विराटनगर - विराटनगरमा बोलीको तालिम भएकाे छ। ओठ, तालु तथा जिब्रोभन्दा माथि चिरिएका बिरामीका लागि निःशुल्क बोलीको तालिम सम्पन्न भएको हाे ।
फेक्ट नेपालद्वारा सञ्चालित एकहप्ते सो तालिममा बिरामीले खाने बस्ने सुविधासहित सेवा प्रदान गरेको फेक्ट नेपालका स्पिच थेरापिस्ट शिवकुमारी राईले जानकारी दिइन् ।
शिविरमा आएका बिरामीका लागि डा शङ्करमान राईको नेतृत्वमा डा चाँदनी यादवद्वारा दाँतको जाँच, डा सञ्जीवकुमार ठाकुरद्वारा नाक कान घाँटीको जाँच तथा पहिला गरेको शल्यक्रियाको अवस्थाको बारेमा जाँच गरिएको हो ।
बोलीको तालिममा शिवकला राईको नेतृत्वमा हिमालसरी राई, नीलम श्रेष्ठ, लीला राना, पुष्पा गाह, सम्झना दुरा, सविना चौधरी, रेनुका श्रेष्ठलगायतको टोलीले शिविर सञ्चालन गरेका हुन् ।
विगत २२ वर्षदेखि ओठ तथा तालु मुखभित्र जिब्रोभन्दा माथि चिरिएका मानिसको शल्यक्रियापछि बोली राम्रो बनाउनका लागि हरेक तीन महिनामा हप्ता दिनसम्म शिविर सञ्चालन गर्ने गरिएको छ । हाम्रो अस्पताल विराटनगरमा हरेक दिन बोलीको तालिम दिइने गरिएको हिमालसरी राईले बताइन् ।
तालिमको कोशी प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले अनुगमन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० ०८:४४