Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
Search Here
समाचार
  • Home
  • समाचार
  • किसान आकर्षित गर्न प्रविधिमा जोड दिइँदै
किसान आकर्षित गर्न प्रविधिमा जोड दिइँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २१, २०८०
SA_Baniyani-21jeth2
Hardik health
बनियानी - किसानलाई प्रविधिमा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले मेसिनमार्फत धान रोपाइँको तयारी गरेको छ । जिल्लाका चार पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । स्थानीय कृषि सहकारी संस्थाको सहकार्यमा विर्तामोड, कनकाई र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ५० जना किसानको ८० बिघा जग्गामा मेसिनमार्फत धान रोप्न बीउ राखिसकिएको छ । साथै १५ दिनपछि रोपाइँ सुरु हुने उनको भनाइ छ । “किसानलाई प्रविधिप्रति आकर्षित गर्न प्रदर्शनीका रुपमा काम सुरु गरेका हौँ”, उनले भने, “कृषि सहकारीसँग सहकार्य गरेर काम अघि बढाएका छौँ, धेरै किसान इच्छुकसमेत देखिनुभएको छ ।” धान रोप्ने मेसिनको प्रयोग गर्दा लागत घट्छ । एक बिघामा रोपाइँ गर्दा १५ जना रोपारलाई एक दिन लाग्छ भने मेसिनले रोपाइँ गर्दा आधा दिनमै रोपाइँ सकिने प्रमुख विष्ट बताए । मानिसले रोप्दा एक जना बराबर रू छ सयका दरले दैनिक ज्यालादारीे १५ जनाको रू नौ हजार लाग्ने तर मेसिनले रू चार हजार पाँच सयमा काम सकिने हुँदा किसानको झण्डै आधा रकम बचत हुने उनको भनाइ छ । “बीउ राख्ने बेलामा खर्च लागे पनि रोप्ने बेला उखेल्ने खर्च बच्छ”, उनले भने, “किसानलाई यसले धेरै राहत मिल्ने भए पनि प्रविधिबारे अझै अनविज्ञ र अन्योल रहेकाले प्रदर्शनीका रुपमा खेती गर्न लागेका हौँ ।” सरकारले अनुदानमा दिएको धान रोप्ने मेसिन कृषि सहकारीमा छन् । ती मेसिन प्रयोग गरेबापतको भाडा केन्द्रले तिरिदिने प्रमुख विष्टले बताए। किसानलाई अनुदानमा रकम दिनेभन्दा प्रविधि दिने उद्देश्यले काम अघि बढिरहेको उनले बताए। कृषि ज्ञान केन्द्र झापाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लागतमा मेसिन ल्याइएको हो । चालु आर्थिक वर्षमा केन्द्रले उक्त कार्यका लागि रू १५ लाख बजेटसमेत विनियोजन गरेको छ । यस पटक गरिएको खेती सफल भए अर्को वर्ष पाँच सय बिघामा मेसिनले धान रोप्ने केन्द्रको लक्ष्य छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सरकारले लागत सहभागितामा उपलब्ध गराएको हो ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा मंगलबार, कात्तिक १८, २०८२
भेडापालनमा भविष्य खोज्दै आस्मन
भेडापालनमा भविष्य खोज्दै आस्मन मंगलबार, कात्तिक १८, २०८२
मूल्य खस्किएपछि अदुवा किसान मारमा
मूल्य खस्किएपछि अदुवा किसान मारमा मंगलबार, कात्तिक १८, २०८२
सहकारीद्वारा मकैको पीठो बजारीकरण
सहकारीद्वारा मकैको पीठो बजारीकरण मंगलबार, कात्तिक १८, २०८२
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन
बाढीपहिरोबाट इलाममा ११ अर्ब ८१ करोड रुपैयाँको क्षतिको आकलन मंगलबार, कात्तिक १८, २०८२
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी
हाइटेक टनेलमा च्याउखेती गरी मनग्य आम्दानी सोमबार, कात्तिक १७, २०८२
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट
बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
सर्वसाधारण यात्रुलक्षित टेलिकमकाे फ्रि वाइफाइ  सञ्चालन
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP