बारा - स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित व्यक्ति पक्राउ परेकाे छ । बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित मंगलबार एक व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरेकाे छ ।
बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतस्थित पुर्वी चम्पारणका राम निवास प्रसाद यादपलाई विओपी बरैनियाले नियन्त्रणमा लिएको जनाएकाे हो ।
नियन्त्रणमा लिईएका यादबलाई बरामद रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाइएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० १०:४७