कपिलवस्तु - कपिलवस्तु जिल्लाबाट १ लाख ९८ हजार १ सय ७० रुपैयाँ बराबरकाे चोरीपैठारीको सामान सशस्त्र प्रहरीले बरामद गरेकाे छ ।
कपिलवस्तु नगरपालिका ३ स्थित सेमरहवा ईलाकाबाट जेठ ३१ गते सशस्त्र प्रहरीले १ लाख ९८ हजार १ सय ७० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको हाे ।
भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको सामान सशस्त्र प्रहरी बल नेपाल वीओपी मर्यादापुरले बरामद गरेको हो ।
प्रहरीले बरामद सामान सुठौली भन्सार कार्यालयमा बुझाएकाे छ ।