Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भव्य नगर
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
  • #उत्तराखण्ड बाढी
Search Here
समाचार
  • Home
  • समाचार
  • पाल्पाको वसन्तपुर डाँडामा कामाख्या भगवती मन्दिर स्थापना
पाल्पाको वसन्तपुर डाँडामा कामाख्या भगवती मन्दिर स्थापना
सम्झना राई
सम्झना राई शनिबार, जेठ १३, २०८०
Kamakhya mandir palpa
लुम्बिनी– पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ । भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राणप्रतिष्ठाका लागि सुरु भएको महापुराण यही जेठ १८ गतेसम्म सञ्चालन हुनेछ । ‘कामाख्या भगवती मूर्ति प्राणप्रतिष्ठा अनुष्ठान समारोह’ नाम दिइएको यस पुराणमा जपात्मक, पाठात्मक र हवनात्मक विधिमार्फत वसन्तपुरमा निर्मित मन्दिरमा कामाख्या देवीको स्थापनार्थ कालिका पुराणको पाठपरायण र देवी महात्म्यासहितको भक्ति सङ्गीत गरिने छ । वनारसको विवेकाश्रम सांगदेवका आचार्यहरु, कामाख्या भगवतीको अनुष्ठान गरिरहेका साधक एवं नेपाली पुजारी तथा वेदाचार्य र नेपालका धर्मगुरु व्यासाचार्य किशोर गौतम सहितले कामाख्यादेवीलाई विधिपूर्वक आमन्त्रण गरी मन्दिर भित्र्याउनुभएपछि मूर्तिको प्राणप्रतिष्ठा अनुष्ठान महायज्ञ सुरु भएको हो । यसका लागि म्याग्दीको गलेश्वरबाट चक्रसहितको देवशीला (शालग्राम) गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा लगी त्यहाँ दुर्गा कवच स्तुति गरी त्यहाँका पुजारी र वेदाचार्यबाट विधिविधानका साथ त्यहीँको कुण्डको जलबाट अभिषेकसहित पूजापाठ र स्तुति गरी सो शिला र कामाख्या भगवतीको कुण्डको जल भरिएको कलश नेपाल भित्र्याइएको हो । यसरी ल्याइएको शिलालाई शास्त्रीय विधिअनुसार पूजा, अर्चना गरी वसन्तपुरमा निर्माण भएको मन्दिरमा स्थापना गरिएको धर्मगुरु व्यासाचार्य किशोरकुमार गौतमले जानकारी दिए । यहाँ निर्मित मन्दिरको मध्यभागमा विधिपूर्वक सो शिला राखेर गुवाहाटीस्थित कामाख्या भगवती मन्दिरमा राखिएकै स्वरुपमा निर्माण गरिएको गोलाकारको जलकुण्डमा उनीबाटै ल्याइएको कलशको जल राखी सो कुण्डमा निर्माण भएको अष्टकोणका वेदीमाथि कामाख्या भगवतीको मूर्ति प्राणप्रतिष्ठा आह्वान गरिएको व्यासाचार्य गौतमले जानकारी दिए । यसरी कामाख्या भगवती शक्तिपीठमा राख्नुपर्ने श्रीगणेश, दुर्गा, महादेव, विष्णु र सूर्यनारायण भगवानका मूर्ति राखी विधिपूर्वक प्राणप्रतिष्ठा र पुजन गरिएको छ । पाञ्चायान देवताका साथै कामाख्या मन्दिरमा रहेजस्तै पञ्चमुखी कामेश्वर महादेव र कामेश्वर शिवलिङ्गको पनि स्थापना गरिएको छ । शास्त्रीय विधि एवं वास्तुशास्त्रका आधारमा कामाख्या भगवतीको मन्दिर कामाख्या शैलीमा नै निर्माण गरिएको छ । यसका लागि करिब दुई वर्षअघि वैदिक सनातन गुरु लक्ष्मण गौतमसहितका आचार्य र लुम्बिनी केबलकारका इञ्जिनियरको समूह गुवाहाटीस्थित कामाख्या मन्दिर गई मन्दिरको संरचनाको शास्त्रीय महत्व र निर्माण शैलीको अध्ययन गरेर सोहीबमोजिमको मन्दिर यहाँ निर्माण गरिएको लुम्बिनी केबलकारका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिए । केबलकार आयोजनाअन्तर्गत नै यो मन्दिर पनि निर्माण गरिएकाले मन्दिरको मात्र निर्माण लागत नछुट्याइएकाले भन्न नसकिने उनले बताए । साउदले भने, “कामाख्या भगवतीको शास्त्रीय एवं आध्यात्मिक महत्वको अध्ययन धर्मगुरुले गरे र इञ्जिनियरको टोलीले उक्त मन्दिरको संरचना, कलात्मक शैली र वास्तुशास्त्रीय अध्ययन गरेर आयौँ । त्यसपछि सोही विधि र शैलीमा गएको दुई वर्षमा केबलकार निर्माणसँगै मन्दिर निर्माण गरेका हौँ ।” बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेसन रही सञ्चालनमा आएको लुम्बिनी केबलकारको टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा पर्दछ । बुटवल बजारबाट केबलकार चढेर पनि कामाख्या भगवतीको दर्शनका लागि जान सकिन्छ । पहिलेदेखि नै नै वसन्तपुरको यही स्थानमा स्थानीयले सामान्य देवीस्थानमा कामाख्या माईको पूजाआजा गर्दै आएकाले सोही स्थानमा सोही स्थानमा व्यवस्थितरुपमा र गुवाहाटीस्थित कामाख्या देवीकै स्वरुपमा मन्दिर निर्माण गरिएको जानकारी लुम्बिनी केबलकार प्रालिका प्रोजेक्ट इन्जिनियर सनि चौरसियाले दिए । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी तथा लुम्बिनी प्रदशेका अन्य धार्मिक पर्यटकीय क्षेत्रको अध्ययनमा आउने स्वदेशी तथा विदेशी धार्मिक एवं सांस्कृतिक पर्यटकका लागि कामाख्या भगवती मन्दिर एक नयाँ धार्मिक पर्यटकीय गन्तव्य हुने स्थानीय पर्यटन व्यवसायीहरु बताउँछन् । कामाख्या भगवती शक्तिपीठमध्येकी एक देवी हुन् । उनको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेकाले भारतमा बर्सेनि लाखौँ भक्तजन पुग्ने गरेका बताउँदै धर्मगुरु किशोर गौतमले भारतका गोरखपुर, लखनउलगायतका नेपालको सीमा क्षेत्रका भारतीय नागरिकका साथै सबै भक्तजनका लागि कामाख्या भगवतीको दर्शन यहीँ सहज हुने जानकारी दिए । शुक्रबारदेखि सुरु भएको सप्ताहव्यापी महापुराणको मूल आचार्यमा व्यासाचार्य गौतम हुन्। त्यस्तै यस महायज्ञमा भारतका गुवाहाटी र बनारसका साथै नेपालका ११ जना पण्डितले धार्मिक प्रवचन दिनेछन् । कामाख्या भगवती मन्दिर परिसरमा कैलाश पर्वत, वर, पीपल, ढुङ्गे धारा, कुण्ड, पोखरीलगायतका संरचना निर्माण भएका छन् । तल बुटवल बजार छ । माथि करिब एक हजार मिटर उचाइमा पातलो बस्ती रहेको यो डाँडामा यसअघि कुनै कामले खासै कोही मानिस नपुग्ने गरेकामा अहिले वसन्तपुरमा मन्दिर निर्माण भई आकर्षक धार्मिक गन्तब्य बनेपछि स्थानीय खुसी भएका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रहरीद्वारा ‘क्राइम ब्युरो’ चलाउने नक्कली प्रहरी पक्राउ
प्रहरीद्वारा ‘क्राइम ब्युरो’ चलाउने नक्कली प्रहरी पक्राउ सोमबार, साउन २६, २०८२
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते
सवारी दुर्घटनामा तीनको मृत्यु,१५ जना घाइते सोमबार, साउन २६, २०८२
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै
तीनवर्षमा सम्पन्न हुनुपर्ने पुल १४ वर्ष पनि अधुरै सोमबार, साउन २६, २०८२
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै
भूमि सम्बन्धी विधेयकको छलफल हुँदै आइतबार, साउन २५, २०८२
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन आइतबार, साउन २५, २०८२
पर्साको ठोरीमा पाटे बाघ मृत 
पर्साको ठोरीमा पाटे बाघ मृत  आइतबार, साउन २५, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP