Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फुर_गेल्जे_शेर्पा
  • #नेपाल_पर्वतारोहण_संघ
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #‘मिस टिन अर्थ २०२५
  • #नाउपा
  • #एचिभर नाइट ०८२ सम्पन्न
  • #विप्लव
  • #तीज_पर्व
Search Here
समाचार
  • Home
  • समाचार
  • भक्तपुरमा ट्राफिक सचेतना कक्षा
भक्तपुरमा ट्राफिक सचेतना कक्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ३, २०८०
traffice-police
काठमाडाैं -    ‘तपाई कतै सस्तोमा सेकेण्ड ह्याण्ड सवारीसाधन खरिद गर्दै हुनुहुन्छ ? कतै चोरीको त परेन ? किनकी अचेल बजारमा चोरीका सवारीसाधन, नक्कली लाइसेन्स र नक्कली बिलबुकधारी धमाधम पक्राउ पर्न थालेका छन् ।” महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले आज यहाँ आयोजना गरेको सचेतना कक्षा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पोषराज पोखरलेले सवारीसाधन खरिद गर्दा सावधानी अपाउनुपर्ने बताए  ।   केही दिन अगाडि झण्डै रु एक करोड पर्ने गाडी रु १५ लाखमा खरिद गरेको पाइएको उल्लेख गर्दै उनले बिलबुक नक्कली रहेको पाइएपछि गाडीसहित चालकलाई पक्राउ गरिएको बताए  ।   चोरीका सवारी साधनदेखि नक्कली बिलबुक तथा नक्कली लाइसेन्सको बिक्री एवं प्रयोग बढेको पाइएपछि ट्राफिक प्रहरीले निगरानी बढाएको पोखरलेले बताए ।   प्रधानमन्त्री कार्यालयले सवारी साधनसम्बन्धी एप्स तयार पार्न लागेको उल्लेख गर्दै उनले भने, “प्रधानमन्त्री कार्यालयबाटै सवारी एप्स र नागरिक एप्स  कनेक्ट हुने गरी सफ्टवेयर बन्दैछ, केही महिनामै त्यो तयार भएपछि सवारी साधनका कागज बोकेर हिँड्नुपर्दैन, गल्ती गर्नेलाई कारबाही एवं जरिवानका लागि मोबाइलमै म्यासेज आउँछ ।” सवारी साधनको गति प्रतिघण्टा ५० किलोमिटरसम्म निर्धारण गरेपनि ५५ भन्दा बढी रहेको पाइए कारबाही गरिने उनले बताए  । “केही महिनामै उपत्यकामा सवारी नियम उलङ्घन गर्नेको गति सिसी क्यामराबाटै निगरानी गरी कारबाही एवं जरिवनाका लागि मोबाइलमा म्यासेज आउने गरी सिस्टम बनाउन लागेका छौँ”, पोखरलेले भने । कारबाही गर्दा पनि एकै व्यक्तिले पटक पटक सवारी नियम उलङ्घनमा कारबाही गर्नेको सङ्ख्या धेरै रहेको भन्दै उनले भने , “एउटै व्यक्ति दुई सय ३४ पटकसम्म कारबाहीमा परेको छ, २०० पटक कारबाहीपर्नेत धेरै छन्, १०० पटक भनदा बढी कारबाहीमा पर्ने हजारौँ छन्, कारबाही गर्ने नपर्ने गरी सवारी साधन चलाए दुर्घटना पनि कम हुन्छ, समस्या पनि आउँदैन ।” सडक नबढ्ने तर सवारीसाधन वार्षिक १० प्रतिशतले वृद्धि भइरहेको भन्दै उनले ३० टन क्षमताको सडकमा ओभरलोड बोकेर सवारी गुड्ने, तीव्र गतिमा गुड्ने, सर्भिस लेनमा वर्कसपदेखि सवारी पार्किङ, पेट्रोल पम्पको लाइन राख्ने अनि पैदलयात्री कहाँबाट हिँड्ने भन्दै सर्भिस लेनको प्रयोग गर्न स्थानीय सरकार लाग्नुपर्ने आैँल्याए  ।   भक्तपुरका बासिन्दाले ट्राफिक नियमको उलङ्घनमा पर्ने जरिवना तिर्न र सचेतना कक्षा लिन बग्गिखाना जान नपर्ने भन्दै पोखरलेले आजदेखिै भक्तपुरमै कक्षा लिन सकिने बताए  ।   कार्यक्रममा ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक राजु कार्कीले ट्राफिक नियम उलङ्घनमा हुने कारबाहीमा तोकिएको जरिवाना तिरेर सचेतना कक्षा लिन अब भक्तपुरमै आजैबाट सुरु भएको बताए  । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिव मानन्धर, यातायात व्यवसायी महासङ्घका नवीन प्रजापतिले सवारी दुर्घटना न्यूनीकरण र जाम घटाउन सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिँदै कोटेश्वरदेखि सूर्यविनायकसम्म ट्राफिक प्रहरीका पाँच पोष्ट स्थापना गरी सवारी निगरानी बढाएमा ५० प्रतिशतसम्म दुर्घटना न्यूनीकरण हुने बताए ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १८:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो शनिबार, साउन १७, २०८२
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध शनिबार, साउन १७, २०८२
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध बिहीबार, साउन १५, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार बिहीबार, साउन १५, २०८२
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट ! बिहीबार, साउन १५, २०८२
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा  कार्कीले जितिन्  एक करोड रुपैयाँको पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा कार्कीले जितिन् एक करोड रुपैयाँको पुरस्कार
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP