Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • नक्कली शरणार्थी प्रकरण,३० जनाविरुद्ध मुद्दा, २८ करोड ८१ लाख बिगो दाबी
नक्कली शरणार्थी प्रकरण,३० जनाविरुद्ध मुद्दा, २८ करोड ८१ लाख बिगो दाबी
सम्झना राई
सम्झना राई बिहीबार, जेठ ११, २०८०
Nakali saranarthi prakaran
Hardik health
काठमाडौं– गिरोहसँग साँठगाँठ गरेर देशको अन्तर्राष्ट्रिय छविमा आँच पुग्नेगरी सरकारमै बसेर उच्च पदस्थ राजनीतिक नेतृत्व र कर्मचारीकै मिलेमतोमा भएको भुटानी शरणार्थी काण्ड अदालतमा पुगेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दाको अभियोजन गरेको छ । आरोपीहरूविरुद्ध २८ करोड ८१ लाख ७४ हजार ५०० रूपैयाँ बिगो माग दाबी पनि गरिएको छ । यो प्रहरीले सोमबार वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदनमार्फत दिएको रायभन्दा बढी हो । कार्यालय प्रमुख तथा सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेका अनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३० जनालाई विभिन्न कसूरमा मुद्दाको अभियोजन गरिएको छ । कार्यालयले ठगी, सरकारी कागजात कीर्ते, संगठित अपराध, राष्ट्रहित विरुद्धको अपराध, एकीकृत कसूर र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दाको अभियोजन गरेको हो । ‘संगठित भएर योजनाबद्ध तरिकाले मुनाफा आर्जन गर्ने उद्देश्यले अमेरिका वा तेस्रो मुलुक पुनर्वासका लागि पठाइदिन्छु भनेर नेपाली नागरिकलाई प्रलोभन पारेर ठगी गरेको देखियो,’ नेउपानले प्रभावसँग भने, ‘पन्थी कार्यदलको प्रतिवेदनका अनुसूचीहरू नै फेरदबल गरेर कीर्ते गरेको पुष्टि भयो । संगठित भएर अपराध गरेको देखियो र देशको अन्तर्राष्ट्रिय छविमा आँच आउने र अपमान हुने कार्य गरेको देखियो । यससँगै प्रतिवादीहरूको सम्पत्ति छानबिन हुनुपर्छ भनेर मुद्दा दायर गरिएको हो ।’ आरोपितहरूमाथि लगाइएका अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र कीर्तेसम्बन्धी कसूरमा छ । ती दुवै अभियोगमा सात–सात वर्ष जेल सजाय र ७०–७० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । राज्यविरुद्ध अपराधमा पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवानाको कानुनी प्रावधान छ । संगठित अपराधमा पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । एकीकृत कसूरमा पनि मुद्दा दायर भएकाले सबैभन्दा बढी सजाय हुने कसूरको आधा सजाय थप हुन्छ । आरोपीहरू पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालय मातहतको हज समिति अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, मुख्य योजनाकारहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, टंक गुरुङ, सागर राई, टोपबहादुरका छोरा सन्दीप, खाणका स्वकीय नरेन्द्र केसी, गोविन्द चौधरी र पूर्वसभासद आङटावा शेर्पा छन् । अन्य आरोपीहरू प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धीरेन राई, मोहनराज राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता साउदेन लिम्बू, निरञ्जनकुमार पोखरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, निरज राई र आशिष बुढाथोकी हुन् । वकिल कार्यालयले यी तीसै जना आरोपीलाई ठगीमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनुपर्ने माग गरेको छ । पीडितलाई मनासिव क्षतिपूर्ति भराउन पनि वकिल कार्यालयको माग छ । तत्कालीन गृहसचिव बालकृष्ण पन्थी संयोजकत्वको कार्यदलले सूचीकृत गरेको ४२९ जना भुटानी शरणार्थीको नाम उल्लिखित प्रतिवेदनको अनुसूचीहरू तत्कालीन गृहसचिव पाण्डेमार्फत बाहिर ल्याएर नक्कलीप्रति बनाएको अभियोगमा पनि तीसै जनालाई सरकारी कागज कीर्तेको कसूर लगाएको छ । यससँगै उनीहरूविरुद्ध आफूलाई लाभ हुने र अकुत सम्पत्ति कमाउने उद्देश्यले राष्ट्रहित प्रतिकूल काम गरेको र उनीहरूको यस्तो कार्यले नेपालको स्वाभिमान तथा अन्तर्राष्ट्रिय छविमा आँच पु¥याएको कसूर पनि लगाइएको छ । यस्तो कसूर रायमाझी, खाण, पाण्डे, रिजाल, इन्द्रजित र मियाँप्रति आकर्षित हुने भनिएको छ । सार्वजनिक पद धारण गरेका व्यक्ति भएकाले उनीहरूलाई राष्ट्रहितविपरीत कसूर गरेको अभियोगमा थप तीन वर्षसम्म कैद गर्न पनि सरकारी वकिल कार्यालयको माग छ । कार्यालय प्रमुख नेउपानले आरोपीहरूले एउटै विषयमा एकभन्दा बढी कसूर गरेको भन्दै एकीकृत कसूरको अभियोग लगाइएको बताएका छन् । आरोपीहरूमध्ये १४ जना अझै फरार छन् । फरार रहेकामा पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजितका छोरा निरज, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहनराज राई, दीपा हुमागाईं, विनिता साउदेन लिम्बू, सुनिल बुढाथोकी, निरञ्जनकुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल र आशिष बुढाथोकी हुन् ।  
कसको भूमिका के ? टोपबहादुर रायमाझी मुख्य योजनाकार र निर्णयकर्ता । ठगीबाट करोडौं आर्जन बालकृष्ण खाण एक करोड २४ लाख लिएपछि पन्थी कार्यदलको कार्यदेश थप टेकनारायण पाण्डे नक्कली प्रतिवेदन तयारकर्ता, छ करोडभन्दा बढी लिएपछि नेताहरूलाई गुहार डा. इन्द्रजित राई ठगीबाट पैसा उठाउँदै साढे चार करोडबाट जग्गा खरिद टेकनाथ रिजाल ३४ वटा नक्कली छापमा सहीछाप, ११ लाख लाभ   काण्डको थप अनुसन्धान चर्चित शरणार्थी काण्डमा पक्राउ परेका आरोपीहरूले पोलेकाहरूमाथि प्रहरीले अनुसन्धान थाल्ने भएको छ । सरकारी वकिल कार्यालयको अनुमतिबमोजिम प्रहरीले अनुसन्धान गर्न लागेको हो । यसअघि नै शरणार्थी काण्डमा एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकै श्रीमती सांसद नैनकला थापा, कांग्रेस सांसदहरू डा. आरजु राणा र मञ्जु खाणको नाम पक्राउ परेका आरोपीहरूले पोलेका थिए । अब उनीहरूलाई प्रहरीले अनुसन्धान गर्नेछ । जाहेरीकर्ताको दाबी गजेन्द्र बुढाथोकी– ९ करोड ७८ लाख रामकुमार रेग्मी– ३ करोड ८५ लाख प्रेमराज पन्थी– ३ करोड ६६ लाख भेषराज लम्साल– ३ करोड ३९ लाख ४७ हजार रोशन खरेल र गोकुल भट्टराई– १ करोड ६२ लाख सुमन दाहाल– १ करोड १४ लाख कुमार खड्का, प्रदीप फुयाँल र मिलन श्रेष्ठ– ७० लाख पेम्बा शेर्पा– ५४ लाख खगेन्द्र थेबे– ३० लाख मानबहादुर खत्री– २५ लाख दीलिप कार्की– २२ लाख रवीन्द्र कार्की– २० लाख डिलबहादुर कुसारी– २० लाख पदमसिंह खत्री– २० लाख शोभाराम राना क्षेत्री– २० लाख सन्दीप वली– २० लाख सुष्मा चन्द– २० लाख डम्बरबहादुर खत्री– १५ लाख ५० हजार समीर शिवाकोटी– १५ लाख रोशन शिवाकोटी– १५ लाख सन्तोष भट्टराई– १४ लाख ५० हजार भुवनसिंह लिम्बू– १० लाख   शरणार्थी काण्डमा पक्राउ परेकामध्येका केशव दुलालले पूर्वगृहमन्त्री थापालाई ६ जेठ २०७८ मा भएको राष्ट्रियसभा निर्वाचनअघि मन्त्री क्वाटर पुल्चोकमा बोलाएर नगदै तीन करोड लिएको बयान दिएका छन् । थापा पत्नी नैनकलालाई पनि एक करोड बुुझाएको बयान केशवको छ । प्रकरणमै मुछिएकी डा. आरजुले अढाइ करोड रुपैयाँ लिएको पक्राउ परेका गिरोह सन्देश शर्माको बयान छ । सांसद मञ्जुु खाणले साढे छ करोड लिएको बयान पनि सन्देश शर्माकै छ । अख्तियारका प्रमुख तथा पूर्वगृहसचिव प्रेमुकुमार राई, पूर्वगृहसचिव महेश्वर न्यौपाने, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, बागमती प्रदेशका पूर्वसांसद डा. अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितको नाम पनि पोलिएको छ । उनीहरूमाथि पनि प्रहरी अनुसन्धान हुने भएको छ ।
 
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP