Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
Uncategorized
  • Home
  • Uncategorized
  • समाजवाद ल्याउन समाजवादी मोर्चा
समाजवाद ल्याउन समाजवादी मोर्चा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ४, २०८०
Morcha copy
- नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (एस), नेपाल समाजवादी पार्टी (नेसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मोर्चामा समेटिने -मोर्चा निर्माणको १५ बुँदे आधार - वामदेव गौतम मोर्चाबाहिरै  
 काठमाडौं - समाजवादी र प्रगतिशील धारका पाँच राजनीतिक दल सम्मिलित ‘समाजवादी मोर्चा नेपाल’ आज घोषणा हुँदै छ । मोर्चा बनेपछि संसद्को तेस्रो ठूलो शक्ति हुने ठानिएको छ । मोर्चामा सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (एस), नेपाल समाजवादी पार्टी (नेसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समेटिँदै छन् ।   नेकपाबाहेकका चार दलको संसद्मा प्रतिनिधित्त्व छ । यी दलहरू मोर्चाको नामबाट एक ठाउँमा आउँदा संसद्मा ५४ सिटसहित तेस्रो बलियो शक्ति हुनेछ । मोर्चाको घोषणासभालाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेसपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने बताइएको छ । माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार देशमा समाजवाद ल्याउन मोर्चा औचित्यसिद्ध हुनेछ ।   ‘संविधानको प्रस्तावनामै नेपाल ‘समाजवादउन्मुख’ भनिएको छ । फेरि देशमा समाजवादलाई राजनीतिक गन्तव्य मान्ने दलहरू थुप्रै छन्,’ उनले प्रभावसँग भने, ‘एउटा विचार, एउटै सिद्धान्त र एउटै गन्तव्यमा पुुग्ने दलहरू एक ठाउँमा उभिनु जरुरी छ । त्यही भएर देशमा साँच्चै समाजवाद ल्याउन मोर्चाको औचित्य पुुष्टि हुनेछ ।’   मोर्चा एकाएक गठन हुन लागेको भने होइन । गत वर्षको मंसिरमा चुनाव हुनुअघि नै मोर्चा गठनको औपचारिक थालनी भएको थियो । प्रधानमन्त्रीको दल माओवादीले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकतत्त्वको कार्यदल गठन गरेको थियो । कार्यदललाई विचार र सिद्धान्त मिलेका दलहरूबीच भए एकता नभए मोर्चा गठनका लागि संवाद गर्ने कार्याधिकार थियो ।   अर्को दल जसपाले वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा र नेकपा एसले महासचिव डा. बेदुराम भुसाल संयोजकत्वमा कार्यदलहरू गठन गरेका थिए । कार्यदलमा आबद्ध नेताहरूले प्रारम्भिक चरणमा दलको राजनीतिक दस्तावेज साटासाट गरेका थिए । विभिन्न चरणमा कार्यदलको बैठकसमेत बसेको थियो । तर, पटक–पटक बसेको बैठक र संवादले तीन दललाई एकता प्रक्रियामा जोड्न भने सकेन । मोर्चामाचाहिँ समाहित गर्न कार्यदलहरू सफल देखिए ।   सुरुमा तीन दल मिलेर बन्ने भनिएको मोर्चामा हाल भने पूर्वप्रधानमन्त्री भट्टराईको दल नेसपा र विप्लव नेतृत्वको नेकपा समेटिएका हुन् । शनिबारसम्म त भट्टराईको दल मोर्चामा सहभागी नहुने विवरणहरू आएका थिए । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकपछि भने भट्टराई पनि मोर्चामा सहभागी हुन सहमत भएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।   ‘उहाँ (डा. बाबुराम) पनि मोर्चामा आउन सहमत हुनुभयो । बीचमा नआउने कि भन्ने थियो तर उहाँ आउने निश्चित भयो,’ उनले भने, ‘मोर्चा घोषणासभालाई उहाँले पनि सम्बोधन गर्दै हुनुुहुन्छ ।’मोर्चामा आबद्ध दलहरूमध्ये सबैभन्दा बढी माओवादीको ३२ सिट छ । ३२ मध्येमै माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट निर्वाचित नेसप ाका सांसद महेन्द्रराय यादव पनि समेटिएका छन् । जसपाको १२ सिट र नेकपा एसको १० सिट छ । नेकपा भने निर्वाचनमा सहभागी भएन । यससँगै मोर्चा ५४ सिटसहित संसद्को तेस्रो ठूलो शक्ति देखिने भएको हो । मोर्चाको संगठन संरचना स्थानीय तहसम्मै विस्तार गरिने बताइएको छ । मोर्चाको नेतृत्व प्रणाली भने चक्रिय हुने भनिएको छ । मोर्चा निर्माणको आधार संविधानको रक्षा, कार्यान्वयन, समयसापेक्ष संशोधन, परिमार्जन र विकासका साथै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न भनिएको छ ।   तर, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सबै अग्रगामी, परिवर्तनकारी, देशभक्त दल, व्यक्ति र सामाजिक अभियन्ताहरूलाई साथ लिएर राष्ट्रियस्तरमा समाजवाद प्राप्तिको बहस गर्न र त्यसबारे कार्यनीति बनाउन मोर्चा प्रभावकारी हुने दाबी गरे । मोर्चाले देशलाई राजनीतिक निकास दिने पनि उनको ठोकुवा छ । यद्यपि, संसद्को प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने समाजवादी मोर्चा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन गठन गर्न लागिएको टिप्पणी गरेका छन् । यस्तो मोर्चाको औचित्य नहुने उनको बुझाइ छ ।नेपाली कांग्रेसले भने मोर्चाबारे प्रतिक्रिया जनाएको छैन । अन्य दलहरू पनि घोषणा हुन लागेको मोर्चालाई लिएर टिप्पणीमा उत्रिएका छैनन् ।   मोर्चा नेताहरूका १५ प्रतिबद्धता -संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने - नेपालमा सदियौंदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैंगिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्ने - मानव विकास सूचाकांकमा पछाडि परेका मधेस, कर्णाली र सेती–महाकाली लगायत पछाडि पारिएका क्षेत्र र जनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने - राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारू, पिछडा वर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्ग लगायत सीमान्तकृत समुदायहरूको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने - जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने - वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने - आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने साथै गरिबी उन्मूलन र रोजगार प्रवद्र्धनका क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहका सरकारहरूलाई क्रियाशील बनाउने -वैज्ञानिक भू–उपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगिकीकरण, व्यवसायीकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउनेस ऊर्जा, जलश्रोत, वन, उद्योग, वाणिज्य, पर्यटन, सूचना प्रविधि, भौतिक पूर्वाधार, यातायात लगायतको क्षेत्रलाई आर्थिक समृद्धिको संवाहकका रूपमा विकास गर्ने - शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने, सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने - जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक विपदका कारण उत्पन्न नकारात्मक असर नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने - गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक प्रशासन चुस्त–दुरूस्त बनाउने, अनुगमन र मूल्यांकनको परिपाटी स्थापित गर्ने, सामग्रिक योजना तर्जुमा गर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखा परेको अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, कमिसनतन्त्र जस्ता अपराध र विकृति नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने - संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबीचको क्षेत्राधिकार स्पष्ट पार्ने, देशको राजस्व तथा स्रोतसाधनहरू सन्तुलित र न्यायोचित रूपमा बाँडफाँट गर्ने र राज्यका तर्फबाट प्रदान गरिने सेवा–सुविधाहरू जनतामा पु¥याउन प्रदेश तथा स्थानीय तहलाई सक्षम बनाउँदै संघीय समाजवादी प्रणालीलाई समृद्ध गर्ने - देशको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न एवं जनताको समृद्धिका लागि संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधार मानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अबलम्वन गर्ने - नेत्रविक्रम चन्द, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले बेहोर्दै आएको मुद्दा खारेजी गर्ने - विगतका विभिन्न कालखण्डमा भएका आन्दोलनका कारण विभिन्न दलका नेतारकार्यकर्तामाथि लगाइएका मुद्दाहरूको खारेजी र राजबन्दी रिहाइका लागि आवश्यक कानुनी र राजनीतिक पहल गर्ने, विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौताहरू कार्यान्वयन गर्ने -समाजको विविधतायुक्त चरित्रअनुरूप राष्ट्रिय, लोकतान्त्रिक र वैज्ञानिक संस्कृति प्रवद्र्धन गर्ने, जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभाव अन्त्य गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्ने र प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्ने - समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका शोषण, उत्पीडन र विभेद अन्त्य गरी समता, स्वतन्त्रता एवं न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने, श्रम–संस्कृतिलाई प्रोत्साहित गर्ने, श्रमजीवी जनताको पहलकदमीमा आर्थिक समृद्धिको माध्यमबाट आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
थप Uncategorized
जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरी छ :  प्रधानमन्त्री प्रचण्ड
जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरी छ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, असार १५, २०८०
साउदीमा थप ८५ जनालाई ‘एक्जिट भिसा’
साउदीमा थप ८५ जनालाई ‘एक्जिट भिसा’ बिहीबार, असार १४, २०८०
उकालो लाग्दै अण्डाको मूल्य
उकालो लाग्दै अण्डाको मूल्य सोमबार, असार ११, २०८०
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सघंको माग
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सघंको माग बिहीबार, असार ७, २०८०
कृषि क्रान्तिको कार्यभार अधुरै : देव गुरुङ
कृषि क्रान्तिको कार्यभार अधुरै : देव गुरुङ बिहीबार, असार ७, २०८०
बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीमा जुट्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
बाढीपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीमा जुट्न प्रधानमन्त्री प्रचण्डको निर्देशन आइतबार, असार ३, २०८०
लोकप्रिय
  • Week
  • Month
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
इजरायल जान छनोट भएका केयर गिभरको स्वास्थ्य परीक्षण हुँदै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP