Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम
बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम
सम्झना राई
सम्झना राई मंगलबार, जेठ ९, २०८०
money
Hardik health
काठमाडौं– बाढीपहिराले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोका कारण पीडित बनेकाहरुले घर बनाउनका लागि प्राप्त गर्ने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् ।
घर निर्माणपश्चात् ८२ बाढीपीडितले रु चार लाखका दरले पाउनुपर्ने रकममध्ये रु ५० हजारका दरले मात्रै पाएका छन् । घर निर्माण गरिसकेका बाढीपीडितले पाउनुपर्ने दोस्रो किस्ता  सात महिनादेखि पाउन सकेका छैनन । ढोरपाटन नगरपालिकाले उचित पहल नगर्दा बाढीपीडितले पहिलो किस्ता रकम पाएको सात महिना बित्दासमेत दोस्रो किस्ता पाउन सकेका छैनन् ।
ढोरपाटन नगरपालिकाबाट दोस्रो किस्ताका लागि आवश्यक मागदाबी नआएका कारण पीडितलाई राहत दिन नसकिएको बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए। ढोरपाटनमा बाढी जाँदा ठूलो जनधनको क्षति भएको थियो । ३७ जनाले ज्यान गुमाएका थिए भने १५ जना बेपत्ता छन् । दोस्रो किस्ताका लागि मापदण्ड अनुसारको घर निर्माण भएको प्रमाणसँगै नगरपालिकाको सिफारिस आवश्यक छ । ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताका लागि पीडितको प्रक्रिया नपु¥याउँदा सात महिनादेखि दोस्रो किस्ता रकम अड्किएको छ । नगरपालिकाले छिटो कानुनी प्रक्रिया पूरा गरेमा पीडितलाई रकम भुक्तानी गर्न समस्या नरहेको श्रेष्ठको भनाइ छ ।
विसं २०७७ मा बागलुङ मनसुनजन्य विपद् प्रभावित जिल्लाका रुपमा सूचीकृत भएकाले ढोरपाटनसहित बागलुङको जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकासहित ६ पालिकाका बाढी तथा पहिरो पीडितले घर बनाउनका लागि नेपाल सरकारले दिनुपर्ने राहत रकम अझै पूर्ण रुपमा पाउन सकेका छैनन्  ।
जिल्ला प्रशासन कार्यालयले विपद्का लागि कर्मचारी नै खटाएर राहतका लागि सबै पालिकालाई आह्वान गरे पनि सबैभन्दा बढी पीडितहरु रहेको ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताको रकम सात महिना बित्दासमेत दाबी गर्न नसकेको जिल्ला प्रशासन कार्यालयका विपद् संयोजक तेजराज गौतमले बताए । दोस्रो किस्ताका लागि जैमिनी नगरपालिका र निसीखोलाबाट मात्रै माग दाबी भएको गौतमले बताए ।
“सबैभन्दा समस्या ग्रस्त क्षेत्र ढोरपाटन हो, बाढीपीडतले तीन वर्षपछि घर बनाए तर राहतका लागि दोस्रो किस्ता बापतको रु दुई लाख दिन सकिएको छैन, नेपाल सरकारले प्रमाणका आधारमा मात्रै भुक्तानी दिने हो पालिकाबाट घर बनेको प्रमाणसहित माग आउन प¥यो, हामीले निरन्तर पालिकालाई ताकेता गरिरहेका छौँ”, गौतमले भने।
ढोरपाटनका बाढीपीडितले दोस्रो किस्ताका बापत पाउनुपर्ने रु दुई लाखका दरले रु एक करोड ६४ लाख रकम भुक्तानी गर्न नसकिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले २०७९ चैत २२ गते नगरपालिकामा पत्र पठाइसकेको छ । ढोरपाटन नगरपालिकाले बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि प्राविधिक खटाउने तयारी गरेको छ । मूल्याङ्कन फाराम नपाउँदा विवरण सङ्कलनमा ढिलाइ भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।
ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीका अनुसार बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि तत्कालै बाढी ग्रस्त क्षेत्रमा पाठाइने र मूल्याङ्कनपश्चात् जेठ महिनाभित्रै दोस्रो किस्ताको रकम मागका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी रहेको बताए
बाढीपीडितहरुले सरकारले दिने अनुदानको आशले ऋण खोजेरै भए पनि घर निर्माण गरेका छन् । दोस्रो किस्ताबापत रु दुई लाख भुक्तानी गरेपछि पुनः घर सम्पन्नताको सिफारिस पछि तेस्रो किस्ता बापतको रु एक लाख ५० हजार भुक्तानी गरिने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । बाढीका कारण ढोरपाटनमा घरसँगै विद्यालय, सडक, खानेपानी, पुल तथा जलविद्युत् आयोजनामा क्षति पु¥याएको थियो ।
जिल्लामा ढोरपाटन नगरपालिकाका ८२ बाढीपीडितसहित बागलुङ नगरपालिकामा २९ परिवार, बडिगाड गाउँपालिकामा २२, ताराखोला गाउँपालिकामा नौ, जैमिनी नगरपालिकमा ३५ र निसीखोला गाउँपाकिलामा ३६ गरी दुई सय १३ बाढीपीडितले घर निर्माणका लागि रु चार लाख पाउने जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ । पालिकाले बाढीपीडितको घर बनाउन प्राविधिक सहयोग, जग्गा व्यवस्थापन र आवश्यक कानुनी प्रक्रिया पूरा नगराउँदा हालसम्म दुई सय १३ बाढीपीडितले दोस्रो किस्ता प्राप्त गर्न सकेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP