नेत
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १५, २०८०
mahes basnet23
Hardik health
काभ्रे -   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सरको उपचारमा गुणस्तरीय पहुँच सुनिश्चित गर्नु सामूहिक दायित्व आवश्यक हुने बताएका छन्  ।   काभ्रेपलाञ्चोकको धुलिखेलमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा कान्तीबाल अस्पतालद्वारा आयोजित ‘नेपालमा बाल्यकाल क्यान्सरको उपचार पहल’ सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले बालबालिकाको सामाजिक, आर्थिक, पृष्ठभूमि जस्तोसुकै भए पनि क्यान्सरको गुणस्तरीय उपचारका पहुँचमा सरोकारवाला सबैको दायित्व भएको बताए ।   यसका लागि सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको उनको भनाइ छ ।  “हामी एउटा समाज सिर्जना गर्न सक्छौँ, जहाँ बाल्यकालको क्यान्सर अब विनाशकारी निदान होइन तर व्यवस्थापन गर्न सकिने होस्”, मन्त्री बस्नेतले भने ।   मन्त्री बस्नेतले बाल्यकालको क्यान्सरविरुद्ध बाल चिकित्सा ‘ओन्कोलोजी’का विज्ञले दिएको सुझाव महत्वपूर्ण हुने बताए  । “ज्ञान र अनुभवको आदानप्रदान र सहयोगात्मक प्रयासले बाल्यकालको क्यान्सरविरुद्ध निःसन्देह दूरगामी फाइदा दिनेछ”, उनले  भने  ।   उनले बाल्यकालको क्यान्सरविरुद्धको लडाइँमा उज्यालो भविष्य निर्माण गर्न नेपाली स्वास्थ्यकर्मीलाई महत्वपूर्ण भूमिका खेल्न आग्रहसमेत गरे  । “नेपालमा बाल्यकालको क्यान्सर निदान निकै चुनौतीपूर्ण छ, अमूल्य छलफल, गहन अन्तर्दृष्टि, र दीगो परिवर्तनलाई मार्गदर्शन गर्ने स्थायी सहयोगका लागि तालिम तथा कार्यशालाले सहयोग गर्नेछ”, उनले भने ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव टङ्क बराकोटीले बाल्यकालको क्यान्सरबाट ग्रसितको अनुगमन गरी उपचारको पहुँचमा पुर्‍याउन सरोकारवालाई आग्रह गरे ।  डब्लुएचओका हेडक्वार्टरका डा रोबोर्टाले पछिल्लो समय क्षमता अभिवृद्धिका कारण बाल्यकालको क्यान्सरविरुद्धका प्रयास सफल हुँदै गएको उल्लेख गर्दै चुनौतीको सामना गर्न सदैव तयार रहनुपर्ने बताए ।   कान्तीबाल अस्पतालका निर्देशक डा युवानिधि बसौलाले प्रत्येक बालबालिकालाई रोगले आक्रमण गर्नसक्ने भएकाले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै बाल्यकालको क्यान्सरविरुद्धको अभियानमा साथ दिन आग्रह गरे  ।   दुई दिने कार्यशालामा डब्लुएचओका दक्षिण पूर्वी एशियाली राष्ट्रका प्रतिनिधि तथा क्यान्सर उपचार गर्ने नेपालका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीको उपस्थिति  रहेको थियाे । https://youtu.be/Y6udCZYrIco
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार
वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार सोमबार, माघ ५, २०८२
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल सोमबार, माघ ५, २०८२
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा
कार्यकारी निर्देशक डा काफ्लेको राजीनामा आइतबार, माघ ४, २०८२
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
डिमेन्सिया बिरामीको २४ वर्षमै निधन शुक्रबार, माघ २, २०८२
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन
आयुर्वेदकाे भ्रामक प्रचार प्रसार नगर्न चिकित्सा परिषद्काे निर्देशन शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित शुक्रबार, माघ २, २०८२
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड
एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP