Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • विद्यार्थीको पहुँच पुर्‍याउन निःशुल्क भर्ना
विद्यार्थीको पहुँच पुर्‍याउन निःशुल्क भर्ना
मंगलबार, वैशाख २६, २०८०
school
Hardik health
कैलाली– कैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरेको छ । भजनी नगरपालिकाले क्याम्पसलाई उपलब्ध गराउने अनुदानको रकमबाट मिलान हुनेगरी स्नातक तहको पहिलो वर्ष भर्ना हुन आउने विद्यार्थीलाई भर्नामा निःशुल्क गर्ने भएको हो । आर्थिक अवस्था कमजोर भएर उच्च शिक्षा हासिल गर्न वञ्चित भएका विद्यार्थीलाई क्याम्पसको पहुँचमा पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टङ्कप्रसाद जोशीले बताए । उनका अनुसार नगरपालिकाले क्यम्पसलाई दिने रु ३६ लाख अनुदानबाट १० प्रतिशत रकम छात्रवृत्तिका लागि क्याम्पसले छुट्याउने निर्णय गरिएको छ । त्यहीँ रकमले नयाँ भर्ना हुन आउने विद्यार्थीलाई निःशुल्क भर्नाको कार्यक्रम सुरु गरिएको उनले बताए । “हामीले हतार गरेका छौँ । नगरपालिकाले दिने भनिएको अनुदान रकम लिखितरुपमा छैन । मौखिक रुपमा भएको कुरालाई आधार मानेर क्याम्पसको निर्णय सार्वजनिक गरेका हाँैं”, अध्यक्ष जोशीले भने, “सम्भवत नगरपालिकाको यसपछि बस्ने कार्यपालिकाको बैठकबाट निर्णय हुन्छ होला तर नभएको खण्डमा भने समस्या आउन सक्ने स्थिति छ ।” क्याम्पसले विद्यार्थी भर्नाको समयमा लाग्ने रु दुई हजार पाँच सय भर्ना शुल्क, पुस्तकालय शुल्क रु पाँच सय, खेलकुद शुल्क रु दुई सय २५, विकास शुल्क रु पाँच सय र आवेदन फारम शुल्क रु पाँच सय गरी रु चार हजार दुई सय २५ रुपैयाँ छुट गरेको हो । अध्ययनका लागि पालिका बाहिर जाने विद्यार्थी र कक्षा १२ सम्मको अध्ययन गरेर आर्थिक स्थितिले पढाइलाई निरन्तरता दिन नसकेका विद्यार्थीलाई यसबाट ठूलो राहत हुने अपेक्षा गरिएको छ । क्याम्पस स्ववियु सभापति अर्जुन खत्रीले क्याम्पसले गरेको निर्णयले विद्यार्थीको सङ्ख्या बढ्ने बताए । नगरप्रमुख केवल चौधरीलाई क्याम्पसको विविध समस्याको विषयमा ज्ञापनपत्र बुझाइएकामा एउटा महत्वपूर्ण काममा नगरपालिकाले सहयोग गरेको उनको भनाइ थियो । “क्याम्पस छ तर विद्यार्थी सङ्ख्या बढाउन सकिएको छैन । आर्थिक अवस्थाले कमजोर भएका विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका छन् ।” सभापति खत्रीले बताए, “आशा छ क्याम्पसले गरेको यो निर्णयले विद्यार्थीको सङ्ख्या बढ्ने र हाम्रो प्रयास पनि सफल हुनेछ ।” अहिले क्याम्पसमा करिब दुई सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:३३
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP