Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • कालिज पालनमा रमाउँदै कृषक
कालिज पालनमा रमाउँदै कृषक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १४, २०८०
kalij farm
Hardik health
मोरङ -  मोरङ मिक्लाजुङ गाउँपालिका–६ का कृषक सन्तोष बोहोराले व्यावसायिकरूपमा कालिजपालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । आफ्नै देशमा केही कृषिकर्म गर्ने सोचले २९ वर्षीय सन्तोषले हिमालयन वाइल्ड लाइफ एग्रो कम्पनी प्रालि दर्ता गरी व्यावसायिकरूपमा कालिजपालन गरेका हुन्  ।   कालिजपालनबाट अहिले खर्च कटाएर मासिकरूपमा एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएको सन्तोषले बताए  । उनले कालिजका लागि सम्भावना तथा बजारको अवस्था राम्रो रहेको उल्लेख गरे ।   सुरूमा ब्रोइलर कुखुरापालन गर्नुभएका सन्तोषले यसबाट राम्रो आम्दानी हुन नसकेपछि बैंकको जागिर छाडेर रू १० लाख ऋण लगानीबाट कालिजपालन गर्नुभएको थियो । एक सय ५० वटा कालिजबाट सुरू गरेको फार्ममा अहिले एक हजार पाँच सय कालिज छन् ।   सन्तोषले भने, “आम्दानीको हिसाबले राम्रो रहेको कालिजपालन व्यवसायको बजारीकरणमा कुनै समस्या छैन ।”  नेपाल सरकारले व्यावसायिक कालिजपालनलाई अनुमति दिएको चाल पाएर कृषिमा केही राम्रो काम गर्छु भन्ने सोचले अगाडि बढेको सन्तोषले उल्लेख गरे  ।   व्यावसायिकरूपमा विगत चार वर्षदेखि कालिजपालन गर्दै आएका सन्तोषले आफ्नै फार्ममा ह्याचिङ गरी चल्ला उत्पादन गरेर बजारमा अण्डा तथा मासु पनि बिक्रीवितरण गर्दै आएका छन्  । “स्थानीय बजारका साथै विराटनगर, झापा, तेह्रथुम, ताप्लेजुङ, धरान धनकुटालगायत कोशी प्रदेशभरि कालिजको बजार विस्तार गर्न सफल भएको छु”, उनले भने , “फार्ममा स्थानीय केही कामदारले रोजगारीसमेत पाउन सफल भएका छन् । एशियन मुलुकबाहेक युरोपको विभिन्न देशमा अहिले व्यावसायिक कालिजपालन फस्टाएको छ ।” कालिजपालनका लागि खासै तापक्रमले प्रभाव पार्न नसक्ने उनको अनुभव रहेको छ । “जहाँको मौसममा चल्ला उत्पादन गरियो त्यही मौसम तथा घामपानीमा कालिज पाल्दा उपयुक्त हुन्छ”, उनी बताउँछन्  । कालिजपालन फरक व्यवसाय भएकाले यसबाट आत्मसन्तुष्टी मिल्नुका साथै आम्दानीको स्रोत बलियो बनेको उनले उल्लेख गरे   “कालिज आठ/नौ महिनामा बिक्री योग्य हुनेछ । स्वास्थ्य कालिजको तौल दुई केजीसम्म हुन्छ, पोथीले नौ महिना पुगेपछि अन्डा पार्न थाल्छ”, सन्तोषले भने, “बजारमा कालिज होलसेल भालेपोथी जोडीको रु चार हजारदेखि खुद्रा भाले जोडीको रु पाँच हजार तथा अन्डा रू ८०  सम्ममा बिक्री हुन्छ ।” आफ्नो पाँच कट्ठा जग्गामा कालिजपालन गरेको जानकारी दिँदै उनले फार्ममा रू ४० लाख लगानी गरी सुरूआतको ऋण यसैबाट तिर्न सफल बताए । विदेश जाँदाको लगानी तथा मेहनत युवाले स्वदेशमै गर्दा राम्रो हुने बताउछन्  ।   नेपालमा पछिल्ला दिनमा कुखुरा, हाँस, अष्ट्रिजलगायतका पक्षीको पालन गरिने पुरानै व्यवसाय भएको भए पनि कालिजलाई नौलो व्यवसाय मानिन्छ । नयाँ व्यवसायका रूपमा युवा किसानले व्यावसायिक कालिजपालन गरेर आफ्नो ठाउँलाई नै चिनाउने काम गरेको मिक्लाजुङ–६ का वडाध्यक्ष खडीबहादुर मगरले सुनाए  ।   उनले इच्छाशक्ति भए जुनसुकै राम्रो काम र व्यवसाय गरेर स्वदेशमै आम्दानी गर्न सकिने जनाउँदै सन्तोषलाई व्यावसायिक कालिजपालनका लागि हरप्रकारको सहयोग गर्न आफू तयार रहेको बताए ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी शुक्रबार, पुस ११, २०८२
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP