Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ‘तैं चुप मै चुप !’
‘तैं चुप मै चुप !’
मंगलबार, जेठ २, २०८०
matangra
Hardik health
बिहान झिसमिसेसँगै पूर्वबाट सूर्यको लाली उदाउँदै थियो । बजारमा समाचार फुक्नेले नै मज्जैले भजन घन्काएको केहीबेरमा नै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अम्रिका पठाएको पुराण सुनाउन थाल्यो । मट्याङ्ग्रोले सिरानीमा राखेको रेडियोको ध्वनी बढायो । समाचार फुक्ने फलाँक्दै थियो । ‘अम्रिका जान नक्कली शरणार्थी बनेकाले ५० लाखसम्म तिरेका थिए ।’ मट्याङ्ग्रोले जिब्रो टोक्यो र एकै सासमा बोल्यो आऽ माऽ मा... ५० लाख ! मट्याङ्ग्रालाई ५० लाख त भनेको त ढुंगाको पहाडजस्तै हो । पाँच लाख देख्न मुस्किल पर्ने मट्याङ्ग्राले ५० लाख तिरेर अम्रिका जानेहरुको अनुहार कस्तो होला भन्दै भित्रभित्रै कल्पना गर्न थाल्यो । अम्रिकामा भुटानी शरणार्थी भएर जान देशको नागरिकता त्याग्ने त्यसमा पनि पचासौं लाख तिरेर ! मट्याङ्ग्राको मुटु हल्लन थाल्यो । नेपालको सीमानामा रहेका दक्षिणतिरका भूइँमान्छेहरुले हजार तिरेर नेपाली नागरिक बन्न खोजिरहेका छन् । तर, नेपाली नागरिक पचासौं लाख तिरेर अम्रिकने नागरिक बन्न खोजिरहेको छ । आखिर किन ? धेरैलाई लाग्न सक्छ । मट्याङ्ग्रा आफ्नो स्वार्थ मिलेन त्यही भएर निन्द्रामा छटपटिएको छ । कुरो मिलेको भए आफैं जान्थ्यो । बढो राष्ट्रवादी बन्न खोज्दो रैछ । टन्न कमिसन खाएर अघाएको मान्छेले भ्रष्टाचारविरोधी कुरा गरेजस्तो । हुन पनि ठीकै हो । पछिल्लो समय अधिकांश मानिस ‘मुखमा राम राम, बगलीमा छुरा’ भनेजस्तै गर्दछन् । त्यही भएको छ । किन नेपाली नागरिकले पचासौं लाख तिरेर अम्रिका हान्निन खोजे । देश हाँक्नेहरुले सोधखोज गरेर नेपालमा नै बस्ने वातावरण तयार गर्नुपर्ने थियो । तर, देश हाँक्ने गृहमन्त्री, गृहसचिवलगायत संगठितरुपमा नै रकम हसुर्ने र नेपालीलाई भुटानी शरणार्थी बनाउने अभियानमा जुटे । यही हो मौका भन्दै मौकामा चौका हान्न थाले । पैसाका लागि जे गर्न पनि तयार हुने नेता प्रशासन नेपालले पाएको रहेछ । जसले मानिस बेच्ने काम मात्र गरेको छैन उसले एक देशको नागरिकलाई अर्को देशको नागरिक बनाइदिएर अर्कै देशमा पठाइदियो क्या गज्जब छ । मट्याङ्ग्राको दिमागले के सोच्यो कुन्नि ! यत्रा भ्रष्टहरु बसेको ठाउँमा जाबो दुई–चार दर्जन नेपालीलाई भुटानी बनाइदिँदैमा के बिग्रिएको थियो । केटाहरुले देशमा डलर रेमिट्यान्स त भित्र्याएका थिए । हुन पनि ठीकै हो नागरिकलाई गैरनागरिक बनाएर अम्रिकामा उद्धार गर्नसक्ने महान नेता पाउने देश नेपालबाहेक अरु कहाँ नै पाइएला र ? अरु देशका नागरिक देशको नागरिकता पाइएन भने चिन्ता व्यक्त गर्दछन् । तर, नेपालका नागरिक भने आफ्नो देशको नागरिकता त्याग्न पाइन भन्दै पैसा तिरेर विदेशी बन्न चाहन्छन् । यो भन्दा उत्कृष्ट नमूना के हुन्छ र ? बेकारमा नेताहरुलाई गाली गरेको छ ! कम्तीमा बालकृष्ण दाइले नेपालीलाई भुटानी बनाएर अम्रिका पठाइदिए यस्तो पो नेता हुनु भन्नु नि । दाइभाउजुको नि उद्धार उनका कार्जेकर्ताका पनि उद्धार । ‘तैं चुप मै चुप’ हुनुपर्ने तिलजत्रो कुरालाई हिमालजत्रो ठूलो बनाएर हैरान । कस्ता हु्न् हो यो नेपालीहरु । आफू पनि गरी नखाने अरुले गरिखाको पनि नदेख्ने ! नेपालीलाई भुटानी बनाएर अम्रिकामा पठाउनु सक्नु भनेको चानचुने कुरा हो र भन्या । यति महान् कार्य गर्ने नेताहरुको विरुद्ध बाइफाले गफ लेखेर, भट्याएर पनि हुन्छ ? मट्याङ्ग्राले आफैंले आफैंलाई सोध्यो । हुन त पृथ्वीनारायण शाहले भनेका थिए, ‘घूस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’ । त्यसो भए लिनेलाई मात्र किन दिनेलाई पनि कारबाही हुन प¥यो । आफ्नो देशलाई नै त्याग्न सक्नेले पछि के–के त्याग्ला ? त्यही भएर पनि ‘आए आँप गए झटारो’ भनेर नागरिकता त्याग्नेलाई पनि कारबाही गर्नुपर्ने पो हो कि ? हुन त यसमा दोष नेपालीलाई शरणार्थी बनाएर अम्रिका पठाउनसक्ने नेताको नै छैन । यसमा दोष छ त्यो अम्रिकनको हो पो हो त ? अहिले आएर रकम फिर्ता गर्नु भनेर हुन्छ ? खास कुरो त्यो अम्रिकने किन शरणार्थीको पछि लागिरहेको छ भन्ने कुराको पनि कुरा बुझ्नुप¥यो नि ? आनन्दले झुपडीमा बसेका शरणार्थीलाई आइजा मेरो लैजान्छु भनेर पो त यस्ता कुरा बाहिर आइरहेको छ । यो पनि उही तैं चुप मैं चुप भनेजस्तो भइगो नि । खास कुरा के हो भने, अम्रिकनेलाई चाहिएको जति कामदार हो कामदार यसैगरी पुगिहाल्छन् । अम्रिकनेलाई चिन्ताको विषय भुटानी शरणार्थीले किन नेपाल डलर पठाए भन्ने भएर पो यत्रो रणसंग्राम भाको त ? नेपाली केटाहरु शरणार्थी भएर कामको पैसा धेरै भुटान नपठाएर नेपाल पठाएपछि पो यता रणसंग्राम परेको त ? आफूचाहिँ भुटानी अनि पैसाचाहिँ नेपाल पठाएको चाँजोपाँचो पत्ता लागेपछि पो समस्या देखिएको छ । नत्र न दुई–चार थान नेपाली हामी नेपाली भनेर कुर्लिन्थे ती ? सेयरधनीलाई यसले अत्तोपत्तो केही पनि सरेको । भुटान जानुपर्ने डलर अमेरिकामा भटाभट छिर्न थालेपछि अम्रिकनेलाई शंकाले हान्यो । भुटानबाट आएको मान्छे डलर नेपालमा किन पठाइरहेको छ । अत्ति नै भएपछि अम्रिकनेलाई केही न केही गर्ने सोचेर शरणार्थीहरुको रकम कसरी बाहिर गइरहेको छ भन्ने कुराको अनुसन्धानपछि पो यस्ता कुराहरु आए त ? अम्रिकनेले जे गरिरहेको छ, त्यो सब ठीक गरेको छ । अमेरिकाबाट डलर नेपाल धेरै झर्न थालेपछि चै चुप हुनेहरुलाई बेलैमा तह लगाउने भन्दै ढाड सेक्ने निर्देशन दिएका कारण पो अहिले यो रडाको सुरु भएको हो त ? उताबाट डलर भुटान खुरुखुरु गएको भए रडाको मच्चिँदैनथ्यो होला ? तर, लहरो तान्दा पहरो झर्छ भनेजस्तै भएको अब सेता घरमा बस्ने पनि कतिञ्जेल पो तै चुप र मै चुप हुने हो र ? अम्रिकनेले हान्यो हान्यो !
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप विचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP