Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
समाचार
  • Home
  • समाचार
  • कृषि ‘प्रोफाइल’ निर्माण गर्दै शुक्लाफाँटा
कृषि ‘प्रोफाइल’ निर्माण गर्दै शुक्लाफाँटा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २५, २०८०
suklaphate
Hardik health
कञ्चनपुर - व्यावसायिक कृषिमा किसानलाई संलग्न गराउने उद्देश्यले जिल्लाको शुक्लाफाँटा नगरपालिकाले कृषिसम्बन्धी ‘प्रोफाइल’ निर्माणका लागि तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाएको छ । फार्म नेपाल संस्थासँग सम्झौता गरी नगरपालिकाले कृषि प्रोफाइल निर्माण थालेको हो । प्रोफाइल निर्माणका लागि किसानको घरधुरी सर्वेक्षण गर्न गणक परिचालन गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करन बुढाऐरले बताउनुभयो । उहाँका अनुसार कृषि प्राविधिकअन्तर्गत प्रविणता प्रमाणपत्र तह (आइएस्सी एजी)अध्ययन गरेका सात जना र स्नातक तह (विएस्सी एजी) अध्ययन गरेका तीन जनालाई गणकका रूपमा खटाइएको छ । गणकले किसान परिवारको अवस्था, सङख्या, जमिनको अवस्था, प्रकृति, सिँचाइको अवस्था, बाली लगाउने तरिका, तरकारी खेतीको तौरतरिका, खेती गर्ने प्रविधि, कृषि अाैजार उपकरणको अवस्था, सिञ्चित क्षेत्र, असिञ्चत क्षेत्र, व्यावसायिक कृषि फार्म, समूह, सहकारीलगायत तथ्याङक सङ्कलन गर्ने छन् । कृषि बजारको अवस्था र चुनौतीका बारेमासमेत जानकारी सङकलन गरिने कृषि शाखाका प्रमुख बुढाऐरले बताउनुभयो । प्रोफाइलमा कृषिसम्बन्धी विस्तृत जानकारी सङ्कलन गरी सोही अनुसार कृषकलाई व्यवसायिक बनाउन पहल गरिने उनको भनाइ छ । “डिजिटल प्रविधिको प्रयोग गरी प्रोफाइल बनाइने भएकाले प्रोफाइलमा प्रत्येक किसानको व्यक्तिगत विवरण(बायोडाटा) समावेश गरिएको हुन्छ”, प्रमुख बुढाऐरले भने, “गणकले सङ्कलन गरेका तथ्याङक र जानकारीको विश्लेषण गरी प्रोफाइल निर्माण गरिने छ ।” कृषि शाखा प्रमुख बुढाऐरले कृषि र कृषका बारेमा विस्तृत जानकारी प्राप्त भएपछि त्यसकै आधारमा नगरपालिकाले कृषिसम्बन्धी योजना बनाइ लागू गर्ने जानकारी दिए । उनका अनुसार माटोको नमूना सङ्कलन गर्ने तरिका सिकाउनका लागि नगरपालिकाका १२ वटै वडामा कर्मचारी खटाइएको छ । किसानलाई वडावडामा भेला गराई माटोको नमुना सङ्कलन गर्न सिकाउने कार्य भइरहेको बुढाऐरले बताए । यसपछि वडावडामा घुम्ती माटो परीक्षण शिविरका लागि भ्यान परिचालन गरी माटोको नमूना चेकजाँचको कार्य गरिने उनको भनाइ थियो । “माटोको नमूना परीक्षण पश्चात नतिजाका आधारमा किसानलाई माटो सुधारका लागि आवश्यक सुझाव दिनेछौँ”, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भने, “माटोको अवस्था यकिन भएपछि त्यसकै आधारमा किसानलाई अन्नबाली, तेहन, दलहन बाली, उखु, तरकारी खेतीका लागि सिफारिस गर्नेछौँ ।” ‘एक वडा एक बाली’को अवधारणलाई लागू गरिने उनको भनाइ छ । प्रोफाइल र माटो परीक्षणका आधारमा किसानलाई मल, विषादी, बीउ, सिँचाइका लागि स्यालो ट्युबेल, कृषि औजार र यन्त्र अनुदानमा उपलब्ध गराउने गरी कृषि विज्ञको सल्लाहमा योजना बनाउने प्रशासकिय अधिकृत भट्टले जानकारी दिए । उनले भने, “व्यावसायिक र आधुनिक तरिकाले कृषि गर्ने किसानलाई प्रोत्साहित गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।” नगरपालिकाका ९० प्रतिशत बासिन्दा कृषिमा आश्रित रहेको नगरप्रमुख रणबहादुर महराले बताए । उनका अनुसार यहाँका अधिकांश किसानले परम्परागत तरिकाले कृषि गर्दै आएका छन् । “थोरै मात्रै किसान व्यावसायिक कृषि कार्यमा संलग्न छन् । कृषिमा नगरपालिकालाई जिल्लामै उत्कृष्ट बनाउनका लागि प्रोफाइल निर्माणको कार्य अगाडि बढाइएका छौँ”, नगरप्रमुख महराले भने, “प्रोफाइलकै आधारमा कृषियोजना बनाइ लागू गर्नेछौँ ।” कृषि प्रोफाइलसँगै नगरपालिकाले ‘डिजिटल स्वाईल क्रोप म्याप’समेत निर्माण गर्ने जनाएको छ । कृषि प्रोफाइल निर्माणका लागि नगरपालिकाले रू १० लाख बजेट विनियोजन गरी परिचालन गरेको छ । माटोको नमुना सङकलन गर्न सिकाउनका लागि रू एक लाख र माटो परीक्षण शिविरका लागि रू एक लाख बजेट विनियोजन गरिएको नगरप्रमुख महराले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP