Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम
फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २८, २०८०
krisi mantralaya
Hardik health
पाँचथर-  पुष्पलाल (मध्यपहाडी) राजमार्गलाई लक्षित गरी जिल्लाका दुई पालिकामा काष्ठफल तथा फलफूल विकास कार्यक्रम सञ्चालन हुने भएको छ । एसियाली विकास बैंकको सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सञ्चालन गर्न लागेको कार्यक्रम पाँचथरका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकामा सञ्चालन हुने भएको हो । मध्यपहाडी क्षेत्रमा फलफूल बालीको बगैँचा विस्तार गरी फलफूल तथा काष्ठफलको उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना र कृषकको आयस्तर वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम लागू गरिएको आयोजनाको कार्यान्वयन एकाइ विराटनगरका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए । मध्यपहाडी क्षेत्रमा कागजी बदाम, घिउफल, स्याउ, सुन्तला, जुनार, कागतीसहितका सुन्तलाजातका फलफूल, किवीफल, पिकानट्स, ओखर, म्याकाडेमियानट्सजस्ता फलफूल र तरकारीबाली आयोजनाका लक्षित बाली छन् । कार्यक्रम कोशी प्रदेशमा सात जिल्लाका २२ स्थानीय तहमा सञ्चालन हुने आयोजना प्रमुख डाँगीले जानकारी दिए । कोशी प्रदेशमा दुई हजार दुई सय हेक्टरमा आयोजना विस्तार गर्ने लक्ष्य राखिएको छ । आयोजना कार्यान्वयनका लागि कृषकले प्रत्येक ब्लकमा एक हेक्टर क्षेत्रफल काष्ठफल तथा फलफूल लगाउनुपर्छ । यसमा एक जना किसानले न्यूनतम चार रोपनी क्षेत्रफलमा काष्ठफल तथा फलफूल लगाउनुपर्ने आयोजनाले व्यवस्था गरेको छ । आयोजना कार्यान्वयनका लागि स्थानीय तहका उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा स्थानीय समन्वय समिति गठन हुने र सोही समितिले आयोजना कार्यान्वयन हुने क्षेत्र, अनुदान व्यवस्थालगायत निर्णय गरी सिफारिस गर्ने व्यवस्था गरिएको छ । आयोजनाको स्किम–२ अन्तर्गत उद्यमी/कृषक समूह/सहकारीलाई फलफूल बगैँचा तथा तरकारी फार्म विकासमा ५० प्रतिशत अनुदान, स्किम–३ मा आयोजना लक्षित बालीहरूको मूल्य अभिवृद्धिमा ५० प्रतिशत अनुदानका कार्यक्रम समावेश गरिएको आयोजनाका प्रदेश प्रमुख डाँगीले जानकारी दिए । आयोजनाको अनुगमन रुपरेखाअनुसार स्न २०३० सम्ममा लाभग्राही कृषकको कृषि आयमा १० प्रतिशतले वृद्धि गर्ने, आयोजना लागू भएका ५० स्थानीय तहले कम्तीमा ५० प्रतिशत कृषक घरपरिवारमा कृषि सूचना परामर्श प्रदान गर्ने, कम्तीमा ४० वटा नर्सरीसँग साझेदारी गर्ने, कम्तीमा १० वटा निजी नर्सरीमा रोगमुक्त बिरुवा उत्पादन गर्न सहायता प्रदान गर्ने लक्ष्य राखिएको छ । आयोजना आर्थिक वर्ष २०८६/८७ सम्म सञ्चालन हुने छ । आयोजनाले मुख्यतः एक पालिकामा एक सय हेक्टरको बगैँचा स्थापना गर्ने सोच राखेको आयोजनाका प्रदेश प्रमुख डाँगीको भनाइ छ । आयोजना सञ्चालनबारे शुक्रबार फिदिममा जनप्रतिनिधि तथा सरकोरवालासँग आयोजित अन्तक्र्रियाका सहभागीले लक्षित बाली थप गर्नुपर्ने, सिँचाइको सुविधा विस्तार गर्नुपर्ने तथा बाली फल दिन सक्षम नभएसम्म कृषकलाई अतिरिक्त अनुदान दिनुपर्ने सुझाव दिए । पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेले बजार सुनिश्चित गर्न, वास्तविक कृषकले सहजै आयोजनाको लाभ लिन तथा अनुदान प्राप्त गर्ने व्यवस्था गर्न, निजी क्षेत्र र सहकारीको भूमिकालाई प्रभावकारी बनाउन सुझाव दिए । कृषक समूह महासङ्घका गणेशप्रसाद पोखरेलले उत्पादित फलफूल तथा काष्ठफलको बजार सुनिश्चितताका लागि घरेलु उद्योग स्थापना तथा प्रशोधनको व्यवस्था गर्न सुझाव दिए । हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले कार्यक्रमको प्रभावकारिताका लागि सिँचाइ बाधक हुनसक्ने भन्दै सोको प्रबन्ध गर्न आग्रह गरे। फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले कम आय भएका परिवारको आयस्तर उकास्न कार्यक्रमलाई सदुपयोग गर्ने योजना नगरपालिकाले बनाउने बताए  । यस्तै जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बेले कार्यक्रमलाई जिल्लाका अन्य स्थानीय तहमा पनि विस्तार गर्न आग्रह गरे  ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP