Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • गणतन्त्रको १६ वर्ष ,स्थायित्वमा आशंका कायमै
गणतन्त्रको १६ वर्ष ,स्थायित्वमा आशंका कायमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १५, २०८०
dhawolsamser_rana
Hardik health
[caption id="attachment_66243" align="alignleft" width="150"] धवलशमशेर राणा-महामन्त्री, राप्रपा[/caption]
 
  राजासहितको हिन्दूराष्ट्र पक्षधर हामी गणतन्त्र विरोधी हौं । गणतन्त्र र संघीयताले देशलाई डुबायो ।-धवलशमशेर राणा-महामन्त्री, राप्रपा
    काठमाडौं– देशमा गणतन्त्रात्मक व्यवस्था सुरु भएको आज १५ वर्ष पूरा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले यो दिवसलाई गणतन्त्रका १५ वर्षको समीक्षासहित तीन दिनसम्म मनाउने घोषणा यसअघि नै गरिसकेको छ । ‘तीनै तहका सरकारले गणतन्त्र दिवस भव्य बनाउने छन्,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले भनिन्, ‘यसपटक सामान्य दिवसको रुपमामात्र नभई १५ वर्षको समीक्षा र आगामी रोडम्यापसमेत झल्कनेगरी दिवस मनाउँदै छौं ।’
[caption id="attachment_66238" align="alignright" width="176"] हितराज पाण्डे, प्रमुख सचेतक, माओवादी केन्द्र[/caption]
    संकटकालीन अवस्था गुजारेर जनयुद्धको जगमा जनआन्दोलन गरेर यहाँसम्म आइपुगेका छौं । जनतालाई प्रत्यक्ष अनुभूति गराउन डेलिभरि दिनुपर्नेछ ।हामी आफैं रुपान्तरित भएर जनताको अपेक्षा पूरा गर्नलाई अघि बढ्नुपर्छ ।         प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको गणतन्त्र दिवस मूल समारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दै छ । जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य भएको १६ वर्ष लाग्दै गर्दा सडकमा भने विभिन्न कोणबाट गणतन्त्रविरुद्ध आवाज उठ्न थालेको छ । प्रदेश खारेजीको मागसहित विभिन्न दलहरु सडकमा आउन थालेका छन् भने पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वदेखि पश्चिम दौडाहामा निस्किएका छन् । पहिलो संविधानसभाले २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेसँगै जेठ २९ गते श्रीपेच छाडेका पूर्वराजा शाहले पटक–पटक गणतन्त्रमाथि प्रश्न उठाइरहेका छन् । राजावादीहरुकै कुरा मान्ने हो भने अहिले राजाको पक्षमा माहोल बनिरहेको छ ।  
[caption id="attachment_66240" align="alignleft" width="195"] मीन विश्वकर्मा,प्रचार विभाग प्रमुख, नेका[/caption]   संघीयता प्रयोग नै गलत हो भनेर कोही–कोही लागिरहेका छन् । षड्यन्त्र भइरहेको बुझिन्छ । पूर्वराजाको पनि केही संलग्नता होला । घुसपैठबारे सरकारलाई पक्कै थाहा होला ।
          प्रति नै वितृष्णा पैदा हुने डर उत्तिकै छ । संघीय कानुन निर्माणमा ढिलासुस्ती उस्तै छ । यस्तो अवस्थामा धर्मनिरपेक्ष देशलाई राजासहितको हिन्दू राष्ट्र बनाउने उद्देश्यसहित भारतले पैसा लगानी गरेको रिपोर्टसमेत सार्वजनिक भएका छन् । राजाको विरोध गर्दै राप्रपा छाडेको कमल थापाको पार्टीले समेत आफ्नो प्रदेश कमिटी खारेज गर्दै प्रदेश सरकार खारेज गर्न माग गरेको छ ।
कसले कसरी मनाउँदै ? संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गणतन्त्र दिवसको अवसरमा जिल्ला जिल्लामा कार्यक्रमहरु आयोजना गरेको छ । पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार केन्द्रमा भने बजेटका कारण केही कार्यक्रम राखिएको छैन । ‘बजेट भाषण पनि त्यही दिन परेकोले पार्टीबाट राष्ट्रियस्तरको कार्यक्रम राखिएको छैन । जिल्लाले आ–आफ्नो तहमा कार्यक्रम राखेका छन्,’ विश्वकर्माले भने । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विचार गोष्ठीदेखि विविध कार्यक्रम आयोजना गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीका अनुसार १५ वर्षको उपलब्धिलाई समीक्षासमेत गरिनेछ । ‘गणतन्त्र दिवस नेपालको नागरिक राज्यसत्ताको मालिक भएको ऐतिहासिक दिन हो । विभिन्न ढंगले हामी कार्यक्रमहरु विचार गोष्ठी आयोजना गरेर मनाउँछौं,’ गिरीले प्रभावसँग भने, ‘पार्टीका विभिन्न तहमा कार्यक्रम आयोजना गरेर मनाउँछौं । नेपाली जनताले बलिदानीपूर्ण संघर्षले उपलब्ध गरेको ठूलो उपलब्धि हो । यसका विविध आयामका बारेमा समीक्षा पनि गर्छौं ।’ नेकपा माओवादी केन्द्र सरकारमा रहेको छ । यसैले माओवादी यसपटक सरकारले आयोजना गरेको औपचारिक कार्यक्रममा सहभागी हुने पार्टीका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए । ‘आफ्नो तर्फबाट सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्मान जनाउने । ठूलो त्याग र समर्पण गरी ठूलो आँशु पसिनाका बीचबाट हामीले गणतन्त्र प्राप्त गरेका छौं,’ पाण्डेले भने, ‘जनयुद्ध र जनआन्दोलनमा आफ्नो ज्यानको पर्वाह नगरी सडकमा उत्रनेहरुलाई आभार व्यक्त गर्दै हामीले गणतन्त्र दिवस मनाउँदै आएका छौं ।’ गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममासमेत सहभागी हुने पाण्डेले बताए ।राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कुनै कार्यक्रम आयोजना नगरेको पार्टीका महामन्त्री धवलशमशेर राणाले बताए । ‘हामी त गणतन्त्र विरोधी हौं । राजासहितको हिन्दूराष्ट्र पक्षधर हौं । हामी गणतन्त्रको कट्टर विरोधी,’ प्रभावसँग राणाले भने ।  
[caption id="attachment_66241" align="alignleft" width="150"] पदम गिरी,प्रमुख सचेतक, नेकपा एमाले[/caption]
 
जन्मको आधारमा शासन गर्न पाउनुपर्छ भन्ने संस्थालाई फेरि ल्याएर मुलुकले गति लिन्छ भन्ने कुरा फगत भ्रम हो । यसको सम्भावना पनि छैन ।-पदम गिरी,प्रमुख सचेतक, नेकपा एमाले
        संघीयता राजतन्त्रको सत्रु, फर्कने कुरा फगत भ्रम शीर्ष दलका नेताहरुले संघीयता राजतन्त्रको सत्रु भएकोले पछिल्लो चहलपहल भएको दाबी गरेका छन् । कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ मान्ने हो भने अहिले गणतन्त्रविरोधी षडयन्त्र भइरहेको छ । ‘राजतन्त्रका लागि मुख्य समस्या संघीयता हो । त्यसो भएकाले राजावादी संघीयताका विरोधमा लागेका छन् । संघीयता हटाउन सकिँदैन । संघीयता प्रयोग नै गलत हो भनेर लागि रहेका छन् । षड्यन्त्र भइरहेको बुझिन्छ,’ प्रभावसँग उनले भने, ‘पूर्वराजाको पनि केही न होला संलग्नता । घुसपैठबारे सरकारलाई पक्कै थाहा होला ।’ कांग्रेस संघीयताको उपलब्धि रक्षाका लागि कटिबद्ध रहेकोसमेत उनले बताए । ‘संविधानका उपलब्धि, संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता यो सबैको चाहनाबाट आएकोले हो । कसैको विरोध थियो होला,’ उनले भने, ‘तर, राष्ट्रिय सहमतिबाट हामीले बनाएका संविधानको उपलब्धि भएकोले नेपाली कांग्रेस यी उपलब्धिप्रति गौरव गर्दछ । र, यी उपलब्धि रक्षाका लागि नेपाली कांग्रेस कटिबद्ध छ ।’ प्रदेश संरचनाको विरोधमा खासै तुक नभएको उनको तर्क रह्यो । कोशीमा भएको आन्दोलनलाई संवादबाट सुल्झाउन सकिने विश्वकर्मा बताउँछन् ।‘प्रदेशको विषयमा संघीयता नयाँ प्रयोग हो । संघीयताको प्रयोग गर्ने सवालमा कहीँ अधिकारको विवाद भयो होला । कहीँ राजधानीको विवाद भयो होला । कहीँ नामको विवाद भइरहेको छ,’ उनी भन्छन्, ‘१ नम्बर प्रदेशमा मुख्य कठिनाइ भएको छ । प्रदेशवासीहरुबाट यसको विरोध भइरहेको छ । संवादबाट यसको समाधान निकाल्नुपर्छ भन्ने हाम्रो पार्टीको तर्फबाट प्रयास गरिराखेका छौं । हिंसाबाट मुलुकलाई बाहिर निकाल्नुपर्छ ।’ एमाले संसदीय दलका प्रमुख सचेतक गिरी पनि राजतन्त्र फर्कनेमा विश्वस्त छैनन् । ‘जन्मको आधारमा शासन गर्न पाउनुपर्छ भन्ने संस्थालाई फेरि ल्याएर मुलुकले गति लिन्छ भन्ने कुरा फगत भ्रम हो । यसको सम्भावना पनि छैन,’ गिरी भन्छन्, ‘पूर्वराजा भनेको देशमा राजनीतिक अस्थिरता मच्चाउने, कसैका राजनीतिक स्वार्थ पूरा गर्नका लागि यस्ता शक्तिहरुले कही न कहीँबाट प्रोभोक गर्ने काम भइरहेको छ । यसलाई हतोत्साही बनाउनुपर्छ ।’ प्रदेश संरचनाको विरोधबारे उनको मत विश्वकर्मासँगै मेल खान्छ । तर यसका लागि सही ढंगले कार्यान्वयन हुनुपर्ने गिरी बताउँछन् । ‘हाम्रो मुलुकमा संघीयता तीन तहको ढाँचा समस्या हैन । मुख्य कुरा के हो भने हामी संघीयता सही ढंगले कार्यान्वयन गर्न सक्नुप¥यो । अहिले पनि कर्मचारी व्यवस्थापन हुन सकेको छैन । निजामती ऐन आउन सकिरहेको छैन ।संघीय प्रहरी ऐन आउन सकिरहेको छैन । संघीया शिक्षा ऐन आउन सकिरहेको छैन,’ गिरी भन्छन्, ‘सही कार्यान्वयनका लागि नीति तथा कानुनहरु बनाउनुप¥यो । संघीयता बोझका रुपमा भन्दा पनि सही कार्यान्वयन र तीनै तहका सरकार जनताप्रति उत्तरदायी हुनुपर्ने देखिन्छ । यो संघीयताको विरोध गर्नुपर्ने बेला होइन ।’ माओवादी संसदीय दलका प्रमुख सचेतक पाण्डे राजतन्त्र आउँछ भनेर सोच्न पनि नसकिने तर्क गर्छन् । ‘यसकाविरुद्ध सशस्त्र जनमुक्ति सेना बनाएर युद्धमा गएर हामीले हाम्रा परिवारका सदस्य गुमाएर, बलिदान गरेर आएको गणतन्त्र आएको हो । देश फेरि पछाडि फर्कने भन्ने कुरा सोच्न पनि सकिन्नँ,’ पाण्डेले भने । संघीयता जोगाउन भने अझै संक्रमणकालीन न्यायका विषयहरु पूरा गर्नुपर्ने तर्क राख्छन् उनी । ‘शान्ति प्रक्रिया अझै पूरा भएको छैन । दुईवटा निर्वाचन सम्पन्न भइसक्यो । अहिले हामी संक्रमणकालीन न्यायसँग सम्बन्धित कुरा पूरा भएका छैनन् । संसद्बाट यस्ता विधेयकहरु पारित गरेर हामी अगाडि बढ्नुपर्छ,’ पाण्डेले भने । प्रदेश संरचना माटो सुहाउँदो प्रणाली भएको दाबी गर्दै उनले अहिले नै टिप्पणी गर्ने बेला भइनसकेको बताए । ‘नितान्त नयाँ अनुभवमा अघि बढेका हौं । सुरुसुरुमा अनुभवको कमीले जनताले चाहेजसरी अघि बढ्न सकेका छैनौ । हाम्रो संघीयता मौलिक खालको छ । नकारात्मक टिप्पणी गर्ने बेला अझै भएको छैन,’ उनले भने, ‘कयौ कुरा संविधानमा उल्लेख भएका कुरा अझै संयोजन हुन सकेका छैन । हामी अभ्यास गर्दै जाँदा निराकरण गर्दै जान्छौं । माटो सुहाउँदो मोडल हो यो ।’ शासनका क्रममा नेताहरुको कमीकमजोरी देखिएको र त्यसलाई सुधारेर समृद्धिको यात्रामा अघि बढ्नुर्ने सुझाव छ उनको । ‘हाम्रा कमीकमजोरी छन् । जनताले अपेक्षा छन् । फेरि निराश हुनुपर्ने अवस्था छैन । संकटकालीन अवस्था गुजारेर जनयुद्धको जगमा जनआन्दोलन गरेर यहाँसम्म आइपुगेका छौं । यो सामान्य कुरा हैन,’ पाण्डेले भने, ‘जनतालाई प्रत्यक्ष अनुभूति गराउन डेलिभरी दिनुपर्नेछ । निराशा भएर हैन आशावादी भएर समृद्धिको यात्रामा लाग्नुपर्छ । हामी आफैं रुपान्तरित भएर जनताको अपेक्षा पूरा गर्नलाई अघि बढ्नुपर्छ ।’ राप्रपा महामन्त्री राणाले भने आफूहरु राजतन्त्र फर्काउने अभियानमा लागेकोले परिवर्तनका पक्षमा जनताले साथ दिने दाबी गरे । ‘गणतन्त्र र संघीयताले देशलाई डुबायो । हामी परिवर्तनको पक्षमा छौं । राजाको पक्षमा यहाँ पश्चिममा जनताको लाइन लागेको छ । यही अभियानलाई हामीले साथ दिइरहेका छौं,’ राणाले भने ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP