Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • बद्लिदो सकारात्मक सोचका कारण आँखादान दाताको सङ्ख्या बढ्दै
बद्लिदो सकारात्मक सोचका कारण आँखादान दाताको सङ्ख्या बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २६, २०८०
Eye donation
Hardik health
काठमाडौं -  आँखा दान गर्नेको सङ्ख्या बढेसँगै  आँखाको नानीमा नेपाल आत्मनिर्भर निर्भर बनेको नेपाल आँखा बैंकका व्यवस्थापक शंक नारायण त्वयनाले बताएका छन् । आँखादान प्रतिको बद्लिदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको उनले बताएका हुन् ।  आज यहाँ आयोजित ‘आँखादान तथा सामुहिक श्रद्धाञ्जली सभा सम्बन्धी पत्रकार सम्मलेन’ मा सञ्चारकर्मीसँग अन्तरक्रियाका गर्दै उनले भने , “बैंकमा आँखाको नानी शुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने अहिले आँखाको नानी देश भित्रबाटै संकलन हुन्छ । ” उनका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउदै आएको छ ।  नेपाल आँखा बैंकमा हाल सम्म झण्डै १ लाख भन्दा बढी दाताले मृत्यु परयन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेका छन् भने १२ हजार भन्दा बढीले आँखाको नानी दान प्राप्त गरि पूनः दृष्टि प्राप्त गरेको उहाँले जानकारी दिए । नेपाल आँखा बैंकले सन् १९९४ मा दुई दाताबाट सुरु गरेर अहिलेसम्म आउदा वार्षिक एक हजार तीन सय दाताहरुबाट आँखाको नानी सङ्कल्न गर्दै आएको छ । सन् २०१८ मा एक हजार एक सय ७८ दाता र सन् २०२२ मा एक हजार ४३ दाताबाट आखाँको नानी सङ्कल्न गरेर प्रत्यारोपण गरेको छ । नेपाल आँखा बैंकका निर्देशक डा लिना बज्राचार्यले आँखादानप्रतिको बढ्दो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढेको बताइन् । उनले भनिन्, “सुरुवातको अवस्थामा पशुपतिको आर्यघाट लगायत विभिन्न ठाँउमा गएर आँखा दान सम्बन्धि मानिसहरुमा जनचेतना जगाई यस सम्बन्धी बुझायौ । अहिले मन्दिरदेखि अस्पतालसम्म दाताका आफन्तलाई ‘काउन्सिलिङ’  गरिरेहका छौ । आँखादानप्रतीको सोचमा सकारात्मक  परिवर्तन पाएका छौ ।” आँखा दान सम्बन्धी सचेतना बढेपनि अन्धविश्वासका  चुनौति बेनेको उहाँ बताउनुहुन्छ, “मृत्युपछि आँखाको नानी दान गर्नको सङ्ख्या दोब्बरले बढेको छ । तर कतिपय अझै पनि अन्धविश्वासका कारण दान गर्न हिचकिचाउनुहुन्छ । उहाँहरुलाई हामी सक्दो काउन्सिलिङ् गर्दै आएका छौ ।” नेपाल आँखा बैंकले सन् १९९४ देखि नै मृत्यु पश्चात आँखाको नानी दान गर्ने दाताहरुबाट नानी संकलन, परीक्षण र सञ्चय लगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने कार्य गर्दै आएको छ । बैंकले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लाहान, हेटौडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षत्रिय आँखा नानी संकलन केन्द्रबाट आँखाको नानी संकलन भैरहेको छ । “अहिले यी सँगै आर्यघाट विद्युतीय शवदाह गृह लगायत काठमाडौंमा रहेका ४ वटा ठूला अस्पताल वीर अस्पताल, त्रि.वि. शिक्षण अस्पताल, गंगालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैकबाट खटाइएका परामर्शदाताहरुले परामर्श तथा जानकारी दिने काम भैरहेको छ ”, बैंकका व्यवस्थापक त्वयनाले भनिन् । चिकित्सकका अनुसार आँखाको नानीमा संक्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा, अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारको कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ । आँखाको नानी रोग विशेषज्ञ चिकित्सक डा वन्दना खनालले नेपालमा दृष्टिविहिनको दोस्रो मुख्य कारण आँखाको नानी बिग्रिनु भएको बताइन् । उनले आँखाको नानीको प्रत्यारोपण गरि पुनः दृष्टि दिलाउन सकिने भन्दै आँखा दानसम्बन्धी सचेतना बढाउनुपर्नेमा जोड दिइन्  । पत्ररकार सम्मेलनमा मृत्युपछि आँखाको नानी दान गर्ने दाताहरुको सम्झना र सम्मानमा उनीहरुको परिवारको उपस्थितिमा शनिबार सामुहिक श्रद्धान्जली सभाको आयोजना गरिने बैंकका व्यवस्थापक त्वयनाले जानकारी दिए ।   उनले  भने, “ कोरोनाका कारण ३ वर्षमा सामुहिक श्रद्धान्जली सभा हुन सकेन । यही परम्परालाई निरन्तरता दिदै यस वर्ष तिलगंगा आँखा अस्पतालमा सामुहिक श्रद्धान्जिली सभाको आयोजना गर्दैछौ ।  सभामा दाताका आफन्त र आँखाको नानीबाट पुन दृष्टि पाएकाहरु सहभागि हुनुहुनेछ ।”  उनले यस सभाले आँखादानको महत्वबारे पनि सु–सूचित गर्ने विश्वास व्यक्त गरे ।  
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP