Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
Search Here
समाचार
  • Home
  • समाचार
  • जलहरीको गुणस्तर तथा तौल परीक्षण सकियाे ,प्राप्त विवरण गोप्य
जलहरीको गुणस्तर तथा तौल परीक्षण सकियाे ,प्राप्त विवरण गोप्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ११, २०८०
pashupati
काठमाडाैं  - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको जलहरी निकालेर सुनको गुणस्तर र तौल परीक्षण गरेको छ । जलहरीमा तोकिएको परिमाण भन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको भन्दै उजुरी परेपछि अख्तियारको टोलीले जलहरी निकालेर पशुपति क्षेत्रमा गुणस्तर तथा तौल परीक्षण गरेको हो ।   हिजो बेलुकीदेखि शुरु भएको परीक्षण राति अबेर मात्रै सकिएको छ । अहिले अनुसन्धानका क्रममा रहेकाले परीक्षणबाट प्राप्त विवरण गोप्य रहने र अनुसन्धान टुङ्गोमा पुगिएपछि सार्वजनिक हुने अख्तियारले जनाएको छ ।   तौल तथा गुणस्तर जाँचका लागि अख्तियारले सुनचाँदी व्यवसायी सङ्घका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई समेत सहभागी गराएको छ ।   राष्ट्र बैंकबाट ८० करोड रुपैयाँमा सुन खरिद गरेर अपारदर्शी रुपमा जलहरी निर्माण गरेको तथा तोकिएको परिणाम अनुसार काम नगरेको भन्दै दुई वर्ष अगाडि नै अख्तियारमा उजुरी परेको थियो । महालेखा परीक्षकको कार्यालयले समेत एक सय ३ किलो ७ सय ७३ ग्राम सुनमा झण्डै ११ किलो हिनामिना भएको तथ्य औँल्याएको छ ।   उजुरी र महालेखको टिप्पणीपछि अख्तियारले उजुरीका बारेमा अनुसन्धान अधिकृत नै तोकेर छानबिन गरिरहेको छ । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सदस्य, भट्ट, पुजारी, सुरक्षाकर्मी लगायतसँग बयान लिइसकेको अख्तियारले अहिले जलहरी नै निकालेर तौल तथा गुणस्तर जाँच गराएको हो । हिजो बेलुका जलहरी जाँचका लागि अख्तियारको टोली पुग्दा पशुपति क्षेत्र खाली गराइएको थियो ।   जलहरीमा अनियमितता भएकोबारे प्रतिनिधि सभामा समेत कुरा उठेको थियो । सांसदले जलहरीमा सुन भनेर पित्तल राखेको कुरा उठाउँदा एमालेले विरोध गरेपछि सांसदको भनाइ नै रेकर्डबाट हटाइएको छ । जलहरी विवादमा केपी शर्मा ओलीसहित तत्कालीन पदाधिकारीहरुमाथि प्रश्न उठेपछि प्रेम राई नेतृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोग यसको छानबिनमा अघि बढाएको हो ।   जलहरीमा प्रयोग भएको सुन खरिदमा ५० करोड रुपैयाँ पशुपति क्षेत्र विकास कोषबाट र ३० करोड रुपैयाँ राज्यकोषबाट खर्च भएको हो । जलहरी बनाउन बाहिरबाटै सुन किन्ने तयारी भए पनि शुद्धता र परिणाममा प्रश्न उठेपछि सरकारको आधिकारिक निकाय राष्ट्र बैँकबाटै सुन खरिद गर्ने निर्णय सरकारले गरेको हो ।
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०८:३०
#पशुपति_जलहरी_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घर डुबान हुँदा समास्यामा:वादी समुदाय 
घर डुबान हुँदा समास्यामा:वादी समुदाय  बुधबार, साउन २८, २०८२
प्रेस स्वतन्त्रता हननका ९४ घटना
प्रेस स्वतन्त्रता हननका ९४ घटना बुधबार, साउन २८, २०८२
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे
पर्सामा सम्बन्धविच्छेदका मुद्दा बढे बुधबार, साउन २८, २०८२
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’
कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’ मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते सोमबार, साउन २६, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP