Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फुर_गेल्जे_शेर्पा
  • #नेपाल_पर्वतारोहण_संघ
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #‘मिस टिन अर्थ २०२५
  • #नाउपा
  • #एचिभर नाइट ०८२ सम्पन्न
  • #विप्लव
  • #तीज_पर्व
Search Here
समाचार
  • Home
  • समाचार
  • भरतपुर भ्रमण वर्षको तयारी सुरु
भरतपुर भ्रमण वर्षको तयारी सुरु
सम्झना राई
सम्झना राई आइतबार, असार ३, २०८०
rhino
भरतपुर– सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउने तयारी थालिएको छ । चितवनको भरतपुर महानगरपालिकाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भ्रमण वर्ष मनाउन लागेको हो ।
देशकै प्रमुख पर्यटकीय गन्तव्य रहेको भरतपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन भ्रमण वर्ष मनाउन लागिएको हो । महानगरका पर्यटन विज्ञ सल्लाहकार विश्व सुवेदीका अनुसार महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको ५०१ सदस्यीय मूलसमिति बनाइएको छ ।
दाहाल नै संयोजक रहेको पाँच सदस्यीय निर्देशन समिति छ । यो समितिमा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन महाशाखा प्रमुख र सदस्य सचिवमा पर्यटन विज्ञ सुवेदी छन्। उपप्रमुख अधिकारी संयोजक रहेको कार्यसम्पादन समिति बन्दैछ । विभिन्न उपसमिति बन्ने क्रममा छन् । कतिपय समितिले काम थालेका छन् । भ्रमण वर्षको लोगो तयार भइसकेको छ भने नारा तयहुँदै गरेको सुवेदीले जानकारी दिए । सूचनाका लागि ब्रोसर, वृत्तचित्र र एप बन्दैछ । सङ्घ र प्रदेशमा विभिन्न प्रस्ताव पेस गरिएको छ ।
महानगर प्रमुख दाहालले महानगरको गन्तव्य राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न, पर्यटकको सङ्ख्या र बसाइँअवधि वृद्धि गर्न भ्रमण वर्ष मनाउन लागिएको बताए । उनले महानगरभित्रका नयाँ गन्तव्य पहिचान गरी प्रचारप्रसार गरिने जानकारी दिए । महानगरभित्रका पर्यटकीय गन्तव्यको पूर्वाधार विकास र सौन्दर्यकरण गरिने दाहालको भनाइ छ । उनले भने “भ्रमण वर्षका अवसरमा सङ्घ, प्रदेश र राष्ट्रियस्तरका ५० भन्दा बढी कार्यक्रम गर्ने योजनामा छौँ ।” भरतपुर देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको भन्दै उनले भ्रमण वर्षको कार्यक्रमले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताए ।
उपप्रमुख अधिकारीले महानगरभित्र पहिचान भएका महत्वपूर्ण ३० पर्यटकीय गन्तव्य रहेको बताए । ती मध्ये मेघौली, पटिहानी, नारायणी सि बीच मोडल, बीस हजारी ताल, देवघाट धाम, चौकीडाँडा गरी सात वटालाई प्रमुख गन्तव्यको रुपमा राखेर प्रबद्र्धन गरिँदै आएको बताए ।
अधिकारीले भने “कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भ्रमण वर्ष प्रभावकारी हुनेछ ।” राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्वार भरतपुर महानगरका धेरै ठाउँबाट रहेका छन् । निकुञ्जको धेरै जनावर पाइने पश्चिमी क्षेत्र महानगर हुँदै प्रवेश गरिन्छ ।
सूर्योदयका लागि चौकीडाँडादेखि सूर्यास्तका लागि गोलाघाटसम्म भरतपुरमा पर्दछन् । त्यसो त पवित्र तीर्थस्थल देवघाटधाम, गणेशधामलगायत धार्मिकस्थल पनि यहाँ रहेका छन् । महानगरपालिका राप्ती र नारायणी नदीको बीचमा रहेको छ । दुवै नदी पर्यटन प्रबद्र्धनका लागि महत्वपूर्ण मानिन्छन् । चितवन देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । पछिल्लो समय जिल्ला आउने खर्चिला पर्यटकको रोजाईँ भरतपुर महानगरको पटिहानी, जगतपुर, मेघौली हुने गरेको छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो शनिबार, साउन १७, २०८२
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध शनिबार, साउन १७, २०८२
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध बिहीबार, साउन १५, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार बिहीबार, साउन १५, २०८२
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट ! बिहीबार, साउन १५, २०८२
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा  कार्कीले जितिन्  एक करोड रुपैयाँको पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा कार्कीले जितिन् एक करोड रुपैयाँको पुरस्कार
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP