Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • अर्नाकोटमा एकै वर्षमा फल्यो स्याउ
अर्नाकोटमा एकै वर्षमा फल्यो स्याउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १५, २०८०
apple in dhorpatan
Hardik health
ढोरपाटन-  बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाए  । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाएका  छन्  ।   सुरुमा लगाएका २२ बिरुवामध्ये दुईवटा मरे अहिले २० वटा बोटमा स्याउ फलेका छन् । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन् । दुर्गाबहादुरले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ कृषकले पनि बिरुवा लिएर लगाए ।   बिरुवा सप्रिँदै गएपछि धेरैको ध्यान स्याउ लगाउनेतर्फ जान थालेको छ । वर्षौँदेखि गाईभैँसी र खेतीकिसानी गर्दै आउनुभएका ओलीले अहिले गाउँका अन्य स्थानीयलाई पनि स्याउ लगाउनुपर्छ भन्ने योजनामा पुर्‍याएका छन्  । हाल उहाँको बगानमा २७ नयाँ बिरुवा र २० पोहोर साल लगाएका गरी ४७ स्याउका बोट छन् ।   दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन हुन्छ भन्ने पत्रिकामा पढेको भरमा ओलीले परीक्षणका लागि स्याउ लगाउनुभएको हो । अर्नाकोट करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्छ ।   ओलीले कृषि निर्देशनालय गण्डकी प्रदेशबाट ७५ प्रतिशत अनुदानमा बिरुवा लिएर खेती सुरुआत गरेका हुन्  । बागलुङमा अहिलेसम्म ढोरपाटन र निसेलढोरमा मात्रै व्यावसायिकरूपमा स्याउ उत्पादन हुने गरेको छ ।   निसीखोला, ताराखोलालगायतका केही ठाउँमा स्याउ लगाए पनि राम्रो उत्पादन हुनसकेको छैन । अर्नाकोटमा परीक्षणका लागि लगाएका बिरुवाले फल दिन थालेपछि धेरै स्थानीय आकर्षित हुन थालेको दुर्गाबहादुर बताए । उनले अर्नाकोटमा सिँचाइको निकै ठूलो समस्या रहेको भन्दै यसको व्यवस्थापन हुनसके राम्रो स्याउ उत्पादन गर्न सक्ने बताए  ।   “यहाँ यति राम्रो स्याउ होला भन्ने मैले सोचेको थिइनँ, यो ठाउँमा के–कस्तो हुन्छ एकपटक विचार गरौँ न भन्ने हिसाबले बिरुवा लिएर लगाएको, पोहोर जेठमा लगाएको अहिले नै फल दियो, यसले हामीलाई धेरै हर्षित बनाएको छ”, ओलीले भने , “सिँचाइको समस्याले गर्दा बिरुवा बचाउन निकै हम्मे भयो, खानेपानीको हाहाकार भएको ठाउँमा स्याउ लगायौँ, त्यही पनि बिरुवा बचाउन सफल भयौँ, सरकारले यहाँ सिँचाइको राम्रो व्यवस्था मिलाइदिने हो भने व्यावसायिकरूपमा धेरै स्याउ उत्पादन गर्न सकिने थियो ।”   स्थानीय चेतबहादुर कुँवरले पनि अघिल्लो वर्ष २७ वटा बिरुवा लगाउनुभएको थियो । अहिले सबैले फल दिएको उनले बताए ।  कुँवरले लगाएकै सालमा फूल फुल्ने र अर्को सालदेखि फल दिने भनिए पनि सुरुकै वर्षमा फल दिन थालेको बताए ।   स्याउका पोथीभन्दा भाले जातका बिरुवा जोगाउन समस्या भएको भन्दै अहिले समाधान हुँदै गएको उनी  बताउछन्  । गाउँमा अहिलेसम्म कसैले पनि स्याउ लगाउने सोच नबनाएको सुनाउँदै अहिले धेरैले बिरुवा खोज्न थालेको कुँवरले बताए  ।   कुँवर भन्छन् , “यहाँ यसरी स्याउ फल्ला भन्ने पत्याएका थिएनौँ, तर अहिले चकित पार्ने गरी मसिनै बोटमा फल्यो, यसले हामीलाई हर्षित बनाएको छ, वर्षौँदेखि खानेपानी अभावमा गुज्रिएका हामीहरूलाई स्याउ उत्पादन हुने लक्षण देखिएपछि नयाँ आशा पलाएको छ, यहाँको मुख्य समस्या पानी हो, उत्पादनका हिसाबले यहाँ स्याउलगायत धेरै फलफूल तथा तरकारी फलाउन सकिन्छ ।”   निसीखोला गाउँपालिकाका कृषि शाखा प्रमुख तारा परियारले स्याउ फल्न थालेपछि कृषकलाई आवश्यक प्राविधिक तथा अन्य सहयोग गाउँपालिकाले गरिरहेको बताए  । अहिले यहाँका कृषकले तीन रोपनीमा एक सय ५० बिरुवा लगाएकामा अधिकांशले फल दिन सुरु गरेको बताए  ।   परीक्षण सफल हुँदै गएको भन्दै अब अन्य कृषकले पनि स्याउखेती गर्न चाहेमा गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ छ । “फुजी जातको स्याउ यहाँको हावापानी, वातावरण र ‘हाइट’का लागि एकदम राम्रो हुन्छ, कृषकले पनि हावापानी सुहाउँदो स्याउको जात छनोट गर्नुभयो, अहिले नै राम्रो फल देखिएको छ, यसको परीक्षण सफल हुन्छ भन्नेमा हामी ढुक्क छौँ”, परियारले भने , “त्यहीअनुसार स्याउ राम्रो हुँदै गयो भने भविष्यमा यो ठाउँ स्याउ उत्पादनका लागि प्रख्यात हुने देखिन्छ ।”   निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षाैं अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको थियो । अहिले गाउँपालिकाले निसेलढोरसँगै वडा नं ६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ । चालु आर्थिक वर्षमा भौगोलिक बनावट, हावापानी र स्थानीयको मागअनुसार वडा नं ५ र ६ मा चार सय ५० स्याउका बिरुवा लगाइएको छ ।   गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु सात लाखबाट स्याउखेती विस्तार गर्न थालिएको हो । यस वर्ष निसेलढोरबाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाउन थालेको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP