काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा उपचारका लागि सिंगापुर उडेका छन् । सिंगापुर एयरलाइन्सको विमानमार्फत मंगलबार राति देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवापत्नी आरजु भने सोमबार नै त्यसतर्फ उडेकी छन् ।देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा दुई–दुई वर्षमा ‘फलोअप’मा जानुपर्ने थियो ।
२०७८ असारमा देउवा प्रधानमन्त्री बनेपछि व्यस्तताका कारण ‘फलोअप’का लागि सिंगापुर जाने परिस्थिति बनेन ।१४औं महाधिवेशन र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कारण देउवाको ‘फलोअप’ रोकिएको थियो ।
देउवाले २०७० यता सिंगापुरको माउन्ट एलिजाबेथ हस्पिटलमा उपचार गराउँदै आएका छन् । पेटमा समस्या रहेको देउवा यसपटक यही रोगको फलोअपका लागि सिंगापुर उडेका हुन् ।चार वर्षपछि देउवा दम्पतीको सिंगापुरमा उपचार हुने भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० ०८:२६