Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • संसद्मा एमालेको जात्रा
संसद्मा एमालेको जात्रा
सम्झना राई
सम्झना राई शनिबार, जेठ १३, २०८०
amale n ssamsad
Hardik health
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण शुक्रबारको प्रतिनिधिसभा बैठक बस्न सकेन । संसद् अवरोध गर्नुको कारण थियो– पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा भ्रष्टाचार भएको भनी नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्ति । १० जेठको प्रतिनिधिसभा बैठकमा उनले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा विभिन्न भ्रष्टाचारका घट्ना भएको उल्लेख गर्ने क्रममा दाहालले सो अभिव्यक्ति दिएका थिए । एमाले सांसदहरुले दाहालको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शुक्रबार संसद् बैठक अवरुद्ध पारेका हुन् । एमाले सांसदहरूले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए । बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथको जलहरीमा सुनको सट्टा पित्तल लगाइएको र भ्रष्टाचार भएको भनी आरोप लगाएकाले त्यसबारे सरकारको स्पष्ट जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताएका थिए ।
– पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा भ्रष्टाचार भएको माओवादी सांसदको आरोप – एमालेलाई बद्नाम गराउन खोजेको भन्दै एमाले सांसदहरुद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध – आरोप पुष्टि हुने कुनै आधार नभएको एमाले अध्यक्ष ओलीको दाबी – आरोपबारे सरकारले जवाफ दिनुपर्ने ओलीको माग – माफी नमागेसम्म संसद् चल्न नदिने अडान, छानबिन समिति बनाउन माओवादीको माग
सभामुख घिमिरेले आसनग्रहण गर्न पटकपटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरूले रोस्ट्रम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए । बजेट अधिवेशनजस्तो महत्वपुर्ण समयमा संसद् अवरुद्ध गरेर एमालेले गैरजिम्मेवारीपन देखाएको छ । अपराह्न बसेको बैठक एमाले सांसदहरुले नारावाजीसहित अवरुद्ध पारेपछि सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । उक्त समयमा बैठक बस्न नसकेपछि पुनःअर्काे सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको थियो । त्यसबीचमा सभामुखले सहमतिका लागि सर्वदलीय बैठक राखे । तर, दलहरु आ–आफ्नो अडानमा रहँदा सहमति जुट्न सकेन र प्रतिनिधिसभा बैठक आज (शनिबार) ४ बजेसम्मका लागि स्थगित हुन पुग्यो । त्यसो त माओवादी सांसद दाहालले उठाएको विषय नयाँ भने होइन । महालेखापरीक्षकको कार्यालयले समेत यस विषयमा प्रश्न उठाइसकेको छ । महालेखापरीक्षकको ५९औं वार्षिक प्रतिवेदनमा सुन प्रयोग भए÷नभएको पुष्टि हुने कुनै कागजात पशुपति क्षेत्र विकास कोषबाट पेस नभएको उल्लेख गरिएको छ । प्रतिवेदनमा १० किलोभन्दा बढी सुनबाट रिङ बनेको बिल पेस नभएको, कालिगडलाई लागेको खर्चको विवरणसमेत पेस नभएको, सुन खरिदमा ८० करोड रुपैयाँ लागेको तर दाताले व्यहोरेको रकमको हिसाब लेखांकन नगरिएको औंल्याइएको छ । एमालेले उक्त विषयमा माफी माग्नुपर्ने अडान राखेको छ । तर, माओवादी केन्द्रले भने माफी नमाग्ने बरु छानबिन समिति गठन गर्ने प्रस्ताव गरेको थियो । त्यसमा एमाले सहमत तयार भएन । एमाले अध्यक्ष ओली स्वयंले पनि आरोप पुष्टि नहुने दाबी गरे । उनले एमालेलाई बद्नाम गराउन खोजेको बताए । संसद् बैठक अवरुद्ध गर्नु उचित भएकोसमेत उनले दाबी गरे । ‘आज संसद् अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार ग¥यो भनेर बोले,’ पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार ओलीले भने, ‘त्यस विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद् अवरुद्ध हुनैपर्छ ।’ यता माओवादी सांसद दाहालले भने संसद् अवरुद्ध गर्नुभन्दा छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । उनले आफूले उक्त विषय उठाएर संसदीय मर्यादा उल्लंघन नगरेकोसमेत बताए । तत्कालीन प्रधानमन्त्री वलीको पालामा बनाइएको जलहरी राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिलाई लगाइदिएकी थिइन् ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP