Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फुर_गेल्जे_शेर्पा
  • #नेपाल_पर्वतारोहण_संघ
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #‘मिस टिन अर्थ २०२५
  • #नाउपा
  • #एचिभर नाइट ०८२ सम्पन्न
  • #विप्लव
  • #तीज_पर्व
Search Here
समाचार
  • Home
  • समाचार
  • ६८ दिनमा विपद्ले ७३ करोड क्षति, ७४ को मृत्यु
६८ दिनमा विपद्ले ७३ करोड क्षति, ७४ को मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार ७, २०८०
Bipad_Badi
- १ वैशाखदेखि ५ असारसम्ममा ७४ जनाको मृत्यु, २८ जना बेपत्ता र ३०० जना घाइते -एक हजार ५०४ वटा विपद्जन्य घटना -७३ करोड ११ लाख ६२ हजार क्षति - दुई हजार १७६ घरपरिवार प्रभावित - यस वर्ष मनसुनजन्य घटनाबाट १२ लाख ५४ हजार १८१ जना प्रभावित हुने
  काठमाडौं- विपद्का घटनाहरूमा परी पछिल्ला ६८ दिनमा ७४ जनाले ज्यान गुमाएका छन् । २८ जना बेपत्ता छन् । तीन सय जना घाइते भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यतिका संख्यामा मानवीय क्षतिका घटना गत १ वैशाखदेखि ५ असारसम्ममा भएका हुन् ।   यस अवधिमा एक हजार ५०४ वटा विपद्जन्य घटना भए । ७३ करोड ११ लाख ६२ हजार बढीको क्षति भएको छ । दुई हजार १७६ घरपरिवार प्रभावित भएका छन् ।विपद्का घटनामा पछिल्ला दिन भने मनसुनजन्य घटना घटिरहेका छन् । देशको पूर्वी क्षेत्रको प्रदेश कोशीका पहाडी जिल्लाहरू पाँचथर, ताप्लेजुङ र संखुवासभा बढी प्रभावित छन् । अर्बौंको क्षति भएको छ । पाँचथरमा मात्रै तीन जनाको मृत्यु भएको छ । तीन जना अझै बेपत्ता छन् । ताप्लेजुङमा छ जनाको मृत्यु भएको छ । संखुवासभामा २२ जना बेपत्ता छन् । घर, पुल, गोठलगायतका कयौं संरचनामा क्षति पुगेको छ । सार्वजनिक भएका घटना विवरणअनुसार सबैभन्दा बढी पछिल्ला ६८ दिनमा आगलागीमा परी १४ जनाको मृत्यु भएको छ । हिमपहिरोबाट १२ जनाको मृत्यु हुँदा दुई जना घाइते छन् । ११ जनाको चट्याङले लागेर मृत्यु हुँदा ७६ जना घाइते छन् । मनसुन सक्रिय भएपछिको वर्षाका कारण देशका ठाउँठाउँमा गएको ७२ वटा पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । पाँच जना बेपत्ता छन् । १० जना घाइते छन् । प्राधिकरणका अनुसार पहिरोबाट २४३ घर परिवार प्रभावित छन् । विपद्जन्य घटनामै पर्ने बाढीबाट सात जनाको मृत्यु हुँदा अझै २२ जना बेपत्ता छन् । उच्च उचाइ अर्थात् लेक लागेर चार जना र हुरी बतासबाट एक जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्राधिकरणले यस वर्ष १२ लाख ५४ हजार १८१ मानिस विपद्जन्य घटनाबाट प्रभावित हुने प्रक्षेपण गरेको छ । सर्वाधिक मधेस प्रदेश र त्यसपछि कोशी प्रदेश बढी प्रभावित हुने प्रक्षेपणमा उल्लेख छ । मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न देशको ३४ ठाउँमा स्मार्ट साइरन (ठूलो आवाजमा विपद्बारे सन्देश सम्प्रेषक यन्त्र) जडान गरिएको छ । तर, हालै मनसुनजन्य विपद्का घटना भएका पाँचथर, ताप्लेजुङ र संखुवासभामा भने जडान गरिएको छैन । ‘बर्सेनिजस्तो विपद्का घटनाबाट बढी प्रभावित बाँके, बर्दियालगायत जिल्लाका नदी प्रणालीमा स्मार्ट साइरन जडान गरेका छौं । करिब चार किलोमिटर दूरीसम्म ठूलो स्वरमा विपद् घटनाबारे सूचना सम्प्रेषण हुन्छ,’ उनले प्रभावसँग भने, ‘तर पाँचथर, ताप्लेजुङ र संखुवासभाका नदी प्रणालीमा जडान गरेका थिएनौं । अब जोड्छौं ।’ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको मौसम विश्लेषणलाई आधार मान्दा आज (बिहीबार) दिउँसो कोशी, मधेस र बागमती प्रदेशका ठाउँठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यी प्रदेशहरूमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावनासमेत रहेको छ । राति भने देशभर सामान्य बदली रहनेछ । कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले खोला तथा नदीहरूमा बाढी आउनसक्ने जोखिम हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्ला दिन मनसुनजन्य विपद्का घटनाहरू बाढी, पहिरो, भारी वर्षाका घटना दिनहुँजसो भइरहेका छन् । विपद् जोखिम प्राधिकरणले कोशीमा तीन लाख एक हजार १४३ जना मनसुनजन्य घटनाबाट प्रभावित हुने जनाएको छ । त्यहाँभन्दा अलि बढी मधेसमा चार लाख तीन हजार १८० जना, लुम्बिनीमा एक लाख ९९ हजार ८६२ जना, सुदूरपश्चिमा एक लाख ४७ हजार ६० जना, बागमतीमा ९६ हजार ८५८ जना, गण्डकीमा ६९ हजार ७४४ जना र कर्णालीमा ३५ हजार ३३३ जना प्रभावित हुने अनुमान गरेको छ । मनसुनजन्यमध्येको एउटा घटना पहिरोको उच्च जोखिममा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ओखलढुंगा, ललितपुर, नवुाकोट, धादिङ, तनहुँ, स्याङजा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन् । बाढीबाट प्रभावित हुने जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपर छन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक शनिबार, साउन १७, २०८२
कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो शनिबार, साउन १७, २०८२
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध शनिबार, साउन १७, २०८२
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध बिहीबार, साउन १५, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार बिहीबार, साउन १५, २०८२
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट ! बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा  कार्कीले जितिन्  एक करोड रुपैयाँको पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा कार्कीले जितिन् एक करोड रुपैयाँको पुरस्कार
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP