पर्सा - सशस्त्र प्रहरीले पर्सा जिल्लाबाट २५ लाख भन्दा बढिको अवैध सामान बरामद गरेको छ ।
विरगञ्ज महानगरपालिका १० आदर्शनगर ईलाकाबाट २५ लाख २५ हजार ६ सय रुपैयाँ बराबरको अबैध सामान जेठ ३१ गते दिउँसो सशस्त्र प्रहरीले बरामद गरेको हाे ।
२ वटा ठेलामा लोड गरी भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको बिल बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो ।
सामान ल्याउने ब्यक्तिहरु भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडी फरार भएका थिए । बरामद गरिएको मध्ये विल विजक विनाको सुटिङ्गको कपडा ५ लाख ७० हजारको तथा अन्य लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् गरी १९ लाख ५५ हजार ६ सय रुपैयाँको रहेको छ ।
बरामद सामान आवश्यक कारवाहीको लागि बुधबार नै बिरगंज भन्सार कार्यालयमा बुझाएको छ ।