Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #इयु_चीन
  • #कृषि
  • #एनपिएल
  • #लिम्बु भाषा
  • #छाउगोठ
  • #श्रम_अदालत
  • #‘स्वर्ग मेरो’
  • #ज्यान मुद्दा
Search Here
समाचार
  • Home
  • समाचार
  • लोपोन्मुख हुँदै घाटु नाच
लोपोन्मुख हुँदै घाटु नाच
सम्झना राई
सम्झना राई आइतबार, वैशाख २४, २०८०
Nattu dance
काठमाडौं– “पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भने, “अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।” बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उनको भनाइ छ । उनले भने, “पहिला–पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउने गरेको पाइएको छ ।” उनले आजभोलि कहीँकतैमात्रै घाटु नचाउने गरेको बताए । उनले भने,“अहिलेका पुस्तामा केही कुराको मतलब छैन । पहिला जुन उत्साह थियो, अहिले त्यो छैन । हरेक टोलमा घाटु अनिवार्य थियो तर अहिले संरक्षण गरौँ भन्ने भावनाले मात्र घाटु नचाउने परम्परा बस्न थाल्यो ।” आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा घाटु लोपोन्मुख अवस्थामा पुगिसकेको छ । पन्ध्र वर्ष अगाडिसम्म घाटु नचाउने गरिए पनि त्यसयता घाटु नचाउन छाडिएको छ । तर गाउँका केही युवाको सक्रियतामा १५ वर्षपछि पुनः घाटु नाच प्रदर्शन गरिएको छ । स्थानीय रञ्जित गुरुङ र सूर्यमानसिंह गुरुङको सक्रियतामा लोप हुँदै गएको घाटुको संरक्षणका लागि घाटु नाच सुरु गरिएको हो । बुद्ध जयन्तीको अवसर पारेर घाटु नाच पुनः सुरु गरिएको स्थानीयवासी सूर्यमानसिंह गुरुङले जानकारी दिए। “पछिल्लो समय घाटु नाच लोप हुँदै गइरहेको छ, गुरुङ समुदायमा प्रख्यात रहेको यो नाच संरक्षण गर्नुपर्छ भन्ने उद्देश्य राखेर हामी लागिपरेका छौँ”, उनले भने, “घाटु नाचको संरक्षण गर्दै भावी पुस्तालाई यसबारेमा जानकारी प्रदान गर्ने लक्ष्य हो ।” स्थानीय रञ्जित गुरुङले घाटु नाचबारे आवश्यक जानकारी सिकेपछि १५ वर्षको अन्तरालमा पहिलोपटक यो नाच प्रदर्शन गरिएको हो । “लामो समयदेखि यो नाच निरन्तरता हुन सकेन, घाटु नाच नचाउने गुरुबा नभएका कारण पनि यसलाई निरन्तरता दिन सकेनौँ”, उनले भने । घाटु नाच्नका स्थानीय तीन कन्या छनोट गरिएको छ । उनीहरूलाई तीन–चार दिन नाच्नसिकाइएको थियो । “अहिलेका पुस्तालाई यसबारेमा जानकारी नै छैन, कन्यालाई पनि नचाउनुअघि सबै कुरा सिकाइसकेका छौँ”, उनले भने । गुरुङ सस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । सति र बाह्रमासे गरी घाँटु नाच दुई प्रकारको हुन्छ । सतिघाँटु श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाँटु नृत्य पनि ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने बताइन्छ । घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तुअनुसार आवश्यक सङ्ख्यामा छानिन्छ । उनीहरूलाई घाटु नाच्नुअघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याको आँखा बन्द नभएसम्म देवीको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुआत मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखिन्छ । घाटु नृत्यमा वाद्य र साज शृङ्गारभन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदयविदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हँुदा गाउने कलाकार र दर्शकसमेत धुरुधुरु रोएको पाइन्छ । सतिघाटुमा गुरुबाले गीतबाटै मङ्गलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, शृङ्गार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्छन् । सत्रौँ शताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजस्वला नभएका कन्यालाई स्थानीय वेषभूषामा सजाइ मध्ययुगीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ । सदियौँदेखि पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुनु र पुरानो पुस्ता सकिँदै जाँदा लोप हँुदै गएकाले यसलाई जोगाउने प्रयास गरिएको रञ्जित गुरुङले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विपद् प्रभावितलाई अस्थायी आवास निर्माण गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक
विपद् प्रभावितलाई अस्थायी आवास निर्माण गर्न सरकार लागिपरेको छः गृहमन्त्री लेखक मंगलबार, साउन ६, २०८२
आफैमाथि प्रश्न : शर्मा
आफैमाथि प्रश्न : शर्मा मंगलबार, साउन ६, २०८२
मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरुको ध्यानाकर्षण
मधेशमा खानेपानी अभाव समाधान गर्न सांसदहरुको ध्यानाकर्षण मंगलबार, साउन ६, २०८२
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँः ऊर्जामन्त्री खड्का मंगलबार, साउन ६, २०८२
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण मंगलबार, साउन ६, २०८२
एक वर्ष यही मन्त्रिपरिषद् जान्छः  मन्त्री पाण्डे
एक वर्ष यही मन्त्रिपरिषद् जान्छः मन्त्री पाण्डे मंगलबार, साउन ६, २०८२
भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख
भक्तपुरबाट नयाँ प्रजातिको चरा अभिलेख मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP