Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘देशैभरि छोराछोरी अभियान’ चलाउँदै एमाले
‘देशैभरि छोराछोरी अभियान’ चलाउँदै एमाले
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ३१, २०८०
cpnuml
RBB RBB
- पार्टीले कमिटीमा रहेर विनाकारण तीनपटक अनुपस्थित हुनेलाई कमिटीबाट बिदा गर्न र खाली भएका कमिटीमा नयाँ सदस्य नथप्न निर्देशन - छोराछोरीलाई पार्टीमा आबद्ध गराउन ‘छोराछोरी अभियान’ सञ्चालन गर्ने - नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
काठमाडौं– नेकपा एमालेले वार्षिक कार्ययोजना तयार पारेको छ । तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्न कार्ययोजना तयार पारेको हो । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले शनिबार बसेको स्थायी कमिटी बैठकले तयार पारेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको जानकारी दिए । ‘मिसन ग्रासरुट’ अभियानको नौवटै प्रदेशको समीक्षा प्रतिवेदनका आधारमा वार्षिक कार्ययोजना तयार पारिएको उनले बताए । वार्षिक योजनाअनुसार पार्टीले पार्टी सदस्यता शुद्धीकरण र विस्तारको कार्यक्रम सञ्चालन गर्ने सञ्चालन गर्ने निर्णय गरेको छ ।मिसन ग्रासरुट अभियान सकिए पनि सदस्यता वितरण र नवीकरण अझ बाँकी रहेकाले संगठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । कार्ययोजनाअनुसार पार्टी सदस्यता शुद्धीकरण अझ व्यापक बनाइने उनको भनाइ छ । एमालेले आगामी जेठदेखि चैतसम्म कार्ययोजनाअनुसार संगठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्नेछ । एमालेले असार १५ गतेसम्म जिल्ला कमिटीले पार्टी सदस्यता नवीकरण गर्ने र नवीकरण भौतिक उपस्थितिमा मात्र गर्ने जनाएको छ । नयाँ सदस्य र नवीकरण आगामी असार मसान्तसम्म प्रदेश कमिटीमार्फत विवरण केन्द्रमा पठाउन निर्देशन दिइएको छ । यस्तै नवीकरण विवरणसँगै नवीकरण नभएका र सदस्यताबाट हटाउनेको नाम पनि पठाउन भनिएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।अभियानअनुसार ‘मिसन ५१ प्रतिशत’ पूरा गर्नका लागि प्रत्येक वडामा कूल मतदाता संख्याको तीन प्रतिशत पार्टी सदस्यता विस्तार गर्ने गुरुङले बताए । ‘पार्टी सदस्यता मतदाताको संख्याको औसत रूपमा सात प्रतिशत रहेको छ । तर, कतिपय पालिकामा न्यून रहेकाले प्रत्येक वडामा कूल मतदाताको तीन प्रतिशत विस्तार गर्ने योजना रहेको छ,’ उनले भने । मिसन ग्रासरुट अभियानका क्रममा कतिपय कमिटी भद्दा भएर बैठक बस्दा गणपूरक संख्या पनि नपुगेको देखिएको कमिटीलाई सानो बनाउने निर्णय गरेको छ । पार्टीले कमिटीमा रहेर विनाकारण तीनपटक अनुपस्थित हुनेलाई कमिटीबाट बिदा गर्न र खाली भएका कमिटीमा नयाँ सदस्य नथप्न पनि निर्देशन दिएको उनले बताए ।‘बैठकमा आउने काम गर्न नदिने, ती कमिटीमा रहेकाको सुधार नभए कमिटीबाट बिदा गर्ने निर्णयसमेत गरेको छ,’ गुरुङले भने, ‘मिसन ग्रासरुट अभियान जिम्मेवारी तोकिएको पूरा नगर्ने र कुनै जानकारी नदिई अनुपस्थिति हुनेलाई सम्बन्धित कमिटीले स्पष्टीकरण सोध्ने निर्णयसमेत गरिएको छ ।’ प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने एमालेले पार्टीका नेता तथा कार्यकर्ताका लागि वैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । प्रशिक्षण कार्यक्रम पार्टी स्कुल विभागले तयार पारेको पाठ्यक्रमका आधारमा सञ्चालन गर्नेछ । एमालेका उपमहासचिवसमेत रहेका नेता गुरुङका अनुसार उच्च प्रशिक्षण केन्द्रीय कमिटी र मध्यम प्रशिक्षण प्रदेश कमिटी र आधारभूत प्रशिक्षण जिल्ला कमिटीलाई दिइनेछ । प्रशिक्षण डिजिटलरूपमा पार्टीको ‘एक्सन रुम’बाट गरिनेछ ।एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी संगठन विस्तार गर्न आगामी मंसिरमा मध्यपहाडी लोकमार्ग तथा हुलाकी राजमार्ग केन्द्रित गरेर अभियान सुरु गर्ने जानकारी दिए । देशैभरि छोराछोरी र मिसन योङ अभियान यस्तै छोराछोरीलाई पार्टीमा आबद्ध गर्नका लागि ‘देशैभरि छोराछोरी’ नारामा पार्टीका नेता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । ‘हिजो बुवाआमा राजनीतिमा हुँदा छोराछोरी स्वतः राजनीतिमा आउने गर्दथे,’ रिजालले भने, ‘तर, आज बुवाआमा राजनीतिमा छन् भने छोराछोरी राजनीतिमा नआउने प्रवृत्ति विकास भएको छ । के कारणले छोराछोरी यस्तो भइरहेको छ । हामीले आफ्नो परिवारमा पनि राजनीतिक प्रशिक्षण गर्न सकिरहेका छैनौं भनेर देशैभरि छोराछोरी अभियान सञ्चालन गर्न गइरहेका छौं ।’यसैगरी युवाहरूका बीचमा पार्टी कामको विस्तार गर्न ‘मिसन योङ अभियान’ सञ्चालन गर्ने निर्णय पनि गरेको छ । मिसन ग्रासरुटको दुईमहिने अभियानले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरूरी देखिएको हुँदा नयाँ अभियान सञ्चालन गर्ने निर्णय भएको रिजालले बताए । पार्टी गतिविधि कार्यालयबाटै एमालेले पार्टीका सबै गतिविधि सबै कार्यक्रम पार्टी कार्यालयमा केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीको संस्थागत विकासमा सहयोग पु¥याउनका लागि वडादेखि केन्द्रसम्म सबै पार्टीको गतिविधि पार्टी कार्यालयबाट गर्ने निर्णय गरेको नेता रिजालले जानकारी दिए । पार्टीका जिम्मेवार नेताहरू पार्टी कार्यालयमा नियमितरूपमा उपस्थिति हुनेगरी केन्द्रदेखि वडा कार्यालयबाट पार्टीका गतिविधि गर्ने निर्णय गरेको उनले बताए । कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने एमालेले कम्युनिस्ट पार्टीको ‘अन्तर्राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्षका अवसरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।विश्व कम्युनिस्ट आन्दोलनका लागि नेपालको कम्युनिस्ट आन्दोलन उदाहरणीयरुपमा रहेकाले यही वर्ष कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको एमाले प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए । ‘जनताको बहुदलीय जनवादका माध्यमबाट हामीले कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान दिएका छौं । आजको सन्दर्भलाई लिएर माक्र्सवादको सिर्जनात्मक प्रयोग लिएर विश्वका कम्युनिस्ट पार्टीको सम्मेलन गर्न थालेका छौं,’ उनले भने । एमालेले पार्टीलाई यहाँसम्म ल्याउन सहयोग गर्ने, आफ्नो जीवनलाई दाउमा राखेर सेल्टर उपलब्ध गराउनेको सम्झना गर्दै ‘सेल्टर पुस्तक’ प्रकाशन गर्ने निर्णय गरेको छ । एमालेले नेपालको कम्युनिस्ट आन्दोलनको विकासका क्रममा विभिन्न ऐतिहासिक ठाउँले भूमिका निर्वाह गरेको र ती ठाउँको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि स्मारक निर्माण गर्ने निर्णय गरेको उपप्रमुख रिजालले जानकारी दिए ।यसैगरी एमालेले दुई महिने ग्रासरुट अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टी निर्माणका लागि केन्द्रीय सदस्यले आफ्नो भूगोलभन्दा बाहिर गएर एक वर्षसम्म योगदान गर्ने निर्णय गरेको उनले जानकारी दिए । ‘एक वर्षसम्म केन्द्रीय कमिटीका नेता फरक भूगोलमा गएर पार्टी निर्माणमा खट्नुहुनेछ,’ रिजालले भने, ‘मिसन ग्रासरुट अभियानकै क्रममा निरन्तरता दिन केन्द्रीय नेता फरक जिल्लामा गएर पार्टी संगठन सुदृढीकरण अभियानमा खटिनुहुनेछ ।’ यही वैशाख २८ गतेदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक शनिबार सकिएको छ । बैठकमा विभिन्न १० कार्यसूची रहेका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP