Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रधानमन्त्रीलाई र्‍याख र्‍याख
प्रधानमन्त्रीलाई र्‍याख र्‍याख
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ५, २०८०
Jeth5_26
RBB RBB
- शरणार्थी प्रकरणको छानबिनबारे अधिकांश सांसदको प्रश्न -सबै भ्रष्टाचार काण्डको अनुसन्धान गराउन प्रधानमन्त्री तयार
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाललाई शरणार्थी प्रकरणमा सांसदहरूले बिहीबार र्‍याखर्‍याख पारे । सरकार गठन भएको पाँच महिना हुन लाग्दा सांसदहरूले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीलाई पहिलोपटक प्रश्नैप्रश्न वर्षाउने मौका पाएका हुन् । प्रधानमन्त्री दाहालले सांसदहरूको प्रश्नको पालैपालो जवाफ दिए । प्रधानमन्त्री दाहाललाई स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले बहुदलपछिका सबै भ्रष्टाचार काण्डको छानबिनबारे प्रश्न गरेका थिए । जवाफमा दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणसँगै अन्य ठूलाठूला काण्डबारे पनि छानबिन गर्न सरकार तयार रहेको बताए । तर, सबै भ्रष्टाचारका काण्डको छानबिनका लागि दलहरू सहमत हुनुपर्ने बताए । ‘सबै ठूलाठूला काण्ड, हत्याकाण्ड या भ्रष्टाचारका काण्डको छानबिन प्रक्रिया अगाडि बढाउनेबारे सरकार गम्भीररूपले लागिरहेको जानकारी म फेरि दोहो¥याउन चाहन्छु,’ सांसद सिंहले ओम्नी काण्डदेखि ललिता निवासको जग्गा हिनामिना, वाइडबडी जहाज खरिद प्रकरणको छानबिनबारे सोधेको प्रश्नमा यस्तो जवाफ दिए प्रधानमन्त्रीले । सांसद सर्वेन्द्रनाथ शुक्लले पनि डा. सिंहलेजस्तै प्रश्न गरे । भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर ठगी गरेको प्रकरणको छानबिन र अनुसन्धानमा प्रहरी सक्रिय रहेको पृष्ठभूमिमा शुक्लले भ्रष्टाचारका अनेक काण्डको अनुसन्धानका लागि कानुन संशोधन गर्नुपरे त्यसतर्फ ध्यान दिनुपर्नेबारे सोधेका थिए । दाहालले सरकारको ध्यान नक्कली शरणार्थी प्रकरणमामात्रै केन्द्रित नभएको दाबी गर्दै पुँजीबजारका बेथितिविरुद्ध पनि अभियान सुरु गरेको बताए । ‘नक्कली भुटानी शरणार्थीको मुद्दामात्रै होइन, विगतका तमाम घटना जो विवादमा रहे ती सबैको छानबिन गर्ने कुरा, सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ठूलठूला केसलाई छानबिन गर्ने र दोषीलाई कारबाही गर्ने कुरा अनि राजस्वमा भएका ठूलठूला चलखेलबारे छानबिन गर्ने कुरा, अरू पुँजीबजारसँग सम्बन्धित ठूलठूला सेटिङलाई भत्काउने काम सरकारले सुरू गरिसकेको छ,’ प्रधानमन्त्रीले भने । तर, उनी पनि भ्रष्टाचारमा यसअघि नै मुछिएका नेता हुन् । उनी भ्रष्टाचारमा मुछिएको पूर्वमाओवादी लडाकु शिविर काण्डमा हो । यसबारे राप्रपा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई संसद्मा प्रश्न गरे । प्रधानमन्त्रीले भने टुंगो लागिसकेको विषयमा राजनीतिक पूर्वाग्रह राखी प्रश्न उठाउने गरिएको पनि असन्तुष्टि जनाए । उनले शिविरमा भएको भनिएको भ्रष्टाचारको काण्ड कपोलकल्पित र पूर्वाग्रही भएको दाबी गरे । यदि, कसैले उजुरी दिए र अदालतले दोषी ठहर्‍याए जेल जान तयार रहेकोसमेत बताएका छन् । प्रचण्डले पहिलोपटक यस्तो भनेका हुन् । संसद्मा उनले भने, ‘यदि त्यस्तो केही छ, छानबिन गर्नुपर्छ भने २०४८ यताकै सबै उच्चपदस्थको सम्पत्तिबारे छानबिन गर्न तयार छु,’ उनले भने, ‘क्यान्टोनमेन्टको कुरा कपोलकल्पित र पूर्वाग्रही छ भन्ने मेरो दृढ विश्वास छ । फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको कुरा जानकारी गराउन चाहन्छु ।’ तर, नक्कली शरणार्थी प्रकरणमा जारी अनुसन्धानले संलग्न भनिएका ठूला व्यक्तिलाई उन्मुक्ति दिने हो कि भन्ने संशय भइरहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले बताए ।प्रधानमन्त्री दाहालले भने कसैलाई छुट नदिइने प्रतिबद्धता जनाए । सत्तारूढमध्येकै दल नेकपा एकीकृत समाजवादीले काठमाडौंको माइतीघरमा भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर ठगी गरेको प्रकरणमा प्रदर्शन गरेकै बेला उता संसद्मा सुवालले यस्तो आशंका व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले भने छानबिन निष्पक्ष हुने भन्दै सुवाललाई आश्वास्त पार्ने प्रयास गरे ।‘मुद्दा अब कुनै पार्टी विशेषको, सरकार विशेषको या कुनै नेता विशेषको मात्रै रहेको छैन । यो राष्ट्रियमात्रै होइन अन्तर्राष्ट्रिय विषय पनि भइसकेको छ,’ उनले भने, ‘सबै अन्तर्राष्ट्रिय संघसंस्थाहरूले पनि बडो गम्भीर रूपले यो विषय हेरिसकेको अवस्था पनि छ ।’ नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीको तर्फबाट सांसद शेरबहादुर कुँवरले राखेको शरणार्थी प्रकरणसम्बन्धी प्रश्नमा प्रधानमन्त्रीले दोषी देखिएका जुनसुकै तहका पदाधिकारी र व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराखेको पनि उल्लेख गरे । उनका अनुसार प्रहरीलाई स्वतन्त्रपूर्वक निष्पक्ष रुपमा अनुसन्धान गर्न दिइएको छ । उनले भने, ‘नेपाल प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप भएको छैन ।हस्तक्षेप गरिने छैन र हस्तक्षेप हुन दिइने पनि छैन । जुनसुकै तह र तप्काका भए पनि यो अपराधमा संलग्न जोकोही पनि कानुनको दायरामा आउने नै छन् र त्यो प्रक्रिया अगाडि बढिसकेको छ ।’ एमाले सांसद विद्या भट्टराईले भने शरणार्थी प्रकरणबारे जारी अनुसन्धान ‘स्टन्ट’ र सस्तो लोकप्रियताका लागि हो कि भन्ने शंका व्यक्त गरिन् । आफू आबद्ध दल एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, एमालेकै उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलगायत नेताहरू यही प्रकरणमा पक्राउ परिसकेको सन्दर्भमा सांसद भट्टराईले आशंकायुक्त प्रश्न गरेकी हुन् । दाहालले भने सबै प्रकारका अनियमितता र भ्रष्टाचारजन्य कार्यको अधिकारप्राप्त निकायहरूबाट छानबिन गरी टुंगोमा पु¥याउन निर्ममतापूर्वक कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनी स्टन्टबाजीको रूपमा सोच्नु पनि ठूलो भूल भएको भन्दै प्रतिरक्षामा उत्रिए । जहाँसम्म नक्कली भुटानी शरणार्थी बनाउने कुरा छ,’ दाहालले भने, ‘यो करिब तीन करोड नेपालीका आँखा केन्द्रित भएको र विश्वको ध्यान पनि केन्द्रित भएको हुनाले यो कुनै स्टन्टबाजी गर्ने कुरा सोच्नु पनि ठूलो भूल हुन्छ ।’एकपछि अर्का सांसदको प्रश्न लगातार शरणार्थी प्रकरणसम्बन्धी थियो । प्रधानमन्त्री दाहालले शरणार्थी प्रकरण देशकै इज्जत र प्रतिष्ठासँग जोडिएको जवाफ दिने क्रममा भन्न भ्याए । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको राजनीतिक नक्सामा समावेश गरिएको भूमि प्राप्ति, रास्वपा सांसद शिशिर खनालले उपनिर्वाचनको प्रचारको क्रममा प्रधानमन्त्रीले चढेको हेलिकप्टर चार्टर्डको खर्च, एमाले सांसद पदम गिरीले स्थानीय तहमा जाने समानीकरण बजेट कटौती र जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबारे प्रश्न राखेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १०:०७
#नक्कली_शरणार्थी_प्रकरण
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
लोकतन्त्रमा सञ्चारको निकै ठूलो महत्वः गृहमन्त्री लेखक
लोकतन्त्रमा सञ्चारको निकै ठूलो महत्वः गृहमन्त्री लेखक बुधबार, वैशाख ३१, २०८२
यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान
यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान बुधबार, वैशाख ३१, २०८२
'विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ ’ : राउत
'विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ ’ : राउत बुधबार, वैशाख ३१, २०८२
जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण बुधबार, वैशाख ३१, २०८२
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’का प्रमुखको भेट
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’का प्रमुखको भेट बुधबार, वैशाख ३१, २०८२
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत बुधबार, वैशाख ३१, २०८२
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP