Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पूर्वराजाको संशयपूर्ण देशदर्शन
पूर्वराजाको संशयपूर्ण देशदर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १२, २०८०
gyanewww
Hardik health
के पूर्वराजा हिँड्न नपाउने ? जनताले सम्मान गर्न बोलाउँदा जान नपाउने ? देश डुब्न लाग्दा बोल्न नपाउने ? फणिराज पाठक, पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्रले जनताको शक्तिसामु झुक्दै नासोका रूपमा रहेको श्रीपेच जनतालाई नै सुम्पेर राजगद्दी त्याग गरेको १५ वर्ष पुग्न लागेको छ । उनको हैसियत त्यसयता नागरिकको रूपमा छ । तर, २०६२/६३ को जनआन्दोलनमा सरिक भएर ज्ञानेन्द्रलाई सत्ताच्युत गरेका राजनीतिक दलहरूका अनुसार भने उनको पछिल्लो सक्रियता नागरिकको नभई राजाको हैसियतमा जसरी भइरहेको छ । उनको यसप्रकारको सक्रियतालाई दलहरूले ठीक ठानेका छैनन् । उनी भने लगातार राजाकै भूमिकामा पदासीन भएको आभाष दिनेगरी देशदर्शनमा छन् । सोमबार उनी देशको पश्चिमी क्षेत्र सहर धनगढी पुगे । त्यहाँ नागरिक अभिनन्दन ग्रहण गरे र राजतन्त्र फर्काउन जनतालाई उक्साउँदै भने– अब सोच्ने बेला आएको छ । भारतको संस्थापन पक्षले हिन्दूराष्ट्र र राजसंस्थाको पक्षमा बोल्न नेपाली नेताहरूलाई पैसा दिने गरेको दाबीसहितको अमेरिकी प्रतिवेदन सार्वजनिक भएको अवस्थाबीच पूर्वराजा ज्ञानेन्द्रको यस्तो अभिव्यक्ति आएको हो ।
पूर्वराजालाई राजसंस्थालाई ब्युँताउने र अहिलेको राजनीतिक प्रणालीप्रति वितृष्णा जगाउने छुट छैन । देवेन्द्र पौडेल, सांसद, माओवादी केन्द्र
केही महिनाअघि देशको पूर्वी क्षेत्रको प्रदेश कोशीमा पुगेर पनि उनले अभिनन्दन ग्रहण गर्दै यस्तै आशयको अभिव्यक्ति दिएका थिए । यही मामिलामा केन्द्रित रहेर उनका संवादसचिव फणिराज पाठकलाई प्रभाव सम्वाददाताले सोधेका छन्, ‘के राजतन्त्र फर्काउन पूर्वराजाको सक्रियता भइरहेको हो ?’ ठकले यसलाई इन्कार गर्दै प्रतिप्रश्न गरे, ‘के पूर्वराजा हिँड्न नपाउने ? जनताले सम्मान गर्न बोलाउँदा जान नपाउने ? देश डुब्न लाग्दा बोल्न नपाउने ?’ २३ असार २०७६ मा सार्वजनिक भएको ज्ञानेन्द्रको ‘सन्देश संग्रह’मा उल्लेख भएको विवरणअनुसार २९ जेठ २०६५ मा पत्रकार सम्मेलन गर्दै उनी उदारतापूर्वक परिवर्तनकारी शक्तिहरूबाटै यो मातृभूमि (देश)को उत्तरोत्तर प्रगति होला कि भन्ने सोच राखेर नासोका रुपमा श्रीपेच सुम्पेर नारायणहिटी राजदरबारबाट निस्किएका हुन् ।
पूर्वराजाको हैसियतले जनताले बोलाउँछन् र सम्मान गर्छन् भने त्यो आपत्तिको विषय होइन । तर, उनले अहिले व्यवस्थाविरोधी र संविधानविरोधी गतिविधि बढाएको देखिन्छ । यो त आपत्तिको विषय भयो । सरकार चनाखो हुनुपर्ने देख्छु ।’- तारा लामा तामाङ,सांसद, नेकपा एमाले
तर, देशको उत्तरोत्तर प्रगति नभई देश संकटमा फसेको भन्दै उनी घरिघरी चिन्तासमेत व्यक्त गर्दै फेरि आफ्नो भूमिका आवश्यक भएको घुमाउरो शैलीमा बताउँछन् ।यतिसम्म कि गत वर्षको ७ फागुनमा प्रजातन्त्र दिवसको सन्देश दिँदै उनले ‘श्री ५ बडामहाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव’ लेख्न भ्याएका थिए । जबकि, उनी नागरिकको हैसियतमा छन् । तर, बहालवाला राजा भएजसरी सन्देश जारी गरेपछि उनको कडा आलोचना दलहरूबाट भएको थियो ।
भाजपाले भन्दा पनि नेपाली जनता पूर्वराजालाई अभिभावकीय भूमिकामा देख्न चाहन्छन् ।-सगुनसुन्दर लावती, प्रवक्ता, राप्रपा
अहिले पनि उनी संविधानले अस्वीकार गरेको राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना खातिर अघोषितरुपमा सक्रिय भइरहेका छन् । राजसंस्थालाई ‘सामन्तवादको प्रतीक’ र राजालाई ‘सामन्तवादको नाइके’ भन्दै दुवैको समुल अन्त्यलाई समेत राजनीतिक एजेण्डा बनाएर सशस्त्र विद्रोह गरेको दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल देशलाई पछाडि फर्काउने पूर्वराजा ज्ञानेन्द्र गतिविधिमा अकुंश लगाउनुपर्ने बताउँछन् । उनले थप भने, ‘पूर्वराजालाई राजसंस्थालाई ब्युँताउने र अहिलेको राजनीतिक प्रणालीप्रति वितृष्णा जगाउने छुट छैन ।’ यदि, राजतन्त्र फर्काउने र फेरि राजा हुने चाहना नै भए दल खोलेर जनतामा आउन उनको चुनौती छ । ‘लोकतन्त्रमा दल खोल्ने र राजनीति गर्ने छुट एक जना नागरिकको हैसियतमा पूर्वराजा ज्ञानेन्द्रलाई छ । त्यसरी आए भइहाल्यो । तर, अहिलेको राजनीतिक प्रणालीप्रति वितृष्णा जगाउने छुट उनलाई नभएको पौडेलले चेतावनी दिए । पूर्वराजा ज्ञानेन्द्र भने छ महिनाअघि भएको निर्वाचनको परिणामले हौसिएका छन् । किनभने, निर्वाचनमा व्यक्त अभिमतले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा घन्काउने राजा र हिन्दूवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राजनीतिक शक्ति बढायो । संघीय संसद्देखि प्रदेश संसद्सम्मै यो दलको आकार पाँच वर्षअघिभन्दा बढेको छ । अर्कातिर, राप्रपाको नेतृत्वमा राजेन्द्र लिङ्देन छन् र राप्रपादेखि अलग भएका नेता कमल थापाका अनुसार राप्रपामा ज्ञानेन्द्रको प्रभाव पनि बढेको छ । उनकै शब्दमा राप्रपा अध्यक्षमा भएको आफ्नो हार ज्ञानेन्द्रको हस्तक्षेपले हो । तर, के देखिन्छ भने ज्ञानेन्द्रको अघोषितरूपमा राजनीतिक सक्रियता बढ्दो छ । राजतन्त्र विरोधी अर्को दल नेकपा एमालेका सांसद तारा लामा तामाङ अहिले पूर्वराजा ज्ञानेन्द्रको सक्रियतालाई नियमन गर्नुपर्ने बताउँछन् । उनले पूर्वराजा ज्ञानेन्द्रले संविधानले नचिन्ने भूमिकामा रहेर व्यवस्था र संविधान विरोधी गतिविधि गरिरहेको बताए । त्यस्ता गतिविधिप्रति सरकार चनाखो हुनुपर्ने सांसद तामाङलाई लागेको छ । पूर्वराजाको हैसियतले जनताले बोलाउँछन् र सम्मान गर्छन् भने त्यो आपत्तिको विषय होइन । तर, उनले अहिले व्यवस्थाविरोधी र संविधानविरोधी गतिविधि बढाएको देखिन्छ,’ सांसद तामाङले भने, ‘यो त आपत्तिको विषय भयो । सरकार चनाखो हुनुपर्ने देख्छु ।’ फेरि, छिमेकी देश भारतमा कट्टर हिन्दूवादी दल भारतीय जनता पार्टी (भाजपा) लगातार सत्तामा छ । नेपाललाई हिन्दूराष्ट्र बनाउने दलको चाहना हो । भूराजनीतिक मामिलाका जानकारहरूका अुनसार राजा पनि फर्काउने यो दलको अभिष्ट छ । त्यही भएर पूर्वराजा ज्ञानेन्द्र सक्रिय भएको हुन सक्ने विश्लेषण भइरहेको छ । राजावादी दल राप्रपाका प्रवक्ता सगुनसुन्दर लावतीचाहिँ नेपाली जनताले राजालाई अभिभावकीय भूमिकामा देख्न भन्छन्, ‘भाजपाले भन्दा पनि नेपाली जनता राजालाई अभिभावकीय भूमिकामा देख्न चाहन्छन् ।’तर, लावतीको यस्तो दाबीलाई भने गत मंसिरमा भएको निर्वाचनको मतपरिणामले खारेज गरिदिएको छ । यदि, बहुसंख्यक जनता देशमा फेरि राजा चाहन्थे भने राप्रपाको बहुमत निर्वाचनमा आउँथ्यो । यद्यपि, राप्रपा राजा फर्काउन बल गरिरहेको छ । पूर्वराजा ज्ञानेन्द्र पनि अनुकूल परिस्थिति निर्माणमा कसरत गरिरहेका छन् । पूर्व जाँदा व्यवसायी दुर्गा प्रसाईं प्रयोग गर्ने उनी पश्चिममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर एवं राप्रपा महामन्त्री डा. धवलशमशेर राणा प्रयोग गरिरहेका छन् । उनी दुईपटक राजा भइसकेको व्यक्ति हुन् । पछिल्लोपटक १९ जेठ २०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि राजा भएका उनले १९ माघ २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गर्दै संविधानका केही धाराहरू निलम्बन गरेर प्रत्यक्ष शासन सुरु गरेका थिए । यो कदम नेपाली राजनीतिक इतिहासमा ‘ज्ञानेन्द्रको कू’ भनेर चर्चित छ । यसविरुद्ध तत्कालीन सात दल सडकमा ओर्लिए । विद्रोही दल नेकपा माओवादीसँगै सात दलको सहकार्य भयो । अन्ततः २०६२÷६३ को १९ दिने दोस्रो जनआन्दोलनले ज्ञानेन्द्रलाई घुँडा टेकायो । राजगद्दी त्याग्दै पूर्वराजाको हैसियतमा पुर्‍यायो । यद्यपि, उनै ज्ञानेन्द्र फेरि राजा हुन सक्रिय भइरहेका हुन् ।  
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP