Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थ
  • Home
  • अर्थ
  • वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
शुक्रबार, वैशाख २९, २०८०
prachanda
Hardik health
काठमाडौँ-मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’ सुरु भएको छ । लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको संयुक्त आयोजनामा काठमाडौँमा सुरु भएको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । सो अवसरमा प्रधानमन्त्री दाहालले अहिले सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा रहेकाले स्रोत पहिचान र लगानी अवधारणाको खोजी गर्न यो सम्मेलनले पृष्ठपोषण गर्ने बताए । वित्तीय लगानीका नयाँ नयाँ स्रोत तथा अवधारणा खोज्न सम्मेलन आयोजना हुनु निकै सकारात्मक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । “हाम्रो विकास लक्ष्य पूरा गर्न आवश्यक वित्तीय स्रोतको अन्तरपूर्तिका लागि लगानीको उपयुक्त अवधारणा खोजीमा यो सम्मेलन केन्द्रित हुनेछ र यसले हामीलाई मार्गदर्शन गर्नेछ”, प्रधानमन्त्री दाहालले भने । विकासका लक्ष्य प्राप्त गर्न निजी क्षेत्रसँगको सहकार्य आवश्यक हुने र त्यसलाई उत्प्रेरित गर्नका लागि सरकार तत्पर रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । सम्मेलनमा अर्थमन्त्री डा।प्रकाशशरण महतले नेपालका लागि वित्तीय स्रोत र साधनको आवश्यकता रहेको बताए । नेपालमा लगानीको वातावरण हुँदाहुँदै पनि स्रोतको उपलब्धतता न्यून रहेको उनको भनाइ छ । नेपालले उदार अर्थतन्त्र र लोकतान्त्रिक व्यवस्था अंगालेकाले लगानीमा समस्या नरहेको र प्रतिफल लैजान पनि समस्या नदेखिएको अर्थमन्त्री महतले उल्लेख गरे । लगानीमैत्री वातावरणका लागि चाहिने नीतिगत र संरचनागत व्यवस्था नेपालमा रहेकोसमेत उनले दावी गरे । यी क्षेत्रमा आवश्यकताअनुसार सुधार गर्न सरकार तयार रहेको अर्थमन्त्री महतको भनाइ छ । “हाम्रो विकास आवश्यकता पूर्ति गर्न लगानीका क्षेत्र पहिचान गरिएका छन् । भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन क्षेत्रलाई लगानीको प्राथमिकतामा राखिएको छ”, अर्थमन्त्री महतले भने, “लगानी आवश्यकता पूर्ति गर्नका लागि कुनै नवीन वित्तीय स्रोतको अवधारणलाई हामी स्वागत गर्छौं ।” लगानीको वातावरण बनाउन आवश्यक नीतिगत र संरचानागत सुधारका लागि सरकार तयार रहेको पनि उनले बताए । निजी वैदेशिक लगानी तथा सार्वजनिक निजी साझेदारीको माध्यमबाट लगानी व्यवस्थापन गर्ने महात्वकांक्षी लक्ष्यसहित अघि बढेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बताए । “लगानी बोर्डले अहिले नै ऊर्जा क्षेत्रमा ठूलो विदेशी लगानी व्यवस्थापन गरिरहेको छ । अझै पनि अबको तीनरचार वर्षभित्र ठूलो लगानी ल्याउने लक्ष्य लिएका छौँ”, भट्टले भने । नेपालले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गरिसक्नका लागि अहिले लगानीको ठूलो खाडल रहेको काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार एवम् अर्थशास्त्री प्राडा अच्युत वाग्लेले धारणा राखे । मुलुकको विकास तथा अर्थतन्त्रको दिगो विस्तारका लागि स्वदेशी स्रोत र उपकरण तथा सरकारले मात्र लगानी गरेर पनि नहुने उनको भनाइ छ । “दिगो विकास लक्ष्य प्राप्तिका लागि आवश्यक स्रोतको अहिले अभाव छ । यसलाई पूरा गर्नका लागि सरकार र निजी क्षेत्र मिलेर स्रोतको खोजी गर्न आवश्यक छ”, वाग्लेले भने । सम्मेलनमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले नेपालमा लगानीको सम्भावना र आवश्यकता दुवै रहेको उल्लेख गरे । दिगो विकास लक्ष्य प्राप्ति, जलवायु परिवर्तनका मुद्दा सम्बोधन र पूर्वाधार विकासका लागि लगानी आवश्यक रहेकाले नेपालले लगानीका नयाँ स्रोत खोज्नुपर्ने उनले बताए । सम्मेलनमा मुख्यगरी चारवटा विषयमा छलफल हुनेछ । पहिलो सत्रमा वित्तीय स्रोतको परिचालन र प्रत्यक्ष विदेशी लगानीका विषयमा छलफल हुनेछ । दोस्रो सत्रमा लगानीका लागि शासकीय व्यवस्थाका बारेमा छलफल हुनेछ । तेस्रो सत्रमा विकास परियोजनाहरूमा लगानीका उपकरणका बारेमा छलफल हुनेछ भने चौथो सत्रमा लगानी तथा वित्त परिचालनका बाधक र त्यस्ता बाधक हटाएर सहजीकरण गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने कार्यकातालिका रहेको छ । सम्मेलनमा नेपालका लागि आवश्यक वित्तीय स्रोतको खोजी, अहिलेसम्मका अभ्यास र आगामी दिनमा सरकारले लिनुपर्ने नीतिका बारेमा सरोकारवालाबीच छलफल हुनेछ । नेपालका लागि सम्भावित लगानीका उपकरण र स्रोतका बारेमा निजी क्षेत्र, सरकार र दातृ निकायलाई एकै ठाउँमा राखेर छलफल गर्ने उद्देश्यसहित सम्मेलन आयोजना भएको हो । सम्मेलनमा सरकारी विभिन्न निकायका जिम्मेवार सरकारी अधिकारीहरू, विकास साझेदार निकायका प्रतिनिधि, अर्थशास्त्री, विकास विज्ञहरूको सहभागिता रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP