Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारबारे ओली र रविको एउटै बोली
सरकारबारे ओली र रविको एउटै बोली
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १५, २०८०
oli-rabi
कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौं ।- केपी शर्मा ओली, अध्यक्ष, नेकपा एमाले
काठमाडौं -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार परिवर्तनको पक्षमा नभएको बताएका छन् । बिहीबार चितवन पुग्ने क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले कांग्रेससँग आफूले सरकार गठनको कुनै प्रस्ताव नगरेको बताएका हुन् ।   ‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौं,’ नयाँ सरकार गठनबारे सोधिएको प्रश्नमा ओलीको जवाफ थियो । पछिल्लोपटक कांग्रेस र एमालेबीच नयाँ सरकारको गठनका लागि भित्री सहमति जुटेको चर्चा चलेको थियो । यसका लागि पार्टीका दोस्रो तहका नेताहरुबीच छलफलसमेत चलेको थियो ।   पार्टीका दोस्रो तहका नेतामार्फत एमाले र कांग्रेस मिल्ने गरी कुराकानी गरिएको भन्ने विषयमा पनि आफूलाई कुनै जानकारी नभएको दाबी ओलीले गरे । यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाको लामो सिंगापुर बसाइँले सत्तारुढ दल माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी सशंकित भएका थिए ।   देउवा देशमा नभएको मौकामा यी दलली समाजवादी मोर्चासमेत घोषणा गरेका थिए । एकअर्कामा अविश्वास बढ्दै गएको समयमा जसपाका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संशोधनविना बजेट पारित हुन नदिने अडान राखेका थिए । तर, एकाएक जसपा र एकीकृतले आफ्नो निर्णय परिवर्तन ग¥यो । यद्यपि, बजेट पारित गर्नका लागि बहुमत मुश्किलले जुट्यो ।  
हामी अस्थिरताको खेलमा छैनौं । मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो ।-रवि लामिछाने, सभापति, रास्वपा
बिहीबार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ओलीको भनाइसँगै मेल खाने मन्तव्य राखेका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका हुन् । ‘हामी अस्थिरताको खेलमा छैनौं ।   मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो,’ लामिछानेले भने । एमाले र रास्वपा एकैसाथ सरकारमा पुगेको र मुद्दामा पनि अहिले समान धारणा राख्ने पार्टी हो । पछिल्लोपटक सदनमा दुई पार्टीले विरोधका मुद्दामा एकले अर्कोलाई साथ दिँदै आएको छ ।   सभापति लामिछानेले रास्वपा अहिले संगठन निर्माणका क्रममा रहेको भनाइ राखे । संगठन निर्माणसँगै रास्वपाले सरकारका कामप्रति निरन्तर खबरदारी गरिरहने उनले बताए । ओली आज हुने रोपाइँ कार्यक्रमका लागि भरतपुर पुगेका हुन् भने लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP