Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने
सम्झना राई
सम्झना राई बिहीबार, वैशाख २८, २०८०
kaligandaki corridor
Hardik health
काठमाडौं– कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सवस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–१३ भूमहीस्थित नयाँ बुटवल सवस्टेसनसम्मको एक सय २७ किलोमिटर डबल सर्किट प्रसारण लाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । पहिलो खण्डअन्तर्गत दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटसम्मको ३९ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । पहिलो खण्डमा नै खुर्कोटमा २२०र१३२ केभी र दानामा २२०र१३२र३३ केभी सवस्टेसन निर्माण सम्पन्न भइसकेका छन् । दोस्रो खण्डअन्तर्गत कुश्माबाट नयाँ बुटवल सवस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । यस खण्डको निर्माण आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । यस खण्डमा पर्ने दुई सय ३५ वटा टावरमध्ये पर्वतमा तीन वटा, पाल्पामा एक वटा, रुपन्देहीमा पाँचवटा निर्माणाधीन छन् । निर्माण सम्पन्न भएका टावरमा तार तानिसकिएको छ । नवलपरासीको सुनवल नगरपालिका–१३ बडेराबाट नयाँ बुटवल सवस्टेसनसम्म २२० केभीको चार सर्किट (मल्टी सर्किट) लाइनमा पर्ने १७ वटा टावर निर्माण सम्पन्न भइसकेको छ । कूल पाँच दशमलव छ किलोमिटर मल्टी सर्किट लाइनमध्ये दुई दशमलव नौ किलोमिटरमा तार तान्न बाँकी छ । बडेरा सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गरेको वन क्षेत्रमा पर्ने लाइन तान्नका लागि एक हजार एक सय ५० रुख कटान गर्नुपर्ने छ । मन्त्रिपरिषद्बाट वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुख कटानका लागि स्वीकृति भइसकेको छ । वन तथा भू–संरक्षण विभागसँग सम्झौता गरी रुख कटान आदेश लिने प्रक्रियामा छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीको पाल्पा, देवदह र नवलपरासीमा निर्माणाधीन प्रसारण लाइन निर्माणस्थलको अनुगमन भ्रमण गरी असारभित्र सम्पन्न गर्ने गरी काम गर्नुपर्ने बताए । कार्यकारी निर्देशक घिसिङले नवलपरासीका प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश, वन निर्देशनालयका निर्देशकलाई छुट्टाछुट्टै भेट गरी राष्ट्रिय प्राथमिकता प्राप्त तथा अत्यन्तै महत्वपूर्ण लाइन निर्माण सम्पन्न गर्ने आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरे । “यो लाइन असारभित्रमा निर्माण सम्पन्न भएन भने जलविद्युत् आयोजनाबाट उत्पादित करिब ३ सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, यस्तो अवस्था आउनु प्राधिकरणका लागि मात्र नभइ देशकै लागि घाटा हो”, उनले भने, “निर्माण अन्तिम चरणमा पुगेको यस लाइनलाई सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गरिदिनु प¥यो ।” आयोजना प्रमुख प्रमुख चन्दन घोषले निर्माणमा रहेका अधिकांश समस्या समाधान हुँदै गएकाले असारभित्रमा जसरी पनि सम्पन्न गर्ने लक्ष्यका साथ बाँकी काम भइरहेको बताए। कालीगण्डकी र यसका सहायक नदीमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । प्रसारण लाइनबाट करिब एक हजार दुई सय मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP