Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फुर_गेल्जे_शेर्पा
  • #नेपाल_पर्वतारोहण_संघ
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #‘मिस टिन अर्थ २०२५
  • #नाउपा
  • #एचिभर नाइट ०८२ सम्पन्न
  • #विप्लव
  • #तीज_पर्व
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘ट्रेन्डिङ’मा बालेन
‘ट्रेन्डिङ’मा बालेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ७, २०८०
balen
-केही दिनयता बालेनले हिन्दी फिल्ममाथि मात्र रोक लगाएनन् भृकुटीमण्डपमा जारी शैक्षिक मेलासमेत रोकिदिए -अवैध संरचना भत्काउनेदेखि सुकुम्बासी हटाउने विषयमा वाहवाही पाएका बालेन सडकका ठेला व्यापारीको मकै, चटपट घोप्ट्याएका विषयमा भने विवादमा तानिए - नागरिक उड्डयन प्रधिकरणसँग लफडामा उत्रिएका बालेन अब प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुसँग योजनामा विवादमा तानिने देखिन्छन्
काठमाडौं-   काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) साह एकपछि अर्को घटनाका कारण चर्चामा छन् । लौरो र नेपालको राष्ट्रिय झण्डा बोकेकै भरमा प्रमुखमा निर्वाचित भएको केही समयमै ‘फिजिकल एक्सन’मा उत्रिएका बालेन पछिल्ला दिनहरुमा भने नीतिगत एक्सनमा उत्रिएका देखिन्छन् ।   हिन्दी फिल्म आदिपुरुष हलहरुमा लागेसँगै प्रमुख बालेन दिनानुदिन ‘ट्रेन्डिङ’ मा छन् । केही दिनयता बालेनले हिन्दी फिल्ममाथिमात्र रोक लगाएनन् भृकुटीमण्डपमा जारी शैक्षिक मेलासमेत रोकिदिए । यसअघि प्रधानमन्त्रीनिवासदेखि सिंहदरबारसम्मको फोहोर रोकिदिएर विवादमा आएका बालेनले अवैध संरचना भत्काउनेदेखि सुकुम्बासी बस्ती हटाउने विषयमा वाहवाही पाए ।   सडकका ठेला व्यापारीको मकै, चटपट घोप्ट्याएका विषयमा भने उनी आलोचित बने । महागरका रेस्टुराँमा निःशुल्क शौचालय राख्ने नीतिले चर्चा पायो । टुकुचा उत्खनन् विवादमा तानियो भने दरबारमार्गको पार्किङ हटाउन सफल भए । यसरी ‘ट्रेन्डिङ’मा आएका बालेनको चर्चाको ग्राफ पछिल्लो दिनमा झन् उकालो लाग्दो छ । बालेनविरुद्ध मुद्दा, एकमा सुनुवाइ, अर्कोमा पेसी प्रमुख बालेनले भृकुटीमण्डपमा जारी ‘कान्तिपुर हिसान एडुफेयर’ रोके । महानगरसँग अनुमति नलिई शैक्षिक मेला आयोजना गरेको भन्दै उनी एक्सनमा उत्रिएका हुन् । बालेनको कदमको विषयमा उच्च अदालत पाटनले हस्तक्षेप नगर्न बुधबार अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले मेला सञ्चालन गर्न आदेश दिएको हो । जेठ ३२ गतेदेखि मेला अवरुद्ध थियो ।   ‘उक्त सामग्रीहरू निवेदक संस्थालाई नै उपयोग गर्न दिनू, एडुफेयर मेला सुचारु गर्ने सन्दर्भमा गर्ने तयारी तत्तत्सम्बन्धी कामकारबाही गैरकानुनी रुपमा अवरोध वा हस्तक्षेप गर्नेजस्ता अनधिकृत कार्य नगर्नू÷नगराउनू भनी विपक्षीहरूको नाउँमा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि मुलुकी देवानी कार्यविधि २०७४ को दफा १५८ र उच्च अदालतको नियमावली २०७३ को निमय ४२ बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा उल्लेख छ । यो आदेशसँगै हिसान मेला ८ गतेबाट चल्ने भएको छ ।   बुधबार नै बालेनमाथि सिनेमा हल सञ्चालकहरुको साझा संगठन नेपाल चलचित्र संघले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएको निर्णयविरुद्ध रिट दायर गरेको छ । संघले बुधबार दिउँसो उच्च अदालत पाटनमा रिट दर्ता गरेको रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । ‘चलचित्र संघका पदाधिकारीहरु आएर बालेनविरुद्ध अदालतमा रिट दर्ता गराउनुभएको छ। आदिपुरुषको विवादमा अरु हिन्दी फिल्म बन्द गर्न नपाइने भन्दै उहाँहरुले रिट दर्ता गर्नुभएको हो,’ कट्टेलले भने । उच्चले उक्त मुद्दाको पेसी आजका लागि तोकेको छ ।   शैक्षिक सल्लाहकार रेशुको राजीनामा यसैबीच प्रमुख बालेनका शिक्षा सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन् । बालेनबाट आफ्नो मूल्य र मान्यताको खिलाफमा गतिविधि भएको आरोप लगाउँदै अर्यालले राजीनामा दिएको जनाएकी छन् ।१० महिनाअघि प्रमुख बालेनको सल्लाहकार बनेकी अर्यालले स्वार्थ बाझिएको विषयसमेत राजीनामाको कारणमा उल्लेख गरेकी छन् ।   ‘दुर्भाग्यपूर्ण हिसाबले पछिल्ला दिनमा उन(बालेन)का निर्देशनमा भएका निर्णय तथा अन्य गतिविधिहरु मेरो मूल्य र मान्यताभन्दा नितान्त फरक हुनु तथा म र मेरो परिवारसँग नजिक हुनेगरी स्वार्थको द्वन्द्वसमेत देखिएकाले मैले मेरो सल्लाहकार पदबाट राजीनामा दिएको हुँ,’ उनले राजीनामाबारे लेखेकी छन् । स्थानीय सरकारको कानुनी सीमाभित्र रहन, कुनै पनि घोषणा गर्नुअघि त्यस विषयमाथि विमर्श गर्न र स्वस्थ लोकतान्त्रिक अभ्यास गर्नसमेत उनले बालेनलाई सुझाएको जनाएकी छन् ।   नागरिक उड्ड्यानसँग पनि लफडा नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरका प्रमुख साहलाई शुक्रबारमात्र स्पष्टीकरण सोधेको छ । काठमाडौं महानगरपालिका–९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सिङ तार काटेपछि बालेनलाई स्पष्टीकरण सोधिएको हो ।   उनलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिए पनि बुझाइएको छैन । गत बिहीबार नगर प्रहरी उपरीक्षक राजु पाण्डेले कुनै जानकारीविना नगर प्रहरीलाई तार काट्न लगाएको प्राधिकरणको भनाइ छ ।   उक्त क्षेत्रमा प्राधिकरणले नक्सा पास नगरी भवन बनाएको भन्दै महानगरले ३५ दिने अल्टिमेटम दिएको थियो । सिनामंगलस्थित प्राधिकरणको निर्माणाधीन भवनको नक्सा पास नभएपछि महानगरले प्रहरी खटाएर उक्त क्षेत्रमा तार कटाएका थिए । त्यसपछि नक्सा पासको काउन्टरमा बालेनलाई प्राधिकरणले स्पष्टीकरण सोधेको हो । सांसदलाई योजना छनोटमा तगारो काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) साहले प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुलाई योजना छनोट गर्दा महानगरसँग सहमति लिनुपर्ने बताएका छन् । सहमति नलिए योजना कार्यान्वयन नहुने उनको भनाइ रह्यो ।   ‘संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्वसहमति वा समन्वयविना छनोट भएको योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ,’ बुधबार राष्ट्रिय सभा गृहमा आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख बालेनले भने । काठमाडौं जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० र प्रदेशसभा निर्वाचन क्षेत्र २० वटा छन् । त्यसमध्ये नौ वटा प्रतिनिधिसभाका र १२ वटा प्रदेश सभाका निर्वाचन क्षेत्र काठमाडौं महानगरभित्र पर्छ । प्रतिनिधिसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँको योजना छनोट गर्न पाउने गरी संसदीय बजेट विनियोजन गरिएको थियो । बालेनले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि पाँच करोड विनियोजन गरेपछि सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका थिए । पाँच हजार नयाँ रोजगारी नगरसभाको १३औं अधिवेशनमा आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम पेस गर्दै बालेनले आफ्नो प्रगति विवरण सुनाए । शिक्षामा सीप, स्थानीय भाषाको पठनपाठनलाई निरन्तरता, १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण, २५ वटा पार्क निर्माण, एक हजार ७०० सडकबत्ती जडान, एक हजार ५०० मिटर पैदलमार्ग निर्माण, ४२ किलोमिटर सडक कालोपत्रे गर्नेलगायत काम चालु आर्थिक वर्षका प्रगति हुन् ।   आउँदो आर्थिक वर्षमा महानगरको नीतिमा एक वडा एक पार्क र एक खेल मैदान, सफा, स्वच्छ, सुन्दर, धुलोरहित महानगर, सुलभ फार्मेसी, स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र सञ्चालनलगायत विषय छन् । कम्तीमा पाँच हजार नयाँ रोजगारी सिर्जना, अर्गानिक खाद्य तथा तरकारीमा आत्मनिर्भर बनाउन सहयोग, सबै सडक कालोपत्रे गर्ने, खाल्टाखुल्टीरहित बनाउने, कम्तीमा एक लाख बिरुवा रोप्ने कार्यक्रम नीतिमा समेटिएका छन् ।   नीति तथा कार्यक्रममा ‘गरिखाने शिक्षा, महानगरको इच्छा,’ ‘एक विद्यालय एक नर्स,’ ‘एक विद्यालय एक सामाजिक सहजकर्ता,’ ‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा,’ ‘सुलभ फार्मेसी,’ ‘धुलोरहित काठमाडौं,’ ‘सुन्दर महानगर,’ ‘उज्यालो सहर, मेरो महानगर’ जस्ता नारा समेटिएका छन् ।   यस्तै ‘संस्कृति, सम्पदा र पर्यटन, महानगरको धन,’ ‘न्याय चौतारी,’ ‘एग्रोपुलिङ्,’ ‘साथी महानगर,’ ‘एक टोल, एक खेलकुद पूर्वाधार,’ ‘डुबान समाधान,’ ‘सुशासनका लागि अनलाइन सेवा,’ ‘महानगरले देख्छ,’ ‘मेरो रहर, हरित सहर,’ ‘मिसन २१००’ जस्ता आकर्षक योजनाहरु समेटिएका छन् ।   विमानस्थलमा नेपाल भाषा महानगर प्रमुख साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भाषा प्रवाहको प्रबन्ध गर्ने भएका छन् । बुधबार महानगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गदैै साहले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने हवाई जहाजमा यात्रुको सुविधाका लागि स्थानीय नेपाल भाषामा प्रवाह गर्न प्रबन्ध गरिनेछ।’   काठमाडौंमा अवतरण हुने विमानमा अंग्रेजी र नेपाली भाषामा सूचना प्रवाह हुँदै आएकोमा नेबारीमा पनि गर्न लागिएको महानगरले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक शनिबार, साउन १७, २०८२
कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो शनिबार, साउन १७, २०८२
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध शनिबार, साउन १७, २०८२
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध बिहीबार, साउन १५, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार बिहीबार, साउन १५, २०८२
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट ! बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा  कार्कीले जितिन्  एक करोड रुपैयाँको पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा कार्कीले जितिन् एक करोड रुपैयाँको पुरस्कार
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP