Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • फेरि एक पटक अमेरिका जान मन लाग्यो
फेरि एक पटक अमेरिका जान मन लाग्यो
मंगलबार, जेठ ९, २०८०
matangra
Hardik health
नागरिकको पहिचान नागरिकता । त्यही नागरिकता पाउनका लागि नेपाली सिमाना नजिक बसोबास गर्ने छिमेकी देश भारतका कतिपय मानिसहरुले नेपाली नागरिकता बनाउने चर्चा बेला बखतमा हुने गरेको छ । अहिले पनि तरार्ईका २२ जिल्लाको सीमामा बसोबास गर्ने अधिकांश भारतीय नागरिकहरुसँग नेपालको नागरिकता छ । उनीहरुसँग भारतको नागरिकता पनि छ । उनीहरु दुवै देशका नागरिक ! नेपाल आउँदा यताको भारत जाँदा उताको नागरिक क्या गज्जब छ । २०७२ सालतिर पूर्वकृषिमन्त्री करिमा बेगमलाई भारतीय नागरिकलाई नेपाली सिफारिस गरेकै नागरिकता बनाइदिएका कारण पर्सा जिल्ला अदालतले २० हजार जरिवाना ग¥यो ।   तर, अहिले अवस्था फेरिएको छ । भारत तथा तिब्बतका नागरिकहरु नेपाली नागरिकता लिन जति पनि पैसा खर्च गर्छन् त्यस्तै नेपाली नागरिक भुटानी शरणार्थी बनेर होस् कि विगतमा माओवादी पीडित बनेर अमेरिकन नागरिक बन्ने उत्तिकै छन् ।   मट्याङ्ग्राको दिमागमा के परेछ कुन्नि अचेल अमेरिकन बन्ने भूत सवार भएको छ । उठ्दा बस्दा होस् कि सुतेको बेलामा सपना देख्दा पनि अमेरिकन नागरिक भएको सपना पो देख्न थाल्या छ । नदेखोस् पनि किन ? मान्छेहरु घरखेत नै बेचेर रित्तो बनी जंगलै जंगलको बाटो, भोक प्यास केही नभनि पैदल नै गएको धाक दिन्छन् । हुँदाहुँदा आफ्नो देशको नागरिकता नै त्यागेर लाखौं खर्चेर भुटानी शरणार्थी बनेर त जान्छन् । अनि मट्याङ्ग्रालाई अमेरिका जान मन किन नलागोस् । मट्याङ्ग्रालाई फेरि एकपटक अमेरिका जाने मनले निकै तै तताएको छ । त्यही भएर उसको मुखमा एउटा सम्वाद सधैं झुण्डिइ नै रहन्छ कि ‘फेरि एक पटक अमेरिका जान मन लाग्यो ।’   मट्याङ्ग्रालाई अमेरिका जान मन लागेपछि उसका साथीभाइले ‘ट्रिट ख्वाएछन्’ त्यो पनि चानचुने ठाउँमा हो र ? ठमेलको मस्तानामा । केटो अमेरिका पो जाँदै छ त ? पहिले पनि गएर आको फेरि जान मन लाग्या छ । अब ऊ मट्याङ्ग्रो अमेरिकन नागरिक बन्छ । साथीहरु ‘ट्रिट’ ख्याउँदा–ख्वाउँदै आफैं ट्रिपमा पुगिसके । ठमेलको क्लबमा पुगेपछि ट्रिपमा केटाहरु झ्याप । नहुन् पनि किन ? मट्याङ्ग्रोलाई फेरि पनि अमेरिका जान मन लाग्या छ ।   साथीहरु रमरममा छन्, सेता स्याप्रामा जूनकीरीहरुले घेरा हाले बसेका छन् । मट्याङ्ग्रालाई अमेरिका जान मन लागेर ट्रिपमा टोली झ्याप हुने बेला भइसक्यो । जूनकीरीहरु तिर हान्दै छन् । जूनकीरीहरुका लागि यो नियमित क्रिया नै हो । दैनिक दर्जनौं ट्रिपमा झ्याप हुनेहरुलाई जूनकीरीहरुको मधुर उज्यालो आफ्नो सेता स्याप्रामा लिपिक्कै टाँसिदिएपछि त स्वर्ग नै पुग्छन् । त्यसपछि पो सुरु हुन्छ कथा ।   जूनकीरीहरुले हरेकलाई अंकमालमा झुण्ड्याएका छन् । मट्याङ्ग्राले गफ दिनु दिएको छ । उसको गफ सुनेर एउटा जूनकीरीलाई अहिले नै उहीसँग पो हिड्न मन लागिसक्यो गाँठे । दिनुको पनि सीमा हुन्छ नि ? मट्याङ्ग्रा रमरममा जूनकीरीको गाला मुसार्दै भन्छ, ‘साला यस्तो देशमा बसेर पनि हुन्छ मलाई फेरि एकपटक अमेरिका जान त्यसै मन लागेको हो र !’ मानौं ऊ पटकपटक अमेरिका बसेर अमेरिकन स्वाद वर्णन गरिरहेको छ ।   अरु दंग छन् । सवै लोलाइसके । जूनकीरीहरु राम्रै हात परेकोमा सोचमा पूmर्तिलोसँग जे–जे गरे पनि खुसीका तरंग पस्किरहेका छन् । एउटी जूनकीरीले मट्याङ्ग्राका चिउँडोमा च्याप्प समाउँदै भन्छे, ‘भनन राजा साँच्चै किन अमेरिका जान मन लागेको ? मिल्छ भने मलाई नि लैजाऊ न ।’ मधुर मुस्कान दिन्छे ! चिउँडोमा समातेर जूनकीरीले राजा भन्दिएपछि रमरम भएका ठेट्नाहरुलाई के चाहियो र ! गफ दिन थालिहाल्छ । यो देशमा के छ र बस्ने । के सुविधा छ र बस्ने । सरकार छ र यहाँ बस्न ? खै रोजगारी ? खै सुरक्षा ? खै आत्मनिर्भरता ? बुढा नेताहरु पाल्नमात्र यहाँ बस्ने ? उल्टै प्रश्न गर्छ । अनि भन्छ वा त्यो अमेरिका, यो सहर, त्यहाँको काम, हरेक हप्ता तलव त्यो पनि डलरमा । त्यो पो जिन्दगी । त्यस्तै नागरिकता त्यागेर अमेरिका भासिँदै छन् टोली ?   गफ यसरी दियो कि मानौं । अमेरिका स्वर्ग हो नेपाल त नेताहरुकै कारण नर्क बन्दै छ । हुन पनि त्यस्तै देखिएको छ । सुरमा भन्छ । यस्तो पनि हुन्छ ? एउटा नेपाली मान्छे पचासौं लाख मन्त्री सचिवलाई बुझाएर शरणार्थी भएर अमेरिकन बन्न चाहिरहेको छ । किन ? नेताले बुझ्नु पर्दैन ? केटाहरु विदेश जान लागे भनेर लाखौं रुपैयाँ नक्कली शरणार्थी बनाउन लिने कि देश किन छाड्न लाग्यौं । नागरिकता किन त्याग्न लाग्यो भनेर रोक्ने हँ ?   झ्यापमा भए पनि राम्रै गफ मट्याङग्राले दिइरहेको छ । एउटा भारतीय वा तिब्बतीय नागरिकलाई नेपाली नागरिक बनाउन खुसी हुने अनि नेपाली नागरिकले नागरिकता त्याग्दा पनि किन त्याग्दै छन् भन्नुको सट्टा नोटका बिटामा अर्के देशको नागरिक बनाइदिने ? वा क्या जनप्रतिनिधि रोजेका छौं हामीले मट्याङग्राले जूनकीरीलाई समेत गफ दिन थाल्छ । त्यसै त्याग्छन् नेपाली नागरिकता ? कुनै बेला रवि लामिछाने त्यागेर गएको हैन ?     उसलाई पनि एक पटक नेपाल आउन मल लागेर पो आएको त ? त्यही भएर मलाई पनि एक पटक फेरि अमेरिका जान मन लाग्यो । त्यहाँ सब चिज छ । दाम, काम । केहीको चिन्ता लिनु पर्दैन । न कामको न दामको । यहाँ जस्तो आफूले कमाएर नेता पनि पाल्नु पर्दैन । अमेरिका भनेको अमेरिका नै हो । कम्तीमा आफ्नो नागरिकका लागि केही त गर्छ ? तर, यो देशका नेताहरु आफ्नो नागरिकलाई अर्कै देशको भनेर नागरिकता बेचिदिन्छ । त्यही भएर मलाई एक पटक फेरि अमेरिका जान मन लागेको छ ।   मट्याङग्राको कुराले निकै प्रभावित भएर होला तीन खोका हानिसकेकी जूनकीरी सेता स्याप्रामा मट्याङग्रालाई तानेर भन्छे साँच्चै तपाईं कहिले फर्कनुभएको अमेरिकाबाट मलाई नि लैजानुस् न प्लिज म जे गर्न पनि तयार छु ।   जूनकीरीको कुरा सुनेर झ्यापमा मट्याङग्रो भन्छ, म तिमीलाई लैजान सक्दिन तिमीलाई नागरिकता त्याग्न लगाएर अर्काको देश अमेरिकामा लैजाँदा पाप लाग्छ । म आफैंलाई पटकपटक अमेरिका जान मन लाग्नेमात्र हो । अहिले पनि फेरि एक पटक अमेरिका जान मन लागेको मात्र हो । पहिले पनि अमेरिका जान मन लागेको थियो । मलाई मन मात्र लाग्ने हो ? जूनकीरी ट्वाँ !
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप विचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP