काठमाडौं - आरोप प्रमाणित भएमा राजीनामा दिन तयार रहने प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बताएका छन् ।
आफूमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएमा राजीनामा दिन तयार रहेको प्रस्तावित प्रधानन्यायाधीश कार्कीले बताएका हुन् ।
संसदीय सुनवाइ समितिमा शुक्रबार समिति सदस्यहरुले आएका उजुरीहरुबारे प्रश्न गरेका थिए ।
जवाफमा उनले त्यसमा कुनै सत्यता नभएको बताए ।
उनले अघि भने, ‘ममाथि लागेको कुनै पनि आरोपमा सत्यता छ भन्ने प्रमाणित भयो भने राजीनामा दिएर बाहिरिनेछु ।’
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १०:५४