Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #किम_जु
  • #किम_जोङ_उन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘झिंगेदाउ’लाई उत्कृष्ट फिचर फिल्मको अवार्ड, मुकुन र दीया उत्कृष्ट अभिनेता–अभिनेत्री
‘झिंगेदाउ’लाई उत्कृष्ट फिचर फिल्मको अवार्ड, मुकुन र दीया उत्कृष्ट अभिनेता–अभिनेत्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २८, २०८०
IMG_6058
Hardik health
काठमाडौं-  दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) मा उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले जितेको छ । काभ्रेको भकुण्डेबेंसीमा शनिबार आयोजित समारोहमा गतवर्षको हिट फिल्ममध्ये उत्कृष्ट फिचर फिल्मको अवार्ड ‘झिंगेदाउ’ले पाएकाे हाे । शुक्रबारबाट भएको महोत्सव उत्कृष्ट फिल्मलाई अवार्ड वितरण गर्दै शनिबार साँझ समापन गरिएको हो ।महोत्सवमा उत्कृष्ट फिचर फिल्म पटकथाको अवार्ड ‘प्रकाश’बाट विकास सुवेदीले प्राप्त गरेका छन्  । चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा फिचर फिल्मतर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘झिंगेदाउ’बाट मुकुन भुषालले प्राप्त गर्दा उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘प्रकाश’बाट दीया मास्केले पाइन् । फिचर फिल्म जुरी अवार्ड ‘प्रकाश’ले पाएका छन्   । निर्देशक दीनेश राउतले उक्त अवार्ड ग्रहण गरे । उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गरेका छन्  । उत्कृष्ट फिचर फिल्म छायाँकारको अवार्ड पनि ‘डेसान’ले प्राप्त गरे । छायाँकार चक्र बहादुर महर्जनले उक्त अवार्ड हात पारेका छन्  । उत्कृष्ट डकुमेन्ट्री अवार्ड फिल्म ‘हल्कारा’ले प्राप्त गर्यो । निर्देशक दयाराम घिमिरेले उक्त अवार्ड ग्रहण गरे । उत्कृष्ट सर्ट फिल्म निर्देशक म्युजिकल्ली अवार्ड ‘कथा एकादेशको’ लागि दीपक आचार्यलाई प्रदान गरियो । उत्कृष्ट भाषिक फिल्मतर्फको अवार्ड गुरुङ फिल्म ‘आफ्नै कर्म’ले  प्राप्त गरेकाे छ  । उत्कृष्ट सर्ट फिल्म जुरी अवार्ड ‘परिवर्तन’बाट सरिता भारतीले प्राप्त गरेकाे छ। उत्कृष्ट सर्ट फिल्म निर्देशकको अवार्ड पनि ‘परिवर्तन’बाट डब्बु क्षेत्रीले प्राप्त गरेका छन्  । उत्कृष्ट सर्ट फिल्मको अवार्ड भने ‘चरित्र’लाई प्रदान गरेकाे छ। उत्कृष्ट सर्ट फिल्म अभिनेताको अवार्ड ‘परिवर्तन’बाट प्रवण भुसालले प्राप्त गरे । उत्कृष्ट सर्ट फिल्म अभिनेत्रीको अवार्ड ‘चरित्र’बाट श्रोता आचार्यले जितिन् । आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक दीपेन्द्र लामा, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, अभिनेता उत्तम केसी,निर्माता संघका कोषाध्यक्ष ज्योती राइ लगायतले अवार्ड प्रदान गरेका थिए । महोत्सवका लागि छनोट भएका फिल्म त्यहाँ प्रदर्शन गरिएपश्चात अवार्ड वितरण गरिएको थियो । महोत्सवको जुरी टिममा फिल्म सम्पादक भरत रेग्मी, चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा र कलाकार सुवास गजुरेल थिए । महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय तीन फिल्मकर्मीहरु निर्देशक जनक खकुरेल, अभिनेता राज तिमल्सिना र निर्देशक उत्तमप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । त्यस्तै, चलचित्र पत्रकार अशेष अधिकारीलाई नगद सहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार समेत प्रदान गरिएको थियो । अवार्ड वितरण समारोहमा बोल्ने वक्ताहरुले यस प्रकारको महोत्सवले नेपाली चलचित्रको प्रवद्र्धन र दर्शक बढाउनमा भूमिका खेल्ने बताएका थिए । शनिबार निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र ओस्कार कलेजका प्रिन्सिपल रामराजा दाहालको मास्टर क्लास समेत आयोजना गरिएको थियो । अभिनेता मुकुन भुसालले केही समय विद्यार्थीहरुसँग चलचित्रको बारे भलाकुसारी समेत गरेका थिए । तीन दर्जन बढी फिल्मकर्मी महोत्सवमा सहभागी हुन भकुण्डेबेसी पुगेका थिए । ग्रामीण परिवेशमा बनेका मौलिक फिल्मलाई महोत्सवमा सहभागी गराइएको थियो । गाउँठाउँमा बनेका फिल्महरु गाउँमै बसेर हेर्न पाउँदा स्थानीयहरु हर्षित देखिन्थे । आयोजक संस्थाका अध्यक्ष सापकोटाले आगामी वर्ष पनि ग्रामीण चलचित्र महोत्सवलाई निरन्तरता दिइने बताए
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP