Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फुर_गेल्जे_शेर्पा
  • #नेपाल_पर्वतारोहण_संघ
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #‘मिस टिन अर्थ २०२५
  • #नाउपा
  • #एचिभर नाइट ०८२ सम्पन्न
  • #विप्लव
  • #तीज_पर्व
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रधानमन्त्री दाहाल मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनमा
प्रधानमन्त्री दाहाल मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनमा
सम्झना राई
सम्झना राई शनिबार, असार २, २०८०
PRO_KTM_PRACHANDA_6F8A1014
  सिन्धुपाल्चोक –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची गएका छन । प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बाग्मती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए । गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले स्थलगत अवलोकन गर्दै आएका छन । उनका साथमा खानेपानी मन्त्री महिन्द्र राय यादव रहेका छन । आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री दाहालले स्थानीय पदाधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो । वर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो । काठमाडौं उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवम् दीर्घकालीन रूपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्‍याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो । सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान ९हेडवर्क० निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ । सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ । २०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रूपमा काठमाडौं उपत्यकामा वितरण थालिएको थियो । २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले मुख्य सुरुङबाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो । मुहानमा मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो ।
प्रकाशित मिति: शनिबार, असार २, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो शनिबार, साउन १७, २०८२
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध शनिबार, साउन १७, २०८२
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध बिहीबार, साउन १५, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार बिहीबार, साउन १५, २०८२
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट ! बिहीबार, साउन १५, २०८२
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा  कार्कीले जितिन्  एक करोड रुपैयाँको पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा कार्कीले जितिन् एक करोड रुपैयाँको पुरस्कार
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP