Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • लेकाली भेगका किसानको रोजाइमा भेडापालन
लेकाली भेगका किसानको रोजाइमा भेडापालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार ८, २०८०
bheda-palan-photo
Hardik health
भोजपुर-  भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन् ।   पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताए । भेडापालक कृषकले भेडा, ऊन, घ्यू, मोही, छुर्पीलगायत बिक्रीबाट आम्दानी लिने उनको भनाइ छ ।   त्यस्तै ऊनबाट बन्ने राडी, पाखी, लुकुनीलगायत पनि किसानको आम्दानीको स्रोतका रुपमा रहेको छ । एक कृषकले यो व्यवसायबाट वार्षिक रु पाँचदेखि नौ लाखसम्म आम्दानी लिने गरेको बस्नेतले जानकारी दिए  ।   “भेडापालनबाट वार्षिक रुपमा रु पाँचदेखि नौ लाखसम्म आम्दानी हुन्छ”, उनले भने, “भेडापालनबाट राम्रो आम्दानी लिन सकिन्छ, यहाँ उत्पादन भएको भेडाजन्य सामग्रीको देशका विभिन्न ठाउँबाट माग हुने गरेको छ ।”   औषधिका रुपमा प्रयोग हुने तथा खानमा स्वादिष्ट हुने भएकाले भेडाको घ्यूको माग धेरै रहेको कृषक शेरबहादुर कठेतले बताए  । भेडाको घ्यूलाई डढेको घाउको खतलाई हटाउनका लागि राम्रो मानिने उनको भनाइ छ ।   भेडाको घ्यू प्रतिकिलो रु चार हजारदेखि पाँच हजारसम्ममा बिक्री हुने उनले जानकारी दिए  । त्यस्तै ऊनप्रति किलो रु सात सय र मासु प्रतिधार्नी रु एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्ने कठेतले बताए  । भेडापालन व्यवसायलाई निरन्तरता दिन सके राम्रो आम्दानी गर्न सकिने किसान उनको भनाइ छ ।   “यो व्यवसायमा दुःख अलि बढी छ, दुःख अनुसारको आम्दानी हुन्छ”, किसान कठेतले भने, “खास गरेर भेडाको घ्यूसँगै मासुको माग धेरै छ, भेडाको घ्यू औषधि पनि हुन्छ, भेडाको बल्याक्ख्रा (बोका) को पनि माग धेरै छ ।” यहाँका एक कृषकसँग एक सय ५० सम्म भेडा रहेको उनले जानकारी दिए ।   धेरै भेडा हुनेले वर्षमा रु आठदेखि १० लाखसम्म आम्दानी गर्ने कृषक कठेतले बताए ।  “भेडा राम्ररी फस्टाए भने आम्दानी राम्रो छ”, उनले भने , “एक सय ५० देखि दुई सयसम्म भेडा पाल्दा आठ/दश लाखसम्म आम्दानी लिन सकिन्छ ।” यहाँका किसानले उत्पादन गरेको घ्यू, राडी, पाखी, लुकुनीलगायत वस्तु स्थानीय बजारसँगै धरान, विराटनगर, काठमाडौँलगायत ठाउँमा जाने गरेको छ ।   पछिल्लो समय युवा पुस्तासमेत भेडापालनमा आकर्षित भएको कृषक कठेतको भनाइ छ । विदेश गएर आएका युवाहरुले पनि व्यावसायिक रुपमा भेडापालन गरिरहेको उनले जानकारी दिए । “युवा पुस्तामा भेडापालनप्रति आकर्षण छ”, कठेतले भने , “गाउँका कतिपय युवा विदेशमा कमाई गर्न नसकेर आएर भेडापालन गरेर राम्रो आम्दानी लिँदै आएका छन् ।”   मैयुङ डाँडा क्षेत्रमा २८ बढी व्यावसायिक भेडीगोठ रहेको  उनले जानकारी दिए । प्रशस्त चरण क्षेत्र भएका कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनका लागि उपयुक्त स्थान मानिन्छ । यो समयमा भेडा माथिल्लो भेगको चरण क्षेत्रमा रहेको भेडापालक कृषक भक्तकुमार राईले जानकारी दिए  ।   चिसो मौसममा तल्लो भेगमा झारे पनि वर्षात् अर्थात् तातो याम सुरु भएपछि भेडालाई माथिल्लो भेगमा लगिने किसान राईको भनाइ छ । धेरै दुःखको काम भएकाले यस्तो पेसामा लाग्ने कृषकलाई राज्यले प्रोत्साहनमूलक कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ ।   “यो एउटा परम्परागत पेसा हो”, कृषक राईले भने , “धेरै ठाउँमा भेडापालन व्यवसाय लोप हुने अवस्थामा पुगेको अवस्था पनि छ, धेरै दुःख कष्टका साथ पुर्‍ख्याैली पेसालाई धानेका छौँ, तर राज्यको ध्यान गएको छैन, राज्यले यस्ता पेसा व्यवसायको संरक्षण ध्यान दिन आवश्यक देख्छु ।”   भेडा बिरामी हुँदा औषधि उपचारका लागि भने समस्या हुने गरेको उनको भनाइ छ । राज्यले किसानहरुको पशु बीमा गरिदिए सहज हुने र किसानलाई थप लाभ पुग्‍ने  उनको भनाइ छ । चरण क्षेत्रमा हुँदा उपचारको अभावमा भेडा मर्ने गरेको किसान राईको भनाइ छ ।   आम्दानी हुने भए पनि भेडापालन व्यवसायमा दुःख तथा समस्या भने धेरै रहेको भेडापालक कृषक नुर्वु शेर्पाले बताए  । सामुदायिक वनका कारण चरणका लागि समस्या हुने गरेको उनको भनाइ छ ।   त्यस्तै बाघ, भालु तथा कुकुरले पनि भेडा मारी दिने समस्या बढी रहेको किसान शेर्पाले बताए  । भेडामा देखिने धक्ने, छेर्ने, ढाडिने, माटो खानेलगायत रोगले धेरै दुःख दिँदै आएको उनको भनाइ छ ।   “आम्दानी हुन्छ, तर भेडापालनमा चुनौती पनि छ”, कृषक शेर्पाले भने, “विभिन्‍न  वन्यजन्तुले भेडा मार्ने डर हुन्छ, चरण क्षेत्रमा पर्ने सामुदायिक वनहरुले महङ्गो शुल्क लिन्छन्, यहाँ चराएबापत एक भेडीगोठको रु एक हजारदेखि रु पाँच हजारसम्म तिनुपर्छ ।”
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  २१:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी
गड्यौलाकाे मल बिक्रीबाट २५ लाखसम्म आम्दानी शुक्रबार, पुस ११, २०८२
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड
प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड बिहीबार, पुस १०, २०८२
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP