Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • उजुरीकर्ताले संसदीय समितिमाथि नै उठाए प्रश्न
उजुरीकर्ताले संसदीय समितिमाथि नै उठाए प्रश्न
सम्झना राई
सम्झना राई बिहीबार, जेठ ३२, २०८०
Hari krishna Karki
Hardik health
- उजुरीकर्ताको विरोधका कारण बुधबार लेखा समितिको हल तनावग्रस्त - प्रश्न सोध्ने कि मोडालिटी बनाउने भन्ने विवादमा उजुरीकर्ता र सांसदहरुबीच चर्काचर्की - उजुरीकर्ता पेसेवार भएको सांसदहरुको आरोप, कर्मकाण्डी छलफल गरेर टार्न खोजेको उजुरीकर्ताको आरोप काठमाडौं– संसद्ीय सुनुवाइ समितिको काम हो, अरुलाई प्रश्न सोधेर ¥याख¥याखती पार्ने । संवैधानिक निकायहरुका लागि प्रस्तावित व्यक्तिहरुको वैधता र योग्यता जाँच्ने । तर, बुधबार भने संसद्ीय सुनुवाइ समितिको वैधतामाथि नै प्रश्न उठेको छ ।   सुनुवाइ समितिले दिउँसो प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी हालेका उजुरीकर्तालाई छलफलमा बोलाएको थियो । उजुरीकर्ता सिंहदरबारमा रहेको संघीय संसद्् सचिवालयको लेखा समितिको हलमा बेलैमा आइपुगे छलफलका लागि । समितिले ‘वान बाई वान’ छलफलमा बोलाएपछि उजुरीकर्ता असन्तुष्ट बने । उजुरीकर्ताको माग थियो – एकैसाथ छलफलमा बोलाइयोस् । तर समितिले त्यसो गरेन । त्यसपछि उजुरीकर्ताले समितिको बैधतामाथि प्रश्न गर्दै संसद्को सचिवालयमै निवेदन दियो ।   ‘संयुक्त कार्य सञ्चालन नियमावली, २०८० पारित भयो भनेर पत्रिकामा आएको थियो । यसैअनुसार सुनुवाइ समिति गठन भयो र उजुरी आह्वान गरियो भनियो । अहिले हेर्दा त्यो नियमावली राजपत्रमा प्रकाशित नै भएको रहेनछ,’ कार्कीविरुद्ध उजुरी दिएका जिल्ला न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले भने । उनले राजपत्रमा प्रकाशित नभएकाले समितिमाथि मात्रै प्रश्न उठेको बताए । उजुरीकर्ताले सुनुवाइ समितिमा निवेदन दिएर समिति नै वैध नभएकाले उजुरीबारे छलफल गर्नु उपयुक्त नभएको तर्क गरेका थिए ।   ‘नियमावली राजपत्रमा वैधानिक ढंगले प्रकाशन नभएकाले कानुनका रूपमा कार्यान्वयन हुन चाहिने आधारभूत पूर्वसर्त पालना हुन नसकी सो नियमावली गुपचुप ढंगले तयार पारिएको,’ निवेदनमा भनिएको छ । उजुरीकर्ताले निवेदन पेस गर्दै गर्दा सांसदहरुबीच पनि कुरा मिलेको थिएन ।   उजुरीकर्ताको विरोधका कारण बाहिर त तनावग्रस्त थियो नै । उजुरीकर्तालाई बाहिरै राखेर समिति सदस्यमात्रै उजुरी कसरी व्यवस्थित बनाउने भन्नेबारेमा छलफल भयो । केही सदस्यले उजुरीलाई सामान्य र विशिष्ट गरी विभाजन गर्नुपर्ने बताए । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले उजुरीलाई विभाजन गरे उजुरीकर्ताकै अपमान हुने तर्क गरे ।   समितिमा उजुरीको प्रकृति हेरेर वर्गीकरण गर्नुपर्ने छलफल भए पनि उजुरीकर्तालाई नै प्रस्ट पार्नुपर्ने सांसदले बताएपछि सबै जनालाई बोल्ने अवसर दिने निचोडमा समिति पुगेको थियो । एमालेका सचेतक महेश बर्तौलाले सबै उजुरीलाई पालैपालो हेर्नुपर्ने र स्पष्ट गर्न उजुरीकर्तालाई समय दिनुपर्ने माग गरे ।   समितिका सदस्यले उजुरीकर्ताले प्रस्तावित न्यायाधीशलाई दुःख दिनकै लागिमात्रै पनि निराधार प्रश्न गरेकोसमेत बताएका थिए । उजुरीकर्ताले दिएको निवेदनमा पनि उक्त विषय उल्लेख गरिएको छ । ‘उहाँमाथि केही जायज प्रश्न पनि होलान् तर कतिपयले उजुरी दिनकै लागि दिएका छन्,’ समितिका सदस्य तथा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले भनेका थिए । आफूहरुलाई पेसेवार उजुरीकर्ताजस्ता आरोप लगाउन खेदजनक भएको उजुरीकर्ताको निवेदनमा उल्लेख छ ।   प्रधानन्यायाधीश बन्दै कार्की विवादकाबिच २९ जना उजुरीकर्तामध्ये ७ जनाले एक्ला एक्लै र अन्यले जनाले सामूहिक रूपमा धारणा राखेको समितिका सभापति तथा ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बताए । जेठ २९ मा बसेको समितिको बैठकले जेठ ३१ मा उजुरीकर्तालाई र ३२ मा प्रस्तावित प्रधानन्यायाधीशलाई समितिको बैठकमा बोलाएको थियो ।   संवैधानिक परिषद्ले वैशाख २५ मा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । उजुरीकर्ताले समिति सदस्यहरूले दलीय भागबन्डाभन्दा बाहिर निस्कन नसकेको, सुनुवाइ कर्मकान्डी बनाउन खोजेकोसमेत आरोप लगाए ।   सबै उजुरीकर्तालाई बोलाएपछि सभापति कार्कीले शुरुमै प्रश्न राख्न भने । तर उजुरीकर्ताले भने छलफलको मोडालिटीबारे पहिले कुरा हुनुपर्ने उजुरी कर्ता र सांसदहरुबिच चर्काचर्की नै भयो । उजुरीकर्ताले आफूहरूले प्रस्तावित प्रधानन्यायाधीशलाई नै प्रश्न गर्न पाउनुपर्ने माग गरेका थिए । कार्कीसँग प्रश्नोत्तर गर्न नपाइने भएपछि उजुरीकर्ताले बहिस्कार गरेर बाहिरिएका थिए । ‘जो नाक थुनेर हिँड्नुपर्ने बदनाम मानिस हो उसलाई साउनको १९ गते कार्यकाल सकिन्छ भनेर पत्र थमाइसकेको अवस्था छ ।   त्यस्तो व्यक्तिलाई ल्याउनका लागि ज्ञानेन्द्रबहादुर कार्कीले हामीलाई अनौठो प्रश्नोत्तरमा फसाउने षड्यन्त्र गर्नुभयो,’ वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले बैठक बहिस्कार गरेपछि आक्रोश पोखे । उजुरीकर्ता बहिस्कार गरेर हिँडेपछि बैठकको अन्तमा कार्कीलाई सञ्चारकर्मीले सोधे – वैधानिकतामाथि नै प्रश्न उठेको छ नि समितिको ? जवाफमा सभापति कार्कीले भने – हामी जननिर्वाचित सदस्य र त्यसबाट बनेको समिति भएकाले कसैले वैध कि अवैधभन्दा जवाफ दिनुपर्छ भन्ने लाग्दैन ।   समितिले आज बिहान ८ बजे प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएको छ । उक्त कार्य योजनापछि भने सांसदले प्रश्न गर्नेछन् । आजै कार्की प्रधानन्यायाधीशमा नियुक्त हुने र शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाउने तयारी रहेको बताइन्छ । को हुन् हरिकृष्ण कार्की ?   स्थायी घर ओखलढुंगा भएका कार्की हाल काठमाडौं सुविधानगर बस्दै आएका छन् । कार्की १७ साउन २०७३ मा सर्वोच्चको न्यायाधीश भएका थिए । न्यायाधीश हुनुअघि उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा महान्यायाधिवक्ता थिए ।   भएपछि २०७२ असोजमा ओली नेतृत्वको सरकारमा महान्यायाधिवक्ता बनेका उनले न्यायाधीशमा सिफारिस भएपछि २०७२ फागुनमा पदबाट राजीनामा थिए । त्यसअघि उनी नेपाल बारका अध्यक्ष भएका थिए ।   २०७० देखि २०७२ सम्म नेपाल बार एसोसियसनको अध्यक्ष भएका उनी नोटरी पब्लिक काउन्सिलको अध्यक्षसमेत भएका थिए । सर्वोच्चमा करिब सात वर्ष न्यायाधीशमा सेवा गरेका कार्कीको सेवाकालमा कुनै खोट देखिएको छैन । चोलेन्द्रशमशेर सर्वोच्चबाट बिदा भएपछि गत भदौ ५ मा कायममुकायम प्रधानन्यायाधीश बनेका कार्कीको कार्यकाल १९ साउनसम्म कायम रहनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP