Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शरणार्थी नेता विमानस्थलबाट, मियाँ सिंहदरबारबाट
शरणार्थी नेता विमानस्थलबाट, मियाँ सिंहदरबारबाट
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ५, २०८०
miya tek
Hardik health
- भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट काठमाडौं आउने क्रममा विमानस्थलबाट प्रहरीको नियन्त्रणमा -सानु भण्डारीसँग आर्थिक कारोबार भएको खुलेपछि रिजाल अनुसन्धानमा तानिए -चितवनको सौराहा र काठमाडौंको सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यले हज समितिको गाडी प्रयोग गरेको पाइएपछि अध्यक्ष शमशेर मियाँ पनि प्रहरीको हिरासतमा
काठमाडौं - नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने भन्दै ठगी गरेको प्रकरणमा बिहीबार प्रहरीले थप दुई जना उच्चपदस्थलाई नियन्त्रणमा लिएको छ । प्रहरीले भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई नियन्त्रणमा लिएको हो । रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो भने मियाँलाई सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट । काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ । किन पक्राउ परे रिजाल र मियाँ ? पछिल्लोपटक पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउपछि यो घटनाको अनुसन्धान टुंगोतर्फ पु¥याउनेतिर प्रहरी लागेको बताइएको थियो । यस घटनामा पूर्वगृहमन्त्री बालकृष्ण खाणसमेत प्रहरी हिरासतमा छन् । खाणपत्नी मञ्जु खाण, कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. आरजु देउवा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नाम मुछिए पनि यो किनारा लाग्दै थियो । नक्कली शरणार्थी प्रकरण सेलाउँदै गएको बेला दुई ‘हाइ प्रोफाइल’ प्रहरीले पक्रेको हो । रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग आर्थिक कारोबार भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगतमा रिजालले बाँकी रहेका शरणार्थीको पुनर्वासका लागि पहल गरेका थिए । सोही आधारमा सरकारले कार्यदल गठन गरेको थियो । यता हज समितिका अध्यक्ष मियाँलाई भने गिरोहसँगको मिलेमतो गरेको आरोप छ । उनले हज समितिका लागि प्रयोग गर्न दिएको गाडी गिरोहलाई प्रयोग गर्न दिएको खुलेको प्रहरीले जनाएको छ । उक्त सरकारी गाडी अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ । भुटानी शरणार्थी प्रकरणमा उक्त समितिको गाडी प्रयोग भएको खुलासा भएको प्रहरीले जनाएको छ । गृह मन्त्रालयको स्वामित्वमा रहेको बिएबी–१४०५ नम्बरको निशान पेट्रोल जिप पीडितहरुलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरु उक्त गाडीमा जाने गरेको प्रहरीको दाबी छ । चितवनको सौराहा र काठमाडौंको सुन्धारालगायतका ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरुले उक्त गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका थिए । को कहिले पक्राउ ? २०७९ चैत १२ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरी सार्वजनिक गरिएको थियो । तीन दिनपछि अर्का एक अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेर सार्वजनिक ग¥यो । उनी मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई थिए । राईलाई चैत १५ गते पक्राउ गरेको थियो । त्यही समूहसँग मिलेर राईले ५० जनाभन्दा बढीसँग तीन करोड २४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि समातिएका थिए । दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्रिए । उनीहरूले झापा, मोरङ, सुनसरी, दाङ, बाग्लुङ लगायतका मानिसलाई अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म लिएको खुलेको थियो ।२० दिनपछि प्रहरीले वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परे । त्यसपछि थप अभियुक्त खुल्दै गए । त्यसको भोलिपल्ट वैशाख २० गते सरकारका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परे । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव पक्राउ परेपछि ठूलै तरंग ल्यायो । त्यही दिन नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनको छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भयो । वैशाख २० गते साँझ बुटवलबाट छोरा पक्रिँदा रायमाझी भने फरार रहे । वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पनि प्रहरीको नियन्त्रणमा आए । उनीहरु बिचौलियाका रुपमा काम गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । वैशाख २७ गते बिहानै काठमाडौंको चुच्चेपाटीबाट पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई प्रहरीले नियन्त्रणमा लियो । यसले झन् राजनीतिक क्षेत्रमा तरंग नै ल्यायो । खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्रिए ।११ दिन फरार रहेका टोपबहादुर वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठबाट नियन्त्रणमा आए । कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले सोमबार प्रहरीमा आत्मसमर्पण गरे । अहिले यस प्रकरणमा १६ जना हिरासतमा छन् । इन्द्रजित राईका छोरा नीरज र रामबहादुर थापाका छोरा प्रतीक भने अझै फरार छन् । उक्त प्रकरणमा २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १०:२६
#नक्कली_शरणार्थी_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP