Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • गर्भजाँचबारे सचेत बन्दै
गर्भजाँचबारे सचेत बन्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १, २०८०
Hardik health
टीकापुर - टीकापुरकी प्रिया बिसी गर्भवती भएको नौ महिना लाग्यो । टीकापुर अस्पतालमा श्रीमान्सँगै अन्तिम गर्भजाँच गर्न आएकी उनलाई श्रीमानकाे राम्रो साथ छ । “नौ महिना भयो, अब डाक्टरले समय नजिकिएको छ भने”, प्रियाले भने, “डाक्टरको सल्लाहअनुसार खानपान र स्वास्थ्य स्याहार गरिरहेकी छु । श्रीमान्ले राम्रो स्याहार गर्नुभएको छ ।” छ महिना पुगेपछि गर्भजाँचमा आएकी सपना श्रेष्ठसँगै उनकी सासू पनि आएकी  थिइन् । सपनाले पोषिलो खानेकुरा खानुका साथै सासूको राम्रो हेरचाह पाएकी छन्। “पहिलोपटक आउँदा डाक्टरले मलाई र सासुआमालाई धेरै परामर्श गर्नुभयो । कसरी खाने, कस्तो काम गर्न मिल्छ, सबै सिकाउनुभयो”, सपनाले भनिन्, “सासूआमाले मलाई धेरै माया गर्ने, जहाँ जाँदा पनि आफूसँगै जाने गर्नुभएको छ । म खुसी छु ।” चार महिनाकी गर्भवती जानकी रावलले अहिलेसम्म दुई पटक गर्भजाँच गरिसकिन् । उनले यतिखेर नियमित आइरन, क्याल्सियम खानुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत छिन्। गर्भावस्थाको पाँच महिना लागेकी रविना चौधरी पनि गर्भजाँचका साथै खानपानमा ध्यान दिइरहेको बताइन् । श्रीमान् घर बाहिर भए पनि रविनालाई घरका सदस्यले राम्रो स्याहार गरेका छन् । “श्रीमान् कामको सिलसिलामा घरबाहिर हुनुहुन्छ, तर उहाँले आर्थिक व्यवस्थापन गरिदिने, दैनिक फोन गरेर मेरो अवस्था बुझ्ने गर्नुभएको छ’’, उनी भन्छिन्, ‘‘घरका सदस्यले मेरा लागि सहज वातावरण बनाइदिनुभएको छ । मैले रमाइलो वातावरणमा बच्चा हुर्काइरहेकी छु ।” सरकारले मातृ तथा शिशु मृत्युदर शून्यमा झार्न विभिन्न प्रयास गरेको छ । विगतमा चार पटक गर्भजाँचको मापदण्ड राखिएकोमा हाल आठ पटक अनिवार्य गर्भजाँच गर्नुपर्ने व्यवस्था गरिएको छ । यसै वर्षदेखि गर्भवतीको अनिवार्य आठ पटक र आवश्यकताअनुसार त्यसभन्दा बढी पटक स्वास्थ्य परीक्षण हुन्छ । गर्भावस्थामा हुने जोखिम कम गर्न स्वास्थ्य संस्थाले समेत कडाइ गरेका छन् । गत वर्षसम्म सुरक्षित मातृत्व कार्यक्रमले चार पटक गर्भजाँच गरे पुग्ने मापदण्ड बनाएको थियो । आमा तथा नवजात शिशुको सुरक्षाका लागि चार पटक मात्र पर्याप्त भएन भन्दै यस वर्षदेखि आठ पटक गर्भजाँच थालिएको छ । अब गर्भवतीले गर्भजाँच पहिलो पटक थाहा पाउने वित्तिकै, दोस्रो पटक १२ हप्तामा, तेस्रो पटक १६ हप्ता, चौथौ २० देखि २४ हप्ताको बीचमा, पाचौँ २८ हप्ता, छैटौँ ३२ हप्ता, सातौँ ३४ हप्ता, आठौँ ३६ देखि ३८ हप्ताको बीचमा गरेर आठ पटक गर्भजाँच गर्नुपर्ने व्यवस्थाअनुसार आमाहरु आउन थालेका टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेलले बताइन् । पछिल्लो समय गर्भजाँच गर्न आउनेसँग श्रीमान्, सासू तथा घरका अन्य सदस्यसमेत साथमा आउन थालेका र परिवारका सदस्यसँगै आउँदा गर्भवती र पेटमा हुर्किरहेको बच्चाको राम्रो स्याहार पुग्ने सिनियर अनमी खरेल बताइन्  । “हामीले हरेक गर्भवतीलाई श्रीमान्, सासू तथा ससुरासँगै ल्याउन भन्छौँ”, उनी भन्छिन् “श्रीमान् र सासू आउनुहुन्छ तर ससुरालाई पनि शिक्षा दिन आवश्यक भएको छ । घर चलाउने, किनमेल गर्ने अधिकांश पुरुष भएकाले पुरुष बढी सचेत हुन आवश्यक छ ।” सरकारले सुत्केरीपश्चात्को जाँचसमेत चार पटक गर्नुपर्ने मापदण्ड बनाएको छ । सुत्केरी भएको २४ घण्टाभित्र, तीन दिन, सात दिन र ४२ दिनभित्र आमा र नवजात शिशुको स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ तर यसो गर्ने निकै कम हुन्छन् । यसरी स्वास्थ्य जाँच गर्न आउन नसक्नेलाई टीकापुर नगरपालिकाका स्वास्थ्यकर्मीले घरमै गएर सेवा दिने गरेका अनमी रमिला रावल बताइन्  । “नजिक घर भएका स्वास्थ्य संस्थामै आउनुहुन्छ, टाढा घर भएकालाई घरमै गएर सेवा दिन्छौँ”, उनी भन्छन् , “आजभोलि सुत्केरीपश्चात्को जाँच गर्नेसमेत बढेका छन् ।” गर्भावस्था तथा सुत्केरी अवस्था विशेष अवस्था भएकाले यो समयमा महिला तथा नवजात शिशुको विशेष ख्याल गर्न र खानपानमा ध्यान दिन आवश्यक रहेको रावलले बताइन् ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP