Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
समाचार
  • Home
  • समाचार
  • चौँरीपालक किसान भन्छन्, अनुदान पाए व्यावसायिक बन्छौँ
चौँरीपालक किसान भन्छन्, अनुदान पाए व्यावसायिक बन्छौँ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २९, २०८०
Chauri 1
RBB RBB
काठमाडाैं -   वर्षमा नौ महिना चौँरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन् । हिमाली भेगका किसानको प्रमुख आयस्रोत चौँरीपालन हो । चौँरीको दूध र छुर्पी बेचेरे नै यहाँका किसानले गुजारा चलाउँदै आएका छन् । खासगरी जिल्लाका जुगल, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको हिमाली भेगका किसान चौँरीपालन गर्दै आएका छन् । जीविकोपार्जनका लागि अन्य स्रोत नभएपछि चौँरीपालन गर्न बाध्य भएको जुगल गाउँपालिका दिपुका म्ङिमालमू शेर्पा बताए  । सरकारले कृषि क्षेत्रमा लगानी गरेको सुने पनि आफूहरूलाई अहिलेसम्म कुनै अनुदान नमिलेको उनले गुनासो गरे ।जुगल गाउँपालिका तेम्बाथानका पेरन्जी शेर्पा सरकारले चौँरीपालनका लागि उचित वातावरण सिर्जना गरे आफूहरू व्यावसायिक चौँरीपालन गर्न तयार रहेको बताए । “अहिले त जीवन निर्वाहका लागि मात्र चौँरीपालन गर्दैछौँ”, उनले भने–“सरकारको साथ पाए व्यवसायिकरूपमै चौँरीपालन गर्न तयार छौँ ।” शेर्पा एक्लैले ४२ चौँरी पाल्नुभएको छ । खर्कमै जन्मनुभएका उनी विगत ४० वर्षदेखि यही पेसामा हुन् । खर्कमा चौँरी चराउनु, हेरचाह गुर्न, दूध र छुर्पीलाई बजार पु¥याउनु उहाँको दैनिकी बनेको छ । “आम्दानी त खासै छैन, यसबाट घर चलेको छ”, शेर्पाले भने । समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौँरीको लस्कर देख्न सकिन्छ । यहाँका किसान त्यही निमिल्हा हुँदै दोङजाङमा, चासीखर्क, ने–पेमाछाल हुँदै सामुद्री सतहबाट तीन हजार आठ सय मिटर उचाइमा अवस्थित जुगल हिमशृङ्खलाको बेसक्याम्प पुम्बासेर्पुसम्म चौँरीगोठ सार्दै पुग्ने गर्छन् । कहिलेकाहीँ गोठमा चौँरीमात्र होइन, मान्छे पनि बिरामी हुने गर्छन् । त्यो समय यहाँ चौँरी र मान्छे दुवैको उपचार स्थानीय जडीबुटीबाटै हुने गर्छ । किसान म्हिमालमू शेर्पा भने, “सरकारले कृषि क्षेत्रमा काम गर्नेलाई अनुदान दिन्छ भनेर सुनेका छौँ, पाएका भने छैनौँ ।” उच्च भेगमा आम्दानीको मुख्य स्रोत चौँरीपालन पेसा अहिले व्यवसायभन्दा पनि बाध्यता मात्र बनेको छ । चौँरी, खर्क र आफ्नो परिवारको घेरानै पुस्तौँदेखि चौँरीपालन व्यवसाय गर्दै आएका किसानको दैनिकी हो । चाैरीको दूधबाट बन्ने चिज, छुर्पी, नौनी, घिउलगायतका परिकारको बजारमा अझै माग बढ्दो छ । एउटै गोठमा कम्तीमा पनि ३० भन्दा बढी चौरी पाल्ने गरेका किसानको उत्पादन लिन व्यापारी खर्क नै पुग्ने गर्छन् । किसानको उत्पादन सस्तोमा किनेर महँगोमा बिक्री गर्ने व्यापारीलाई आर्थिक फाइदा भए पनि चौँरीपालक किसान मारमा छन् । नालुङ शेर्पा आफूले ऋण गरेर चौँरी पालेको तर वर्षौंसम्म पनि ऋणमुक्त हुन नसकेको बताए । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने चौँरीपालक किसानलाई अनुदानका लागि सङ्घ र प्रदेश सरकारसँग पहल गरेको बताए। उनले पालिकाबाट पनि याक खरिदका लागि रु १० लाख विनियोजन गरेको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण बिहीबार, जेठ १, २०८२
नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प
नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प बिहीबार, जेठ १, २०८२
तरकारीकाे मूल्य
तरकारीकाे मूल्य बिहीबार, जेठ १, २०८२
 सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
 सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य मंगलबार, वैशाख ३०, २०८२
नयाँ ढंगले मल कारखाना खोलिने छ : प्रधानमन्त्री
नयाँ ढंगले मल कारखाना खोलिने छ : प्रधानमन्त्री आइतबार, वैशाख २८, २०८२
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ... आइतबार, वैशाख २८, २०८२
आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य आइतबार, वैशाख २८, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP